६ करोड किसानलाई १२ हजार करोड बाँड्दै नरेन्द्र मोदी


किसानको कल्याणमा नै राज्यको समृद्धि लुकेको हुन्छ भन्ने कुरा भारत सरकारले आत्मसाथ गरेको पाइन्छ । यसअघिका सरकार र सत्तासिन पार्टीहरुले पनि भारतमा किसान र कृषिकर्मलाई विशेष सहुलियत र ग्राहयता प्रदान गरेका हुन् र भाजपाको सरकार यस विषयमा निकै अग्रसर देखिएको छ ।

कर्नाटकाको टुम्कुर भन्ने ठाँउबाट अनलाईन पे सिस्टमको प्रयोगगरी भारतका प्रधानमन्त्री मोदीले जनवरी २ सन् २०१९ मा ६ करोड किसानलाई १२ हजार करोड रकम वितरण गरेका हुन् । जनवरी महिना आसपासमा मनाइने चाडहरु जस्तै मकर सक्रान्ति, लोरही, बिहु लगायतका कृषिकर्म र बाली भित्र्याउने चाडको अवसरमा देशका बिभिन्न राज्यका कृषक परिवारको हातमा रु २००० भारु दिइने कार्यक्रम छ । पछि फेब्रुअरी २४ सन् २०१९ मा तेश्रो किस्ता अन्तर्गत प्रधानमन्त्री किसान सम्मान निती अनुरुप उत्तर प्रदेशको गोरखपुरबाट १ दशमलव १ करोड किसानको खातामा २ हजार करोड बराबरको रकम बैंक मार्फत हालिनेछ ।

हुन त भारतमा ९ दशमलव २ करोड भू स्वामित्व भएका किसानहरु छन् जो यस स्कीममा पूर्णत् हक राख्दछन् भने आशिंक रुपमा हक राख्ने १५ करोडका हाराहारीमा किसान छन् । यद्धपी यस पटकको कार्यक्रममा सबै किसानहरुलाई सरकारले समावेश गर्न सकेको छैन, गत वर्षकै जुलाई र नोभेम्बरमा हुने तय भएको यस कार्यक्रम यस वर्षबाट मात्र शुरु भएको हो । यस स्कीम अनुरुप यस वर्ष १४ दशमलव ५ करोड किसानले वार्षिक ६ हजार ३ किस्तामा पाउनेछन् ।

यस स्कीममा पन्जाब, हरियाण, आन्द्र प्रदेश, उत्तर प्रदेश, गुजरात, तेलागंना, छत्तिसगढ, हिमांचल प्रदेश, केरला र ओढिसा राज्यहरु छन् भनें पश्चिम बंगाल सरकार भनें अप्रत्यक्ष रुपमा केन्द्रिय सरकारको यस स्कीमबाट पर सरेको बताइन्छ ।

मध्य प्रदेश, राजस्थान र दिल्ली पनि भाजपा नेतृत्वको सरकार नभएका कारण केन्द्रिय सरकारको यस निर्णयभन्दा पर नै रहेका छन् ।


Loading comments...