इन्दिरा प्रसाईको ‘रनमाया’


वरिष्ष्ठ साहित्यकार इन्दिरा प्रसाईज्यूका प्रकाशित केही उपन्यासमध्ये ‘रनमाया’ एउटा बेग्लै ज्ञानका साथै पीडाले भरिएर उपस्थित भएको छ । इन्दिरा प्रसाईका कृतिहरु प्राय: नारीवादीकै पक्षमा उभिएका हुन्छन् । रनमाया पनि त्यही कोटिमा दरिएको उपन्यास हो । भुटानी शरणार्थीमा आधारित यो उपन्यास निक्कै मार्मिक र रोचक कृति मानिन्छ ।

कामको शिलशिलामा घरबाट मुग्लान पस्ने परम्परा नेपालीले निक्कै पहिलेदेखि अपनाउँदै आएका हुन् । जता पुग्यो उतै आफ्नो कर्मथलो बनाएर बस्ने नेपाली भारतका विभिन्न ठाउँ लगायत भुटानसम्म पुगेर उतै रमाएर बसेका देखिन्छन् । यस उपन्यासको मर्मका कारक रनमायाका पुर्खा पर्दछन् । कथाको सिलसिलाले कमजोर पाठकको मनलाई निचोरिदिन्छ ।

लेखकः इन्दिरा दीक्षित

भुटान छोडेर भारत पसेपछि बाकिरहेको कसर भारतीय पुलिसले पुरा गर्यो । साथमा भएको रुपियाँदेखि अस्मितासम्म लुटेर नाँगेझार बनाएर रनमायाहरूले खेदिनु पर्यो । सन्सार लुटिएका नेपालीहरुको झुण्ड आफ्नो पुख्यौली थलो खोज्दै खोज्दै नेपाल छिरे ।

रनमाया एक्ली आमाले पालेकी र बालखैमा बाबुसँग बिछोडिएकि केटी हुन् । टुहुरी रनमायाको नजिकैको गाउँमा बस्ने गोपाल भन्ने केटोसँग बिहे हुन्छ । गोपाल निक्कै फुर्तिलो र साहसी केटो थियो । ऊ गाउँभरिले मानेका माहाजन परिवारमा हुर्केको केटो हो र पुर्ख्यौली सम्पति पनि भएको । फेरि पनि उसले आफ्नो सम्पती बढाउँदै लग्यो । सन्तान सँगै जग्गाजमिन, गाईगोठ, आदि कृषि कार्य गरेर निक्कै धनी बनेको थियो ऊ । सुखमा हुर्किएका उसका लहरै ६।७ वटा छोराछोरी, कोही बिहे गरेका कोही पढ्दै गरेका, अझ कोही त काखैमा बसेका पनि थिए । उसको जेठो छोरोले छुट्टै बस्तु पालेर दुधको ब्यापार गरेर अझ बढि आर्जन गरेर बसेको थियो । दिन राम्रैसँग चलिरहेकै थियो ।

एकदिन स्कुल पढ्दैगरेको छोरोले एक्कासि आएर गोपाललाई सोध्यो ‘हाम्रो देश कुन हो बा ? स्कुलका भोटे साथीले सधैँ हामीलाई आफ्नै देश जा भनेर भन्छन्, कता हो र हाम्रो देश ? यो हाम्रो देश हैन र ?’

चारपाँच पुस्तादेखि भुटान बस्दै आएका नेपालीको पछिल्लो पिडीले नेपाल भन्ने देश पनि कतै छ र हाम्रो पुर्खाको मूल जरो उतै हो भन्ने कुरा कसरी जानुन् । गोपालको मनमा चसक्क बिज्यो । यत्तिको वर्ष भैसक्यो कसैले कुरा उठाको थिएन हामी पनि सबै बिर्सेर उही हाम्रो देश भनेर बसेकै हौ; एक्कासि एस्तो कुरा कसरी आयो ? यस्तै कुराले नै हो वा किन हो गोपालको मृत्यु भयो ।

भुटानमा आन्दोलनले उग्ररुप लियो ।

इन्दिरा प्रसाईले आफ्नो पुस्तकमा नेपाली लखेट्नुको कारण भुटानी मुलका मान्छे नभएकै कारण जनाएकी छन् । यही कारणले भुटानमा रहेका सारा नेपालीको उठिबास लाग्यो । अरु सबै नेपाली साथै रनमायाको परिपारको पनि तहस नहस भयो । पती मरे, जेठो छोरालाई पुिलसले समायो, घरगोठमा आगो लाग्यो, किलामा बाँधेका बस्तुभाउ डडेर मरे, सम्पती लुटियो, छोरीचेलीको अस्मिता लुटियो यसरी उठिबास लागेपछि आधा सन्तान उतै छोडेर साथमा रहेकालाई लिएर रनमाया भागेर भारत छिरिन् ।

भुटान छोडेर भारत पसेपछि बाकिरहेको कसर भारतीय पुलिसले पुरा गर्यो । साथमा भएको रुपियाँदेखि अस्मितासम्म लुटेर नाँगेझार बनाएर रनमायाहरूले खेदिनु पर्यो । सन्सार लुटिएका नेपालीहरुको झुण्ड आफ्नो पुख्यौली थलो खोज्दै खोज्दै नेपाल छिरे ।

उपन्यास पढिसक्दा यो काल्पनिक उपन्यास नभएर आफ्नै आँखा अगाडि घटेका सत्य घटनानै हुन् भन्दा पनि फरक परोइन ।

इन्दिरा प्रसाईले रनमायाको चरित्र चित्रण गरे तापनि त्यतिबेला झापाको शरणार्थी सिविरमा रहेका प्रतेक भुटानी शणार्थीको अवस्था उस्तैउस्तै नै थियो । रनमाया त एउटी प्रतिनिधि पात्र मात्रै हुन् । पुस्तक पढिसक्दा यसले मेरो मनमा निक्कै प्रश्नहरु उब्जाएको छ:

१. बनपाखा खोरिया फाडेर, गाईबस्तु पालेर, खेतिकिसानी गरेर बर्षौबर्षदेखि बसीआएका नेपालीलाई भुटानले लखेट्नुपर्ने त्यस्तो के कारण होला ?

२. भुटानले नेपाली जाती मन नपराउने कारण के हो ?

३. धनी बन्दै गएका नेपाली र जताततै नेपालीको वर्चस्व समेत बढेको देखेर भुटान नेपालीसँग डराएको पो हो कि ?

४. फिरन्ते बनेर आफ्नो भूमीबाट पलायन बन्दै बिदेशी भूमीलाई कर्मथलो बनाएका नेपालीको पो केही दोष थियो कि ?

बाजेको पालामा नेपालीहरु भारत, बर्मा, भुटान आदि ठाउँमा पलायन भएका थिए भने आजभोलिका युवाले अमेरिका, बेलायत, अस्ट्रेलिया आदि धनी मूलुकतिर पलायन भएको देखिन्छ । इन्दिरा प्रसाईले रनमाया उपन्यास मार्फत एउटा कुराको सन्देश दिएकी छिन्, नेपाल छोडेर अर्काको देशमा दोश्रो दर्जाको नागरिक भएर दिन बिताउँदाको परिणाम एक दिन यस्तै हुन्छ । जेजस्तो भए पनि स्वदेश त स्वदेशनै हो ! ‘जननी जन्मभूमिस्च स्वर्गादपि गरीयसी !’