Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

प्रहरीको बाईकनै चोरी

१३ पुष २०७६, आईतवार १०:०६


सुनसरीको भोक्राह प्रहरी चौकीको बाईक चोरी भएको छ । सोमबार राती भोक्राह नर्सिङ सडक खण्डमा गस्ती गर्ने क्रममा निलो रंगको अपाची बाईक चोरी भएको हो ।

राती ११ बजेको समयमा भोक्राहमा स्थानियको झगडा मिलाउन पुगेको प्रहरीको बा २ ब ५६३९ नम्बरको बाईक चोरी भएको हो । उक्त बाईकमा असई मोहन कार्कीसहित एकजना सिपाही सडक नजिकै बाईक राखेर झगडा मिलाउन लागेका थिए । तरपछि फर्काेर आउदा बाईक राखेको ठाँउमा नभेटिएको बताइएको छ ।

बाईक प्रदेश सरकारले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई उपलब्ध गराएको थियो । चोरी भएको बाईकको खोजतलास भइरहेको सुनसरीका प्रहरी उपरिक्षक यज्ञबिनोद पोखरेलले जानकारी दिए ।

चोरी भएको बाईक प्रहरीले भेटाएर बुझायो

इलाका प्रहरी कार्यालय दुहबीले चोरी भएको पल्सर बाईक भेटाएर सम्बन्धित धनीलाई बुझाएको छ । पुस ४ गते दुहबी ६ बस्ने धनश्याम हलुवाईको लु. ५१ प.७४७७ नम्बरको निलो रगंको बजाज २२० अनटेष्ट पल्सर बाईक दुहबीकै रिद्धिसिद्धि बैंक नजिकबाट चोरी भएको थियो ।

दुहबी प्रहरीको बिशेष टोलीले ५ गते राती चोरी भएको बाईक दुहबीकै जिवन ज्योति अस्पताल पछाडी भेटाएको थियो । उक्त बाईक मंगलबार इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रविण कार्कीले धनीलाई बाईक बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,