Lifestyle Portal
  •   २३ असार २०७९, बिहीबार

नेपाली विद्यार्थीहरुले बेलायत किन रोज्ने गरेका छन्

२१ पुष २०७६, सोमबार १२:००

उच्च शिक्षा अध्ययनको लागि विश्वमै अमेरिका पछि रुचाईएको शैक्षिक गन्तव्य मध्ये एक हो बेलायत। नेपालको सन्दर्भमा पनि अष्ट्रेलिया पछि विद्यार्थीहरुको प्राथमिकता बेलायत र अमेरिका रहेको देखिन्छ । प्रत्येक वर्ष ५ लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू बेलायतमा अध्ययनको लागि भर्ना हुने गर्छन् । बेलायत, अष्ट्रेलिया, न्युजल्याण्ड, क्यानाडा, अमेरिका, लगायतका देशमा विद्यार्थी पठाउँदै आएको ए इ सि सिका सि इ ओ शैलेस कुमार झा संग बेलायत जाने विद्यार्थीहरुले के के कुरामा बढी ध्यानदिनुपर्छ भनेर कुराकानी गरेका छौं ।

ए इ सि सि ग्लोबलले आयोजना गरेको युके एड्मिसन डे बाट बिध्यार्थी हरू लाई के फाईदा छ?
ए इ सि सि ग्लोबलले नयाँ बर्षको सुरुवातमै जनवरी तिन तारिखका दिन डिल्लीबजारमा अबस्थित आफ्नै कार्यालयमा आयोजना गरेको युके एड्मिसन डेमा बेलायतमा अबस्थित उत्कृष्ट बिश्वबिद्यालयका प्रतिनिधि हरू ले बिध्यार्थी हरू लाई परामर्श प्रदान गरिएका छन् । जसमध्ये केही बिश्वबिद्यालयका प्रतिनिधि हरूले जेहेन्दार बिध्यार्थी हरू लाई बिषेश छात्रवृतिको समेत घोषणा गरेका छन् । यो युके एड्मिसन डेमा बिध्यार्थी र अभिभावकले एकै छानामुनि बेलायतको शैक्षिक प्रणाली, अनुमानित लागत, अबसर र चुनौतीका बारेमा जानकारी प्राप्त गरेका छन् ।


विद्यार्थीहरुले बेलायत किन रोज्ने गरेका छन् ?

आधुनिक शिक्षाको सुरु भएको नै बेलायतबाट हो । धेरै पहिलाबाट नै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको रोजाईमा बेलायत पर्ने गरेको छ। बेलायतको शैक्षिक प्रणाली अधिकांश राष्ट्रहरूले अनुसरण गरेको पाइन्छ ।
पहिला जति पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरु बाहिर पढ्नको लागि जान्थे, उनीहरु सबै प्राय बेलायत नै जान्थे । बेलायतको शिक्षा प्रणाली एकदमै उत्कृष्ट छ, पुरानो छ र विश्वव्यापी मान्यता प्राप्त रहेको छ। बेलायतको डिग्री भन्ने बित्तिकै लामो कुरा हुँदैन। मैले बेलायतको विश्वविद्यालयबाट अध्ययन गरेको हुँ भन्नु नै काफी हुने छ।

आजको युके एड्मिसन डे मा बेलायतका कस्ता कस्ता बिश्वबिद्यालय उपस्थित भएका छन्?
विश्वविद्यालयबाट आज ए इ सि सि ग्लोबलले आयोजना गरेको युके एड्मिसन डे मा बेलायतको युनिभर्सिटी अफ इसेक्स् को रिक्युटमेन्ट एड्भाइजर क्षितिज भाटियाले बिध्यार्थी हरू लाई आफ्नो बिश्वबिद्यालयको बारेमा जानकारी गराउनु भयो। यो बिश्वबिद्यालय रिसर्च एक्सिलेन्स फेर्म वर्क 2014 अनुसार उत्कृष्ट बिस बिश्वबिद्यालय भित्र पर्दछ ।

