
लक्ष्मी बिश्वकर्मा एक प्रेमकथा भाग :- २
बले अगाडि अगाडि बिचमा म अनि ती नानी पछाडि थिन । हामी लगातार 2 घन्टा बाट हिडिरहेका थियौं सास फुलेर उनलाई बोल्न गार्हो भैरहेको थियो अध्यारोले पुरै छोपेको थियो एउटा ठाउँमा रहेको त्यो सानो अनि चिप्लो बाटोमा हात मागिन र मैले उनको हात समातेर त्यो बाटो कटाए भगवान कसम मैले त्यस्तो हात कहिले समाएको थिन या भनौ मैले कुनै हात नै समाएको थिएन । अनि मैले सोधे !
म :- यहाँ कस्को मा आउनु भाको ?
उनी :- ब्रम्ह नाथ आचार्य को मा !
म :- ए ! पाहुना ?
उनी :- हैन ( उनी हासिन ) म उहाँकै छोरि !
( हे भगवान यो के भयो मैले ब्रम्ह नाथ आचार्य को छोरीको हात समाए त्यो बेलुका को चिसोमा पनि मलाई पसिना आउन थाल्यो ब्रम्ह नाथ आचार्य हाम्रो ३ गाउँ कै पन्डित थिए पिसाब गर्न जादा जनाई कानमा अनि दिसा गरेर आउदा नुहाउछ्न अरे उनलाई मैले र बा ले सिधै आँखा मा हेर्ने अनुमती थिएन उनको छाया पुर्ब तिर छ भने हामी पश्चिम् तिर बस्नु पर्थियो अनि मैले ती मान्छेको छोरीको हात समाए मेरो आत्मा ले ठाँउ छोड्यो हामी एउटै उमेर को थिम तर उनी धनकुटा आफ्नो दिदि संग बसेर पढाई गर्थिन अनि केबल दसैं को छुट्टै मा घर आउथिन अरे मैले आज सम्म देखेको थिएन बले पनि डरले मलाई हेर्दै थियो, उनको नाम लक्ष्मी हो मैले तुरुन्तै घुडा टेकेर हात जोडे उनी पनि आत्तिन ! के गरेको ?
म :- मलाइ माफ गर्दिनु मैले हजुरलाइ छोए मलाई माफ गर्दिनु लक्ष्मी जि !
लक्ष्मी :- अरे के भन्नुभएको क्या हजुर ले please उठ्नुन क्या ।
म :- मेरो नाम बुद्धि बिश्वकर्मा हो मैले हजुरलाई छोएर पाप गरे यो कुरा आचार्य जि लाई नभन्नु ल म हजुरको खुट्टा ढोग्छु ।
लक्ष्मी :- अरे पहिला तपाई उठ्नु अनि के भो त मलाई हात दिएर हेल्प त गर्नु भाको नि ।
म :- म तल्लो जातको मान्छे ( यो सुन्ने बित्तिकै उनी हासिन र भनिन् हैन पगल हुनुभयो कि क्या हो अहिले पनि यस्तो कुरा गर्नुहुन्छ पुलिसले पक्राउ गरेर लग्लानी छुवाछूत को कुरा गर्दा । ( उनलाई थाहा थिएन कि उनको सरकारको नियम पाखरिबास बाट ४ घन्टा हिडेर काफल पुगेको छैन भनेर ) मैले उनलाई रोएर धेरै बिन्ती गरेपछि उनले यो कुरा आचार्य जि लाई नभन्ने बाचा गरिन । अब उनी म संग मजाले बोल्न थालिन तर मलाई भने डर कम भाको थिएन ।
मैले उनलाई तपाईं हैन तिमी भन्नू भनेर आग्रह गरे उनले पनि मलाई तिमी भन्नू भनिन् ।
उनी :- कति मा पढ्नु हुन्छ ?
म :- SLC पास गरेर छोडेको ।
उनी :- ए ! कति आयो ?
म :- 78%
उनी :- के अरे ? आम्मामा मेरो त 62% मात्र आको अनि किन छोडेको त ?
म :- त्यसै धनकुटा जान सकिदैन अनि ।
उनी :- ए !अनि अहिले के गर्छौ नि ?
म :- केही छैन बाबा लाई सघाउछु ! अनि तिमी अब यतै बस्छौं ?
