समय एक विरोधाभास हो ।


जब ब्रह्माण्डको कुरा हुन्छ, तब हामीले जानेको हुनुपर्छ; कि ब्रह्माण्ड दुई प्रकारको हुन्छ-

१,अदृश्य ब्रह्माण्ड ।
२,दृश्य ब्रह्माण्ड ।

१.१, अदृश्य ब्रह्माण्ड भनेको दृश्य ब्रह्माण्डको विस्तारभन्दा बाहिरको अज्ञात क्षेत्र हो । अदृश्य ब्रह्माण्डमा के छ त्यो आजसम्म थाहा छैन । [ हुनसक्छ- पदार्थको मुल्य सिमित हुन्छ र “ब्ल्याक-होल” त्यो मुख्य द्वार वा माध्यम हो जसले हाम्रो दृश्य ब्रह्माण्डको पदार्थहरुलाई त्यहाँ लिएर जादैछ जहाँ एक अर्को नयाँ ब्रह्माण्ड बनिरहेको छ-नयाँ बिगब्याङ्गको निर्माण भै रहेको छ ।]

२.१, दृश्य ब्रह्माण्ड त्यो हो- जसलाई हामी देख्न सक्छौ । जसको अस्तित्व “बिगब्याङ्ग”को प्राथमिक कच्चापदार्थद्वारा निर्मित छ- ग्रह, तारापुन्जहरु, उल्कापिण्डहरु, आकाश-गङ्गा, डार्कम्याटर, प्रकाश, गति, समय, गुरुत्वकर्षण आदि ।

दृश्य ब्रह्माण्डको यति धेरै विस्तारको अन्तरलाई नाप्नको लागि “प्रकाश-वर्ष” को उपयोग गरिन्छ । प्रकाश-वर्ष ब्रह्माण्डको दूरी नाप्नको लागि गरिने गणना हो । जसरी पृथ्वीमा किलोमिटर वा माइलद्वारा विस्तारित दूरीलाई नाप्छौ त्यसरी नै ब्रह्माण्डमा प्रकाश-वर्ष को उपयोग गरिन्छ । प्रकाशले एक सेकेन्डमा 2,99,792 kilometers को अन्तर काट्दछ । यस अनुसार प्रकाशले एक वर्षमा 9,500,000,000,000 kilometers को अन्तर काट्दछ । जसलाई “एक प्रकाश-वर्ष” भनिन्छ । बिगब्याङ्गबाट जन्मिएको हाम्रो दृश्य ब्रह्माण्ड 93अर्ब प्रकाश-वर्षको क्षेत्रफलमा विस्तारित छ । यसभन्दा बाहिरको अदृश्य ब्रह्माण्डमा के छ आजसम्म थाहा पाउन सकिएको छैन ।

हाम्रो पृथ्वी दृश्य ब्रह्माण्डको एक न्युनतम अंश हो र हामी सबै मान्छे पृथ्वीवासी-यानिकी दृश्य ब्रह्माण्ड निवासी हौं । त्यसो भए के “समय-यात्रा” [time travelling.] सम्भव छ ?

यसको लागि हामीले समयको चौथो आयाम [fourth dimension of time.] पहिचान्नु पर्ने हुन्छ । त्यसको लागि सर्वप्रथम पहिलो,दोस्रो र तेस्रो आयामलाई पहिचान्नु जरुरी हुन्छ- यानिकी लम्बाइ,चौडाइ र गहिराइ < समयलाई लम्बाइ,चौडाइ र गहिराइमार्फत क्रमश पहिलो,दोस्रो र तेस्रो आयाममा पहिचान्न [नाप्न।] सकिन्छ ।

अब कुरा गरौं-समयको चौथो आयाम [fourth dimension of time.]को । वैज्ञानिकहरुका अनुसार समयको चौथो आयाम-time duration यानिकी “समयावधि” हो । जुन अस्थायी आयाम हो यानिकी समयानुकूल अवस्था बदल्ने, त्यसैले चौथो आयाममा समयले काल बदले सङ्गै, भूतकाल-भविष्यतकालमा र वर्तमानकाल-भूतकालमा समय बदलिरहन्छ ।

अब कुरा गरौ “समय-यात्रा” को यानिकी- “काल-यात्रा” को ।

गौर गरेर सोच्नुस- कि कसैले “काल-सुरुङ्ग” मा एक “वार्म होल” बनायो र ऊ केवल एक मिनेट पछाडि [भूतकालमा।] फर्कन सक्छ । हुन त “एक मिनेट” समय धेरैजस्तो लाग्दैन तर एक मिनेटको “काल-यात्रा” पनि धेरै ठूलो समस्या बन्न सक्छ- त्यस् वार्महोलबाट मान्छेले देख्न सक्छ- कि एक मिनेट पहिले [भूतकालमा।] ऊ कस्तो थियो तर यदि उसले मिनेटमा आफ्नो भूतकालको रुपको हत्या गरिदियो भने ! … । उसको मृत्यु भै सक्यो पिस्तोललाई हातमा लिन पाएको थिएन कि ऊ मरिसक्यो । तर गोली कसले चलायो ?

यही हो विरोधाभास ।

तेज लिम्बु

ब्रह्माण्डको सृजना र फिजीक्सका थियोरीहरु


Loading comments...