थाइल्याण्डमा निर्दोष मुसलमान मार्ने सेना माथिको कारवाही प्रकरण


यो थाइल्याण्ड इतिहासमा नै पहिलो पटक हो जब त्यहाँका सेनालाई सर्वसाधारणको हत्या अभियोगमा मुद्धा चलाएर कारवाही गरिएको छ । दक्षिणी थाइल्याण्डको पर्वत क्षेत्रमा दुईजना निहत्था र निर्दोष मुसलमान समुदायका ३ युवाहरुलाई त्यहाँका दुई सेनाले यसैवर्षको डिसेम्बर १६ का दिन गोली हानी हत्या गरेका थिए । सेनाले बिज्ञप्ती जारी गर्दै उक्त हत्यालाई पहिचान ठम्याउन भूल भएर हुुन गएको घटना भनी माफ मागे लगत्तै थाई अदालतमा ति २ सेना बिरुद्ध मुद्धा चलेको हो ।

दक्षिणी थाइल्याण्डमा विगतका १५ वर्ष देखि नै बुद्धिस्ट बाहुल्यताको देशमा मलेय मुसलमान समर्थन गरिने स्टेटका लागि आन्दोलन भइरहेको छ जस्लाई सरकारपक्षले दमन गरेको आरोप पनि छ । यस आन्दोलनमा अहिलेसम्म करिब ७००० मान्छेहरु दुबैपक्षमा मारिसकेको तथ्याकं छ । ति २ जना सेनाहरुलाई हत्या अपराधको मुद्धा चलाइएको छ ।

लाइभमाण्डु


Loading comments...