
लक्ष्मी बिश्वकर्मा एक प्रेमकथा भाग :- ३
१६ पुष २०७६, बुधबार १७:१०
आज पनि उठेर सधैं जस्तो पानी भर्न धारा तिर लागे म पर काल्नामा बसेको थिए आफ्नो पालो पर्खेर,सबै गएपछि मैले पानी भरे अनि सबै काम सकेर लागे, तल्लो खोल्सोमा बले ले मलाई पर्खिन्थ्यो आज लक्ष्मी पनि थिन उनले भेट्ने साथ मलाई hi भनेर हात मिलाउन अघि बढिन मैले हात मिलाउनै पर्ने थियो फेरि बाबा लाई भन्दिन्छु भन्छिन् अनि मैले पनि हात दिए बले लागो फेरि अगाडी अगाडी हामी चाहिँ कुरा गर्दै गयौं ।
लक्ष्मी :- खाना खायौं ?
म :- खाए ! तिमी ले ?
लक्ष्मी :- छैन भोकै छु ( उनी हासिन )
म :- अनि आफ्नै गाउँ पनि घुम्न पर्छ र ?
लक्ष्मी :- लौ म कहिले घुमेकै छैन अनि ।
म :- तर म आको कुरा कसैलाई नभन्नु है ।
लक्ष्मी :- तिमी कत्ती डराको हौ केटि जस्तो ।
म :- नभन्नुनी ल ।
लक्ष्मी :- ल हौ ल ।
म :- Thank u … ( उनि संग मोबाईल थियो अनि यो पहाडको फोटो खिच्न थालिन् म पर ढुङ्गा मा बसेर हेरिरहे बले बाख्रा छोडेर आउछु भनेर बन तिर लाग्यो उनी फोटो लिन ब्यस्त थिन )
लक्ष्मी :- जुम अब ।
म :- सकियो फोटो खिचेर ?
लक्ष्मी :- उम्म सकियो जुम न पर तिर ( मैले उन लाई छोटो बाटो बाट जङ्गल देखाउन लगे हाम्रो गाउँ मा बादर र काफल धेरै पाउछ गाउँको नाम बादर राख्न नमिल्ने भएर काफल राखेको होला उनी बादर को पनि फोटो खिच्न थालिन यो केटि को मोबाईल नयाँ होला मैले मनमनै सोचे हो रैछ 12 सकेर किनेको अरे
म :- बादर पनि देखेको थिएन ?
लक्ष्मी :- कस्तो बेहुरा रैछ हौ ( उनी हासिन र मोबाईल राखिन )
लक्ष्मी :- अनि के गर्छौ तिमी चाहिँ अहिले ?
म :- बाबा संगै काम गर्छु लुगाहरु सिलाउछु अनि औजार नि बनाउछु ।
लक्ष्मी :- ए ! राम्रो हो । उ त्यो अम्बक हैन कस्तो पाकेको मलाई एउटा झार्देउन । ( भिर को त्यो अम्बक को बोट देखाउदै भनिन् भिरमा भएको कारण त्यो हातै ले टिप्नु पर्ने थियो मलाई मनमा त लाग्यो मैले छोको खानुहुन्न भनेर तर मैले केही भनिन किन कि बले र उनी संग हुँदा मलाई त्यो कुरा आउन छोड्यो । म रुखमा चडेर त्यो 5-7 वटा अम्बक टिपेर गोजिमा हाले अनि तल ओर्लिएर उनलाई दिए उनले अलिअली हातले पुछिन र खान थालिन् आज सम्म बा र बले ले मात्र मैले देको खान्थे आज 3 गाउँ का पन्डित आचार्य जि को छोरीले पनि छोको खाईन म धेरै खुशी थिए साथै कसैले देक्छ कि भनेर डरपनी थियो । मलाई एउटा दिएर उनले 6 वटा नै खाईन ।
म :- साच्चै भात खाको छैन कि क्या हो ?
लक्ष्मी :- टाउको भनन धेर नजिस्काउ है मलाई मीठो लाग्छ नि त अनि ।
म :- ए ! त्यसो भए अझै झारिदिम त ।
लक्ष्मी :- नाई होस् भरे अब । झुर्लुङ्गे पुलमा जुम न ।
म :- आम्मामा आदि घन्टा लाग्छ त्यो पल्लो डाडा हो
लक्ष्मी :- थाहा छ हौ अस्ति ४ घन्टा हिडेको हैन ।
म :- लु जम त्यसो भए आज सबै घुम्नु काफल गाउँ ।
लक्ष्मी :- ल ( उनी मजाले हासिन ) अनि तिम्रो घरमा चाहिँ कोको हुनुहुन्छ ?
म :- बा र म !
लक्ष्मी :- अनि ममि !
