पाकिस्तानमा सरकारद्वारा तेश्रो लिंगीका लागि स्वास्थोपचार सुविधा प्रावधान


मुसलमान बाहुल्यता भएको देश पाकिस्तानमा तेश्रो लिंगीको मुद्धा निकै चर्चामा अनि बिवादमा रहेको थियो । तेश्रो लिगींको दमन र अस्वीकारोक्तिमा मुसलमान देशहरु निकै अगाडि रहेको पाइन्छ यद्धपि मुसलमान बाहुल्यताको देश पाकिस्तानमा प्रधानमन्त्री स्वयमले नै तेश्रो लिंगीको लागि केन्द्रित स्वास्थोपचार सुविधाको प्रावधानहरु सोमबार घोषणा गरेका छन् ।

शेहत ईन्साफ कार्डको प्रावधानमा पाकिस्तान भरिका सिमान्तकृत समुदायहरुलाई सुलभ र सरल स्वास्थोपचारको सुविधामा अब तेश्रो  लिंगी समुदायलाई पनि गाँसिएको छ । लामो समयदेखि बेवास्ता गरिएको तेश्रो लिंगी समुदायका लागि यस सरकारको पहिलो कदम र स्याहार यस सुविधा हो भनी प्रधानमन्त्री ईमरान खानले बताएका छन् ।

प्रधानमन्त्रीले यस समुदायप्रति आफ्नो सरकारको निकै समभाव रहेको र तेश्रो लिंगी समुदायको स्याहारका लागि र उनीहरुप्रति अरुहरुको हेराई परिवर्तन गर्दै समान समाज निर्माणका लागि यस सरकारको नेतृत्व रहने बताएका छन् ।

लाइभ्माण्डु


Loading comments...