सन् २०१९ मा नर्वेको ओस्लोमा सडक दुर्घटनामा जम्मा एकजनाको मृत्यु भएको थियो


भर्खरै निकालिएको तथ्याकंमा नर्वेको राजधानी ओस्लोमा वर्ष २०१९ भरि केवल १ जनाको मात्र सडक दुर्घटनामा मृत्यु भएको तथ्य सार्वजनिक भएको छ । १६ वर्ष मुनीका बालबालिकाको भनें वर्षभरिमा एकजनाको पनि सडक दुर्घटनामा मृत्यु भएको छैन यद्धपि देशैभरि चाँही केवल ११० जनाको सडक दुर्घटनामा मृत्यु भएको हो जुन गतवर्ष सन् २०१८ को तुलनामा २ जनाले बढि भएको देखिन्छ ।
स्थानीय पत्रिका अल्फोस्टेनका अनुसार सन् २०१७ मा चाँही ओस्लोमा ३ जनाको सडक दुर्घटना भएको तथ्याकं भएको लेखेको छ । सन् १९४५ मा ओस्लोको सडक दुर्घटनामा ४१ जनाको मृत्यु भएको देखाँउदछ । यूरोपमा नै सर्वाधिक कम सडक दुर्घटना नर्वेमा छ जहाँ प्रति दश लाख मान्छेमा २० जनाको दुर्घटना दर भएको कोरा तथ्याकं देखाँउदछ । सन् २०१९ मा लण्डनमा भनें १२६ जनाको सडक दुर्घटनामा मृत्यु भएको तथ्याकं छ जुन सन् २०१८ को तुलनामा २२ जनाले बढि हो ।

यूरोपियन यूनियनका देशहरुमा बुल्गेरिया र रोमानियामा चाँही अत्याधिक सडक दुर्घटनाको दर छ, त्यहाँ प्रति दश लाख मान्छेमा ९० जनाको दुर्घटना हुने दुर्घटना दर छ ।

कारहरुमा सुरक्षा संयन्त्रको बृद्धि, साइकल लेनको प्रवर्धन अनि औसत स्पीडलाई नियन्त्रण गर्न सक्नु नै नर्वेको सडक सुरक्षाको कडि हो ।

लाइभमाण्डु


Loading comments...