म :- म ४ बर्ष को हुँदा मर्नुभा अरे ।
लक्ष्मी :- sorry है ( उनी उदास भैन )
म :- केही छैन मलाई केही याद छैन ( म हासिदिए )
लक्ष्मी :- अनि खाना कस्ले पकाउछ ?
म :- बा ले पकाउनु हुन्छ ।
लक्ष्मी :- तिमिलाई आउदैन भात पकाउन ?
म :- ( मेरो घरमा ढिडो पाक्छ उसलाई थाहा थिएन ) आउँछ तर बा ले नै पकाउनु हुन्छ ।
लक्ष्मी :- ए ! छोरा अल्छि भए पछी त्यसतै हो ( उनी फेरि हासिन ) ( हामि पुल मा पुग्यौं त्यो पुल धेरै हल्लिन्थियो डरले होला उनको अनुहार रातो भएको थियो मलाई पनि थोरै जिस्कन मन लाग्यो र पुल हल्लाउँदै मैले भने डर लागो कि क्या हो ? नहल्लाउन क्या कसम म फेरि बोल्दिन ( मलाई कराउदै भनिन् )
पुल सान्त भएपछि उनले फेरि फोटा खिच्न थालिन् अनि यो बेला म संग पनि 1-2 टा फोटा खिचिन हामी त्यहाँ करिब आदि घन्टा बसिम र बले भए तिर लागिम !
म :- अनि तिमी ले बिहे गरेको ?
लक्ष्मी :- उम्म ! गरेको नि 2 वटा नानी पनि छन् ! ( उनलाई मलाई गिज्याउन रमाइलो लाग्थ्यो । )
म :- ए ! खै लिएर आएनौ त ( म हासे )( अनि उनी पनि मजाले हासिन ) हामी बिच राम्रो मित्रता कायम भैसकेको थियो हामी धेरै रमाइलो कुरा गर्थौ त्यस्तो रमाइला कुरा बले ले म संग कहिल्यौ गरेको थिएन मलाई उनी राम्री लाग्न थाल्यो तर केबल राम्री त्यो भन्दा अघि बढ्ने मैले कहिले सपनामा पनि सोचिन हामीमा आकाश र पाताल को फरक थियो । अब हामी प्राय जहिले घुम्न जान थाल्यौं अहिले त हामी लाई बले को साहारा पनि चाहिदैन उ अनि म धेरै टाढा जान्थिम घुम्न उनी बले भन्दा आत्मिय भएको थिन आज भोलि उनले एकदिन मलाई भनिन् ।
लक्ष्मी :- बुद्धि तिमी मान्छे राम्रो छौ मलाई राम्रो लाग्छ आज भोलि तिमी जस्तो मान्छे भेट्टाउन गार्हो हुन्छ ।
म :- मलाई पनि तपाईं ! ए ! तिमी राम्रो लाग्छ अनि बा लाई पनि राम्रो लाग्छ अरे अस्ति भन्दै थिए ।
लक्ष्मी :- होर ! मलाई त भन्दैनौ त कहिले ! त्यसो भए लभ गरम न त ! ( उनी हासिन )
म :- नजिस्कन ( उनले मजाक गरेको ठानेर मैले हासोमा टारे )
लक्ष्मी :- साच्चिकै भनेको हौ !
म :- नाई हुन्न !
लक्ष्मी :- किन ?
म :- हुन्न भने पछी हुन्न किन भनेर नसोध न !
लक्ष्मी :- हो ल त्यसो भए आज बाट हामी नभेट्ने ( यति भनेर उनी त्यहाँ बाट घर तिर लागिन मैले उसलाई रोक्ने प्रयास गरिन उ गलत थि या म मैले सोच्न पनि सकेको थिन हामी तल्लो जातिको मान्छे संग मित्रता सम्म त ठिक छ तर माया प्रेम अनि बिवाह यो आज आज सम्म मैले नसुनेको कुरा हो । म चुप लागेर बले संग गए अनि उनि आफ्नो घर ।
म :- हैन बले यो मान्छेहरु को धेरै पढेपछि बुद्धि जान्छ कि क्या हो ?
बले :- के भयो र ?
म :- लक्ष्मी लाई म राम्रो लाग्छ अरे माया गरम भन्छे ।
बले :- ( उ मजाले हासेर भन्यो जिस्केको होला नि अनि तैले के भनिस ?
म :- हुदैन भनेको रिसाएर घर गै ।
बले :- हो तै भएर मलाई यो शहर का मान्छे मनपर्दैन घमण्ड का पोका हुन्छन् ।
म :- केही छैन भोलि भेटेको बेला मजाले सम्झाउछु अब ।
क्रमशः भाग :- ४
सोहन लुइँटेल
#साईन्सले_प्रुभ_गरेको ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा