प्रहरीलाई गुलाफ दिएर चर्चामा आएकी आन्दोलनकारी


२१ वर्षकी श्रेया प्रियम रोय अहिले दिल्ली विश्वविधालयमा इतिहासमा मास्टर्स गर्दैछिन् । दिल्लीको जन्तर मन्तर भन्ने ठाँउमा नागरीकता ऐनको बिरुद्ध भएको प्रर्दशनमा दमनकारी प्रहरीहरुलाई गुलाफको फुल दिएकी यिनको तस्वीर इन्टरनेटमा भाइरल होला भन्ने यिनलाई केहि हेक्का थिएन ।

उन्का अनुसार अनुसार उनी केवल एक बिधार्थी र कलाप्रेमी हुन् जस्लाई कुनै नाम या ब्राण्डसंग चासो छैन । बिहिबारको दिन दिल्लीको जन्तर मन्तरमा जवाहरलाल नेहरु विश्वविधालय लगायत अन्य धेरै विश्वविधालयका बिधार्थीहरु नागरीकता बिधेयक बिरुद्धमा उत्रिएका थिए र त्यस भींडमा श्रेया पनि एक्जना थिइन ।

निकै आक्रामक अवस्थामा हतियारले लैस प्रहरीलाई आँट गरेर गुलाफ दिन सक्ने यि महिलाको फोटो इन्टरनेटमा लाखौं अनि करोडौं पटक शेयर भयो । उनी त्यहाँबाट जामीया मिलीया इस्लामीया विश्वविधालयमा प्रहरीको निर्मम दमन भएको खबर पाएपछि त्यहाँ हिँडेकी थिइन ।

हामी बिधार्थीहरु द्धन्द चाहन्नौं र यस शान्तिपूर्ण आन्दोलनमा पनि आक्रमण गर्ने प्रहरीहरुलाई मैले गुलाफको फूल दिएर एउटा प्रतिकका रुपमा बिरोध देखाउन खोजेकी थिँए भनी श्रेयाले द हिन्दुलाई बताएकी छिन् । उनी एउटी स्ट्याण्ड अप कमेडियन पनि हुन्, अहिले आएर म भारतीय जनता पार्टीलाई किन भोट हालेँ भनेंर पछुताइरहेकी छु भन्ने श्रेयाले बताएकी छिन् ।


Loading comments...