सिरियामा मान्छेभन्दा बढि बिरालाहरु छन् : रित्तो सिरियाको चिसो कथा


सिरियाको इदलीवको कार्फलावलका घरहरुमा पुराना भित्ताहरु, बम र गोलीका अवशेषहरु अनि बिरालाहरु बाहेक केहि छैनन । सिरियन आन्दोलनको मुटु मानिने यस शहर एकजमानामा खचाखच रहन्थ्यो, पछिल्लो वर्षमा सम्म करिब ४० हजार घरधुरी भएको यस शहरमा अहिले मुस्किलले १०० घरधुरी बाँकी छन् र ति पनि कुन बम आक्रमणमा या त्यसपछि शहर छाडेर भाग्ने हुन भन्ने भय छ ।
अहिले इदलीवमा रुसी हमलाका श्रृखलाहरु चलिरहेका छन्, चील झैं रुसी विमानहरु शहरका आकाशमा चक्कर लगाइरहेका हुन्छन् । शहरको अस्पताल जुन एकमात्र अस्पताल थियो, त्यसमा पनि रुसी विमानको आक्रमण भएपछि इदलीवमा अब मानव बस्न लायक केहि कुरा पनि बाँकी छैन । मुस्किलले केहि सय मात्र मान्छे बस्ने यस शहरमा बिरालाहरु भनें आजभोली उल्लेख्य संख्यामा बढेका छन्, इदलीवमा मात्र हजारौं बिरालाहरु रहेको पाइन्छ । बाटामा हिँड्दा मान्छेहरु भन्दा धेरै बिरालाहरु पाइन्छ, बाटामा बिरालाहरुको झुण्ड नै पाइन थालेको इदलीवको स्थानीय रेडियो प्रस्तोता जारले बताएका छन् । जारका अनुसार बिराला र मान्छेहरु दुबै सिरियामा कमजोर अवस्थामा छन्, त्यहाँ मानवता हराएको र मानवहरु पनि जनावर झैं बाँचिरहेको अवस्था छ ।

असादका सेनाहरुले जर्जर बनाएको इदलीवमा बाँकी पिडा रुसी आक्रमणले दिएको बताइन्छ, सिरियाको समस्या यस दशक कै सर्वाधिक ठूलो मानवीय उत्पीडनको घटना हो । सन् २०११ बाट शुरु सिरिया द्धन्दले आजसम्म ५ लाख बढि सिरियनहरुको ज्यान लिइसकेको छ ।

नयाँ वर्षको दिनमा स्कुलमा नै मारिएका ४ जना सिरियन बालबालिका

अल अरबीबाट अनुवादित
सुयोग ढकाल


Loading comments...