पाकिस्तानले हिन्दु मन्दिर परिसरलाई सम्पदा सूचीमा राख्यो


जनवरी ३ सन् २०१९ मा अत्यन्त शालिन भावमा पाकिस्तानको उत्तरपश्चिम क्षेत्रको खाइबर पथकुन्थवा क्षेत्रका हिन्दु मन्दिरलाई सरकारले राष्ट्रिय सम्पदा सूचिमा सूचिकृत गरेको छ । यो मन्दिर परिसरलाई पाँच तिरथ भनिन्छ किनभनें यी मन्दिर परिसरमा ५ वटा धार्मिक कुण्डहरु पनि रहेका छन् । अहिलेको चाचा यूनुस पार्कको एउटा भागका रुपमा यस परिसर संरक्षित रहनेछ ।

सन् १७४७ मा अफगानीस्तानको डुरियान शाषकहरुले यस मन्दिरलाई पूर्ण रुपमा क्षतिग्रस्त गरेका थिए, यद्धपि सन् १८०० मा स्थानीय शिख र हिन्दु समुदायले मन्दिरको पूर्ननिर्माण गरेका थिए । महाभारतको पाण्डु राजा यसै स्थानमा रहेका विश्वास गरिएको छ भनें बिभिन्न धार्मिक दस्तावेजले पनि यस्लाई पुष्टि गरेको पाइन्छ, त्यहाँ भएका ५ पोखरीमा कार्तिक महिनामा स्नान गरेमा निकै फल पाइने सनातन धर्मावलम्बीहरुको बिश्वास रहेको पाइन्छ यद्धपि यहाँ आधा शताव्दी भन्दा बढि समयदेखि कुनै हिन्दु पुगेको र अर्चना गरेको पाइन्न ।
पाकिस्तान सरकारले यसरी सम्पदा सूचीको सम्पदालाई नोक्सान पूर्याए या पूर्याउने मनसाय राख्ने जो कोहीलाई पनि ५० लाख जरिवाना र ५ वर्ष कैदको प्रावधान राखेको छ ।

यसका साथै यसै वर्षबाट पाक सरकारले त्यहाँका अल्पसंख्यक हिन्दु समुदायका लागि शादिपरथ नामक बिवाह दस्तावेजको सुविधा दिँदै बिवाह र पूर्नबिवाहको पनि दर्ताका लागि प्रोत्साहन गरेको छ ।
लाइभमाण्डु


Loading comments...