पाकिस्तानमा धर्मविरोधको आरोपमा मृत्युदण्ड पाउने एक विश्वविधालय प्राध्यापक


मध्य पाकिस्तानको मुल्तान शहरको बहुद्धिन जकारिया विश्वविधालयका प्राध्यापक जुनेड हफिज निकै चर्चित र लोकप्रीय प्राध्यापक मानिन्थे । सन् २०१३ मा ईस्लाम धर्मका संस्थापक पैगम्बर मुहम्मदको बदनाम हुने गरि फेसबुकमा स्टेटस हालेको कारण यिनलाई धर्मविरोधी करार दिएर मुद्धा चलाइयो र पक्राउ पनि गरियो । यिनलाई प्रगम्बर मुहम्मद र कुरान दुबैको अपमान गरेको आरोप थियो ।
यतिका ६ वर्षसम्म यिनलाई बिभिन्न न्यायधिशहरुको रहोवरमा राखि, अनुसन्धान गरिँदै ल्याइयो र अन्तत डिसेम्बर २१ शनिवारको दिन हफिजलाई मृत्युदण्ड सुनाइएको छ ।

हफिजलाई एकल कारावासमा सुरक्षा कारणले राखिएको थियो किनभनें हफिजका तर्फबाट वकालत गर्ने यिनका अधिवक्ता राशिद रहमानलाई सन् २०१४ मा अज्ञात समुहले मारेको थियो । रहमानलाई खुला अदालतमा नै धार्मिक् नेता र कट्टरपन्थीहरुले हत्या गर्ने त्रास दिएका थिए र त्यस्तै नै भयो । यद्धपि सरकारी संयन्त्र भनें हफिजको हत्याको बिषयमा मौन नै बसिदियो ।

हफिजका अहिलेका अधिवक्ताले भनें यिनले लाहोर कोर्टमा फेरि आवेदन दिन सक्ने जनाएक छन् यद्धपि यि अधिवक्ताको परिचय उति स्पष्ट छैन । अहिलेको अदालतका जजले पनि धार्मिक नेता र कट्टरपन्थीहरुको दबाब र आफ्नै सुरक्षा कारणले पनि हफिजको केसमा न्याय दिन नसकेको उदारवादीहरुको भनाई छ किनकि पाकिस्तानी भूमिमा न्याय र सरकार भन्दा धार्मिक संगठन र कट्टरपन्थीहरुको बढि दबदबा रहेको स्पष्ट पाइन्छ ।

ह्यूमन राइट कमिशन र एएनएस्टी इन्टरनेशनलले यस निर्णयको घोर बिरोध गरेको छ । सन् १९९० बाट अहिलेसम्म करिब ७५ जनालाई धर्मविरोधका आरोपमा पाकिस्तानमा मृत्युदण्ड दिइएको र अधिकतम फेसबुकको स्टेटस र ट्वीटरका ट्वीटका कारणले मारिएको पाइन्छ ।

लाइभमाण्डु


Loading comments...