नयाँ वर्षको दिनमा स्कुलमा नै मारिएका ४ जना सिरियन बालबालिका


मध्यपूर्वमा १९ औं शताव्दीको उत्तरार्धदेखि नै अत्यन्त तनाब छ, युद्ध र हमला ले करोडौं मान्छेहरु मारिइसकेका छन् भनें त्यति कै संख्यामा बिस्थापीत छन् ।

मध्यपूर्वका देशहरु ईराक, लिवीया, सिरिया लगायत अहिले सर्वाधिक आक्रान्त छन्, यसमध्य सन् २०२० को शुरुवाती दिनमा नै सिरियाको एक बिधालयमा भएको आक्रमणमा ४ जना अवोध सिरियान बालबालिकाको ज्यान गएको छ ।

इदलीव शहरलाई बिपक्षीहरुको सर्वाधिक धेरै पकड रहेको अन्तिम शहर मानिन्छ, यसअर्थम पनि सरकारी दस्ता र रुसी जहाजहरुको यस शहरमा निर्मम आक्रमण र बमबारी भइरहन्छ । सरकारी पक्षधरका बिमानहरुले बुधवार गरेको आक्रमणमा एउटा बिधालय क्षतिग्रस्त भएको हो, यस आक्रमणमा ८ जना निर्दोष सिरियनको ज्यान गयो जस्मा ४ जना त स्कुल पढ्न आएका बालबालिका थिए । ह्वाइट हेल्मेट सिभिल डिफेन्स एजेन्सीका अनुसार आक्रमणका समयमा त्यहाँ बिधार्थी र शिक्षकहरुले बिधालय खचाखच थियो र जानी जानी बिधालयलाई निशाना बनाएर आक्रमण गरिएको हो । यस स्कुलमा ताकेर मिसाइल हानिएको हो, इदलीवको सरमीन क्षेत्रको यस आक्रमणको सर्वत्र बिरोध गरिएको छ । यस वर्षको डिसेम्बर १२ देखि २५ सम्मको आक्रमणका श्रृखलाहरुले मात्र करिब २३५,००० इदलीव शहरका वासिन्दाहरु बिस्थापित भएका छन्, सरकारी पक्षका सेना अनि रुसी जहाजहरुले जानाजान सर्वसाधरणलाई निशाना बनाएर इदलीवमा बस्ने बाँकी मान्छेहरुलाई पनि अर्को ठाँउमा सर्न बाध्य पारेका हुन् ।

इदलीवमा मात्र सन् २०१९ मा मात्र १००० भन्दा बढि अवोध बालबालिका र ११,२१५ जना सर्वसाधरणको हत्या भएको हो, नयाँ वर्षका दिन बिधालय आएका शिक्षक र बालबालिकाको निशाना बनाएर हत्या गर्नु र बिधालय ध्वस्त पार्नु निन्दनीय छ तर विश्व समुदाय मौन नै रहनेछ ।

लाइभमाण्डु


Loading comments...