उनी :- उम्म अब 12 सकेर आकि यतै बस्छु होला एउटा मेडिकल खोलौ भन्दैछु ।
म :- होर ! अब दबाई खान पाहिने भयो सहर को जस्तो । ( उनी हासिन मजाले )
हामी गाउँ पुगिम बले बाटो भरी केही बोलेन त्यो भाते लाई शहर को मान्छे मन पर्दैन थियो । खै किन हो ?
मैले उहाँ लाई घर देखाईदिए र म आफ्नो घर तिर जाने लागे उनले फेरि हात बढाएर Thank u भनिन् मैले हात लुकाए अनि उनले हात मिलाउ नत्र बाबा लाई भन्दिन्छु भनिन् मैले डरले हत्तपत्त हात मिलाए उनी मजाले हासिन म भने डरले थुक पनि निल्न सकेको थिन । हामी अलग भयौं अनि म बले तिर लागे, म :- बले म संग फेरि हात मिलाईन उनले !
बले :- ए! होर ल भोलि बिहान फेरि जुम न त उनको घर !
म :- हैन ! यस्लाई मसानले भेटो कि क्या हो बाटा मा ।
( उ रिसले आगो भाको थियो मैले धेरै सम्झाए उ शहर को हैन हाम्रै गाउँको हो भनेर मानेन बले हामी घर पुग्यौं मेरो घर बाट 7 गरो कटे पछि बलेको घर मा पुगिन्थियो मेरा बा ढिडो पकाएर बसेका रैछन आज टमाटर को अचार पनि रैछ मजाले भोक लागेको थियो खाए र सुत्न गैयो बा लाई आचार्य जि को छोरी पनि हामी संगै आईन भने बा ले चिनेका रैछ्न सार्है मजाकी छिन ती नानी दसैंमा मलाई लुकाएर रोटि देकिथिन भने तर मैले बा लाई हात समातेको सुनाईन मलाइ थाहा थियो मैले सुनाए भने भोलि बिहान नै माफी माग्न पुग्छन् अनि सत्यानास हुन्छ म सुते बा बाहिर बसेर बिडि खादै थिए आमा को चिहान तिर हेरेर बस्छन् बाबै अस्ति त मलाई बुद्धि यसो लुति लङ्गडी केटि खोज न बिहे गर्नु पर्यो अरे तिम लाई बुडा एउता बिडि २ दिन खान्छौ बिहे गर्ने अरे भन्देको हास्दै थिए बेला बेला आमा लाई सम्झेर रुन्छन मेरा बा । अनि कतै कोदोको रस खान पाए भने रातभर कराउँदै बस्छन् बा लाई लाग्दो हो मेरि आमा लाई गाडेको कारण उनी पार तरेकी छैनन् । म बिहानै उठेर एउटा गाग्रो बोके अनि हिडे पानी भर्न म धारामा छिट्टै पुगेपनी पानी अन्तिम मा मात्र भर्नु पर्थियो त्यो बेला सम्म पर नछुने भाकी आईमाई जस्तो गरेर बस्नु पर्थियो मेरो समाजको अनुसार त्यहा ७ गाउँ भरी तल्लो जातिको बा र म मात्र थियौं अरे । मेरो पालो आयो या भनौ सबै गए म पानी भरेर घर तिर लागे अनि खाना खाएर म बले संग गोठालो गए आज घरमा काम खासै थिएन अनि बले ले आज २ टा सिङ कुखुरा पक्डेको रैछ बाख्रा लाई बन मा छोडेर हामी कुखुरा पोल्न थाल्यौं बले बिडि लिएर आउथियो अनि म पनि त्यो बिडि आदि तान्थे त्यो गोठाला गर्न ल्याको 12 वटा बाख्रा अनि 2 वटा बाछा आचार्य गुरु कै थियो बले ले कुखुरा खादै भन्यो , ए ! सुन्न बुद्धि भोलि आचार्य को छोरी पनि आउने अरे म संग घुम्न त नि आइज है !
नाई म त आउदिन त्यसो भए !
मा साले आइजन मलाई घुमाउन आउदैन क्या । आईनस भने बिडि माया मार ।
( बिडिको लोभ देखायो आफू संग पैसा हुन्न थियो मैले आउनै पर्यो )
ल ल आउछु ।
हामी साझमा घर फर्किम बले तल्लो बाटो गयो अनि म माथ्लो बाटो अनि आज ढिडो खाएर सुते भोलि बिहान 8 बजे बले संग जानू थियो म सुते ।
क्रमशः- भाग – ३
भाग :- १
सोहन लुइँटेल
#साईन्सले_प्रुभ_गरेको ।