अमेरिका र मेक्सिको सिमामा ढिकिच्याँउ खेल्दै बालबालिका


अमेरिका र मेक्सिकोको सिमा विश्वको सर्वाधिक विवादित र मानव तस्करहरुको अति सक्रियता रहेको एउटा सिमा हो, पछिल्लो समयमा आप्रवासनको कडाई र आप्रवासी परिवारको बिछोड लगायतका कुरामा यस सिमा ले निकै चर्चा पाएको हो । राष्ट्रपति ट्रम्पले त चुनावी मुद्धामा नै यस सिमामा पर्खाल लगाउने तर्क अघि सारेका हुन् ।

टेटेटोरल वाल सर्वसाधरणका लागि सोमवारबाट खुल्ला गरियो र मानिसहरु त्यतिवेला अचम्ममा परे जब त्यस सिमा पर्खालमा दुबैपटिबाट खेल्न मिल्ने गरि ढिकिच्याँउका फल्याकहरु राखिएका थिए ।

दुई देशलाई अलग बनाउने यस सिमामा गुलाफी रंगका फल्याकहरु राखिएको छ जस्मा ढिकिच्याँउ खेल्न मिल्दछ र त्यो पनि दुबै देश तर्फको जमिनबाट ।

 

अमेरिका र मेक्सिको समबन्धका लागि यस भित्ता एउटा फल्क्रम सावित भएको छ र यस कदमले दुबै देशमा सद्भावना र शान्ति छाओस्, नेपालबाट हार्दिक शुभकामना ।

लाइभमाण्डु


Loading comments...