विश्वभरिका चर्चहरुबाट थेगीनसक्नु यौन दुर्व्यवहारका घटनाहरु


भ्याक्टीकन सिटीमा रहेको भ्याक्टीकन चर्च विश्वभरिका चर्चहरुको प्रशसनिक नेतृत्वप्रदायक र विश्वभरिका ईसाईहरुको आस्थाको केन्द्रबिन्दु पनि हो । रोमन क्याथोलीक चर्चहरुको यस सञ्जालमा भ्याक्टीनमा नै कार्यरत चर्चह्रुके यौन दुर्व्यवहार शाखाका अधिकृतलाई उद्धृत गर्दे अलजजीराले यस वर्ष विश्वभरिका चर्चबाट १००० भन्दा बढि यौन दुर्व्यवहारका पुष्टि भएका घटना दर्ज भएका छन् जस्मा त कतिपय देशहरु त सोच्दै नसोचेका देशहरु पनि परेका छन् ।

विगतको दशक भन्दा यस दशकमा ४ गुणाले यस्ता घटनाहरु बृद्धि भएको छ र यसका कारणचाँही बढ्दो धर्म परिवर्तनमा ईसाईहरुको लगानी हुनाले नयाँ चर्चहरु र चर्च व्यवसाहीको घिनलाग्दो प्रवृति पनि भएको बताइन्छ ।

मनसिग्नर जोन केनेडी भ्याक्टीकनमा कन्ग्रीगेसनल डिसिप्लीन शाखाका प्रमुख हुन्, उनका अनुसार अहिले यस शाखाका सबै कर्मचारीहरु हप्ताको ७ दिन नै दैनिक ३ शिफ्टमा कार्यरत छन् । उनीहरुका लागि यसरी बढ्दो चर्चभित्रका दुर्व्यवहार र क्याथोलीक शिक्षा भन्दा बाहिरको यी घटनाहरु ठूलो चूनौतिको बिषय भएको छ ।

केनेडीले भ्याक्टीकन प्रशसनको इतिहासमा नै पहिलेपटक मिडियाहरुलाई अनुशासन शाखाभित्र प्रवेश दिएका छन्, आजभोली पप फ्रान्सिसको नेतृत्वको भ्याक्टीकन निकै उदार र खुल्ला भएको धेरैजनाको टिप्पणी छ नत्र भ्याक्टीकनमा भित्रि कुराहरुमा मिडियालाई कुनै संकेत दिइने चलन थिएन ।

यि दुर्व्यवहारका घटनाहरुम मुख्य दुर्व्यवहारचाँही बालबालिका माथि भएको पाइयो, यदि यसै गरि बालबालिका र महिलामाथि दुर्व्यवहार भइरहने हो भनें यूरोप र ल्याटीन अमेरिकामा चर्च जाने जनसंख्या अब झनै घट्ने स्पष्ट छ र यसै पनि यूरोपमा दिनानुदिन नास्तीक र धर्ममा तठस्त जनसख्याँ बढिरहेकाले ईसाई धर्मावलम्बीको संख्या विश्वभरि घट्नसक्ने अनुमान छ । चर्चमा दुर्व्यवहार गर्ने अगुवा र धर्मका नेताहरुलाई कस्तो सजाय दिने विषयमा पनि भ्याक्टीकन प्रशासन केन्द्रित रहन जरुरी देखिन्छ ।

लाइभमाण्डु


Loading comments...