
शैली थिएटरमा ‘विवाहको प्रस्ताव’
काठमाडौं । चर्चित रुसी साहित्यकार आन्तोंन चेकोभको एकांकी नाटक ‘विवाहको प्रस्ताव’ (द म्यारिज प्रपोजल) मच्चन हुने भएको छ । नाटक पुस १८ देखि माघ १० सम्म शैली थिएटरमा मञ्चन हुनेछ ।
नाटकले बिहेसँग जोडिएको सरल कथाबस्तुलाई हास्यास्पद अबस्था सृजना गरि सामाजिक चाल चलनलाइ चोटिलो व्यङ्ग्य गरेको छ । ७० वर्षीया वृद्धा स्टिपान स्टेपानोभिजको छोरी नतालियासग ३५ बर्षिय छिमेकी इभान भ्यासिलिचको बिहे प्रस्तावमा केन्द्रित छ नाटक ।
मन भित्र एउटा उदेश्य र बाहिर देखाउने अन्य उदेश्यका साथ ती पात्र मन्चमा देखिन्छन । यसरी नक्कली काम गर्दा उनीहरुको असली चरित्र बीच बिच मा फुत्किन्छ जसले हासो सिर्जना गर्छ । आखिरमा ती पात्रहरु जमिनको विवाद र कसको कुकुर राम्रो भन्ने बिषयबस्तु तर्फ मोडिन्छन । अब बिहे प्रस्ताव स्वीकार्य होला कि नहोला भन्ने अवस्थामा नाटकले गति लिन्छ ।
शशांक बोहोराले इभान, स्नेहा पौडेलले नतालिया र सुवास सुवेदीले स्टेपान स्टेपानोभिचको नाटकमा अभिनय रहेको छ । कोरसमा मास्क लगाएर वा गाउँलेको भूमिकामा देवेन्द्र बब्लु, भारती रिजाल, रोबिन तामाङ, विशाल सुवेदी, दिप्ति पौडेल, निर्भिक भट्टराई, रूपक काफ्ले र सन्तोष बराइलीले काम गरेका छन् ।
नेपाली भाषामा मञ्चन हुने नाटकमा वेशभूषा, सेट र दृश्यमार्फत रुसको वातावरणको झ–झल्को दिइने तयारी छ । आन्तोंन चेकोभको यो कृतिलाई सविन न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् । देवेन्द्र बब्लुको संगीत अनि अमन माली, सुजन माली र सुशील मालीको स्वर रहने नाटकलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन् ।
स्थानःशैली थिएटर, रातोपुल
मिति: पुस १८ देखि माघ १०, २०७६ |
साँझ ४:५० (बुधबार बाहेक) शनिबार १ बजे पनि
सम्पर्क ९८४६१ ३८००५