अमेरिकामा हिजाब लगाएकाले कामबाट निकालिएका एक मुसलमान कामदारको कथा


मुसलमान सुमदायका महिलाहरु हिजाव लगाँउदछन् र यो विश्वभरिका मुसलमान महिलाहरुको साझा पहिचान र संस्कार हो । यद्धपि पछिल्ला समयमा हिजावलाई महिला अधिकार र स्वतन्त्रतासंग नजोडिएको चाँही हैन । स्वस्फूर्त रुपमा हिजाव लगाउने र ससम्मान आफ्नो संस्कारलाई आत्मसाथ गर्ने मुसलमान महिलाहरुको हिजावको प्रकरणले अहिले विश्वभरि कार्यगत वातावरणमा एउटा अनौठो समस्या ल्याएको छ । भर्खरै अमेरिकामा एउटा घटना घटेको छ जस्लाई विश्वभरिको प्रतिनिधित्व घटनाका रुपमा लिन सकिन्छ ।
डल्लासको फोर्थ वर्थमा चिकन एकप्रेसमा काम गर्ने फोल्काले एदिवोला नामक मुसलमान महिलाले आफूलाई हिजाव लगाएकै कारणले जागिरबाट निकालिएको एउटा छोटो भिडियो ट्वीटर मार्फत शेयर गरेकी छिन् । उन्का अनुसार कार्यगत वातावरणमा धर्म तठस्तता भएर हरेक धर्मलाई अगिंकार गर्न मिल्ने वातावरण हुन जरुरी छ यद्धपि यिनका जागरिदाताका अनुसार हिजावको समबन्ध धर्मसंग पटक्कै छैन र कार्यवातावरणमा हिजावले सेवाग्राहीलाई उति स्वागत उन्मुख प्रभाव जन्माउँदैन ।

https://twitter.com/i/status/1211702462475907072

अन्तत एदिवोलाले हिजाव लगाउने निर्णयलाई नै आत्मसाथ गर्दछिन जस्ले गर्दा यिनले जागिरबाट हात धुनु पर्दछ । एदिवोला भर्खरै ईस्लाम धर्ममा आएकी एक अनुयायाी हुन्, यिनले आफ्नो ट्वीटमा आँफै लेखेकी छिन् । यस भिडियोको ४००० रिट्वीट र २२००० लाइक्स आएको थियो जुन बढ्दो छ ।
वतनमा भएकी कर्मचरीले कार्यलय पोशाक लगाउने र हिजाव लगाउन नपाइने जागिरदाताको मत भएको अर्को भिडियो पनि यिनले शेयर गरेकी छिन् ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...