आफ्नै देशमा बिराना भारतीय मुसलमानहरु


भारतीय जनता पार्टी आएपछि भारतको शाषनशत्ताको मुलधार हिन्दुत्वसंग गाँसिएको स्पष्ट छ । भर्खरै नारीकता संशोधन बिधेयक मार्फत भारतले आफूभित्र निकै ठूलो बिवाद निम्त्याएको छ । जम्मु र कश्मिरको सवाललाई केन्द्रिय सरकारले आफ्नो मातहतमा लिएपछि भारतीय राजनैतिक सरगर्मी अहिले नागरीकता बिधेयक तर्फ मोडिएको छ । सुमेरु पर्वत श्रृखलाका मुनी रहेका भारतवर्षका प्राचिन देशहरुले मिलेर बनेको भारतीय उपमहाद्धीपका लगभग सबै देशहरुमा कतै बहुसंख्यक त कतै अल्पसंख्यक रुपमा हिन्दु समुदायहरु छन् । इतिहासका पानामा नियालेर हेर्दा यि हिन्दु समुदायहरुमाथि धर्म परिवर्तनका दबाब, हपराध, हत्या, हिंसा, बलात्कार लगायतका थुप्रै दमन भएको स्पष्ट छ र भारतले अहिले आएर आफ्नो प्राचिन नाम हिन्दुस्तानलाई साकार पार्न पनि सबै देशहरुका हिन्दु समुदायलाई आफ्नो देशमा बास दिने निर्णय गरेको हो । राजनैतिक रुपमा भनें भारतीय नागरीकता ऐनले हिन्दु समुदाय नभनि गैर मुसलमान भन्ने शव्द प्रयोग गरेको छ, बहुसंख्यक मुसलमान समुदायले घेरिएको भारतले आफ्नो सिमाानमा गैर मुसलमान समुदायलाई अनुमती दिने बताएपछि भारत भित्र र बाहिर त्यस निर्णयको बिरोध नहुने कुरै भएन ।

गैर मुसलमान समुदायले हिन्दु, शिख, जैन, पर्सियन, क्रिस्चियन र बुद्धिस्ट समुदायलाई पनि समेटेको छ तर बहुसंख्यक मुसलमान समुदायलाई स्पष्ट रोक लगाएको छ ।

उत्तरी पूर्वि भारतका आसाम लगायत दिल्ली अनि लगभग भारतका सबै क्षेत्रहरुमा यस बिलको ब्यापक बिरोध भएको छ उद्धपी आसामको त्रिपुरा र बाराक उपत्यकाका बंगाली बोल्ने समुदायले भनें यस बिलको खुलेर समर्थन गरेका छन् । सन् २०१४ मा नै चुनावी र्यालीमा नरेन्द्र मोदीले अल्पसख्यंक अन्य धर्मका मान्छेहरुले छिमेकी देशहरुमा धेरै समस्या पाएको उल्लेख गरेका थिए, आखिरमा सन् २०१९ को डिसेम्बर ८ मा यो बिलपास भएरै छाड्यो जस्ले सन् १९५५ को नागरीकता ऐनको संशोधन गरेको हो । यस बिद छिमेकी देशहरु अफगानीस्तान, बगंलादेश र पाकिस्तानबाट धार्मिक त्रास र भयका कारण भारत छिर्न चाहने अल्पसंख्यक गैर मुसलमान समुदायका लागि चाँही बरदान भएको छ, भारतले हिन्दुस्तान नामलाई साकार गरेको हो । यद्धपि धर्मलाई मात्र आधार बनाएर ल्याइएको यस्तो नियमले बहुसंख्यक मुसलमान समुदायलाई भारतीय अपनत्वबाट पर लगेको छ, भारत अहिले इतिहासकै सर्वाधिक अस्थिर अवस्थामा छ । यद्धपि यसरी बाहिरबाट भारत छिर्ने शरणार्थीहरु भनें भाजपाका लागि भोट बैंक हुने पक्का छ । आसाममा प्रशस्त हिन्दु जनसंख्या बनाउन पनि बगंलादेश र आसपासबाट हिन्दुहरु आउन पर्ने देखिन्छ, भारतको यस नियमले आसामलाई रातारात हिन्दु समुदाय को बहुसख्यंक उपस्थिती भएको शहर बनाइदिनेछ । आसाममा भनें यसरी बगंलादेशी हिन्दुको प्रवेश हुन नदिन प्रदर्शन भइरहेको छ, उनीहरुका अनुसार आसाले मुगल आक्रमणलाई १६ पटक रोकेको र आसाम आँफैंमा पूर्ण शहर हो जहाँ बिदेशबाट हिन्दुहरु आउन जरुरी छैन । बगंलादेशी मूलका हिन्दुहरु शुरुवाती दिनमा काँग्रेसका भोट बैंक थिए तर पछिल्ला चुनावी दौरानमा उनीहरुको भाजपाप्रतिको निकटता स्पष्ट छ । कतै भाजपाले यस नियम बंगलादेशी हिन्दुहरुको भोटको क्रृण चुक्ता गर्न गरिरहेको छ छैन ? धेरैजनाको प्रश्न यो पनि छ ।

सन् १९८५ मा राजीव गान्धीले आसामी बिधार्थी यूनियनसंग सरकारका तर्फबाट सन् १९७१ को मार्च २१ पछि आसाम छिरेका बगांली हिन्दुहरुलाई बगंलादेश फर्काउने सहमती गरेका थिए जुन अब भंग भएको छ । हुन त यस बिल पास भएपनि डिसेम्बर ३१ सन् २०१४ सम्मा भारत छिरेका बंगाली गैरमुसलमानलाई मात्र नागरीकता दिने प्रावधान छ यसर्थ अबका समयमा भारत छिर्ने बगांलीलाई यस बिलले नागरीकता करा नदिने स्पष्ट छ ।

भाजपा स्पष्ट रुपमा गैर मुसलमान संख्या भारतमा बढाँउदै आफ्नो भोट बैंक सुरक्षित गर्न चाहन्छ या हिन्दुत्वको रक्षा हिन्दुस्तानमा गर्न चाहन्छ यउा दुबै तर अहिले यस नागरीकता बिलले भारतमा निकै राजनैतिक उतारचढाव जन्माइरहेको छ भनें भारतमा रहेका मुसलमान समुदायलाई भनें आफनै देशमा बिरानो बनाइरहेको आरोप छ ।

मोदी आउनु भारतीय मुसलमानका लागि कस्तो संकेत हो ?

भारतले पास गर्यो मुसलमान बिरुद्धको नगरीकता कानुन : सर्वत्र बिरोध

लाइभमाण्डु


Loading comments...