वग्दादको अनौठो क्रिसमस रुख


मुसलमान वाहुल्यताको देशहरुमा क्रिसमस पर्वलाई उति सौहार्दतासंग नमनाइएको प्रशस्त उदहारणहरु छन्, साउदी अबर, ब्रुनाई लगायतका देशहरुले कानुनत नै क्रिसमसका मनाउने तवरहरुलाई पावन्दीमा राखेका छन् यद्धपि यसवर्ष ईराकको राजधानी वग्दादमा जे भयो त्यो अमच्च भएको छ ।

वग्दादमा क्रिसमसको रुख यसवर्ष अचम्मसंग बनाइए, ईराकका अल्पसंख्यक क्रिसमस जनसंख्यालाई समर्थन गर्दै त्यहाँका आन्दोलनरत युवाहरुले देशको झण्डालाई प्रयोग गरेर क्रिसमस रुख बनाएका हुन् । यस रुखले माया र शान्तिको प्रतिकका रुपमा ईराकलाई क्रिसमसको झल्को दिनेछ भनी युवाहरुले बताएका छन् । अक्टोवर १ वाट ईराकमा शुरु भएको आन्दोलनमा कम्तिमा पनि ४२५ जनाको मृत्यु भइसकेको छ, सरकार विरोधी युवाहरुको आन्दोलनमा ब्यापक दमनहरु भइरहेका छन् ।

 

आन्दोलनरत युवाहरुले क्रिसमस रुखमा भएका अनेकन प्रकारका ईराकी झण्डाहरुले ईराकी जनताहरु बिचको एकतालाई आतमसाथ गरेको जनाएका छन् । सरकारले औपचारीक रुपमा नै ईराकमा कुनै क्रिसमस रुख राख्न नदिइने जनाएपनि वग्दादका अल्पसख्यंक क्रिस्चियनहरुले आन्दोलनरत युवाहरुसंग मिलेर क्रिसमस रुखको अवधारणा लाई देशप्रेमसंग जोडेका हुन् ।

लाइभमाण्डु


Loading comments...