चीनलाई विश्वभरिका मुसलमानद्वारा दबाब दिने निर्णय


चीनको जिगंजियागंमा उहिगुर मुसलमानहरुका बिरुद्ध सरकारले धेरै कदमहरु चलाएको र दमन गरेको बिरुद्धमा विश्वभरिका मुसलमान समुदायले बिरोध जनाँउदै विश्वभरि मुसलमान समुदाय र घरपरिवारले चिनियाँ सामान र बस्तुहरु प्रयोग नगर्न आदेश जारी गरेका छन् ।
मलेसीयामा विश्वभरिका मुसलमान समुदायको एउटा बृहत सभा गरिएको थियो जस्मा चीनका उहिगुर समुदायको दमनका कुराहरु निकै उठेको थियो । मोहम्मद आश्री बीन जइनुल अबिमिन पेर्लीस स्टेटका टप जुरि हुन्, यिनले चीनलाई मुसलमान समुदाय बिरोधी कदमका लागि बिरोध गर्न र चीनका बिरुद्धमा सम्पूर्ण मुसलमान मसुदायलाई विश्वभर एक हुन आग्रह गरेका छन् । जिगंजियागंका मुसलमान समुदायको स्वतन्त्रताका लागि चीनलाई कुटनैतिक दबाब दिन मलेसीयाको सम्मेलनले सबैलाई आव्हान गरेको छ ।

चीनका बस्तुहरु मुसलमान समुदायले विश्वभरि नै उपयोग नगरिदिँदा मात्र चीनले मुसलमान भातृत्वको विश्ववजारको क्रय शक्ति बुझ्ने आश्रीले बताएका छन् । ईस्लामीक कोअपरेशनका धेरै संस्थाहरु उहिगुर मुसलमानका हकमा मौन भएको आरोप लागेको अवस्थामा मलेसियाको ईस्लामीक भातृत्वको यस सम्मेलन चीनका बिरुद्ध खरो उत्रिएको छ ।

यस जुलाईमा पनि २० भन्दा धेरै देशहरुले चीनका उहिगुर समुदायको मास डिटेन्शनका बिरुद्धमा संयुक्त राष्ट्रसंघमा मतदान गरेका थिए । ईस्लामीक कोअपरेशनका १४ देशहरुले भनें अन्य २३ देशहरु साथ लिएर चीनको पक्षमा मत जाहेर गर्दै मानव अधिकारको संरक्षणमा चीनको समर्थन पनि गरेका थिए । उहिगुर मुद्धा ईस्लामीक देशहरुमा नै फरक फरक रुपमा लिइएको पाइन्छ ।

लाइभमाण्डु


Loading comments...