अर्को बिश्वबिद्यालय कुइन्स युनिभर्सिटी अफ बेल्फास्टका
रिजनल मेनेजर आशीष भाट्स्ले बिध्यार्थी हरू लाई युनिभर्सिटीको बारेमा, युनिभर्सिटीले सञ्चालन गरेको ब्याबहारिक र बैज्ञानीक शिक्षण पद्दतीका बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी बेलायत, रुवाई र मलेसिया तिन ठाउँमा बिश्वबिद्यालय भयको हेरिओट वाट युनिभर्सिटीको कन्ट्रि डाइरेक्टर शबरिनाथ बिजय कुमारले दुईसय बर्ष पुरानो बिश्वबिद्यालय जसले अध्ययन पछि रोजगारी को सुनिश्चितता गराइरहेको जानकारी दिनुभयो । र म आफैले बिश्वबिद्यालयको प्रतिनिधि बिराज भुषण झाको अनुपस्थितिमा युनिभर्सिटी अफ विल्भर ह्याम्टनका बारेमा जानकारी गराइ रहेको छु।

बेलायतमा अबस्थित उत्कृष्ट बिश्वबिद्यालयहरुको बिषयमा युके एड्मिसन डेमा उपस्थित हुन नसकेका बिध्यार्थी र अभिभावक हरूले ए इ सि सि ग्लोबल र युनिभर्सिटी का स्थानीय प्रतिनिधि हरू बाट कसरी सेवा पाउन सक्छन् ?

ए इ सि सि ग्लोबलले निरन्तर रुपमा बेलायती बिश्वबिद्यालयहरू संग प्रतक्ष्य सम्पर्क स्थापना गरि अपडेटेड इन्फर्मेसन बिध्यार्थी हरू लाई प्रदान गरिरहेको छ । आजैको युके एड्मिसन डे मा पनि युके को धेरै वटा बिश्वबिद्यालय लाई प्रतिनिधित्व गर्ने स्टडी गृपका पाट्नर सेल्स मेनेजर राजु पौडेल हुनुहुन्छ जसले युके को उन्नाइसवटा युनिभर्सिटीको बारेमा जानकारी गराइरहनु भयको छ, त्यस्तै नभितासका नेपाल र भुटान स्टुडेन्ट रिक्युटमेन्ट मेनेजर अनुप श्रेष्ठले एन्जिला रस्कीन युनिभर्सिटी, बर्मिङगम सिटि युनिभर्सिटी, बुर्नेल युनिभर्सिटी लन्डन लगायतका नौ वटा युनिभर्सिटी हरू को बारेमा जानकारी गराउनु भयो। र राजु जी र अनुप जी नेपालमै रहेर सेवा प्रदान गरिरहनु भएको हुदा समय समयमा ए इ सि सि ग्लोबलमा आइरहने हुँदा युके एड्मिसन डेमा आउँन नसक्नु भयको बिध्यार्थी र अभिभावक अघि पछि जुनसुकै समयमा ए इ सि सि ग्लोबलमा आएर परामर्श लिन सकिन्छ ।

बेलायतमा एक नेपाली विद्यार्थीलाई पढ्न र बस्न खर्च कति लाग्छ ?

ट्युसन शुल्क अन्य देश जस्तै अष्ट्रेलियाको दाँजोमा बेलायतको सस्तो रहेको छ। बेलायतमा पढिसकेपछि विद्यार्थीहरुलाई २ वर्षको कार्य अनुमति भिसा दिने नियम बनाउने तयारीमा छ जुन निकै राम्रो पक्ष हो। विद्यार्थी भिसा भनेको टियर ४ भिसा हो जसलाई टियर २ भिसा अर्थात ‘वोर्क परमिट भिसा’ मा परिवर्तन गर्ने केही मापदण्डहरु छन् र त्यो पुरा गर्नै पर्छ तर त्यसको प्रावधान पनि छ।

विद्यार्थीको पढाई खर्च उसले रोजेको विश्वविद्यालय अनुसार फरक पर्दछ। सामान्यत बेलायतमा नेपाली विद्यार्थीलाई स्नातक तह वा त्यसभन्दा माथिको कोर्ष गर्नको लागि वार्षिक खर्च ८ हजार देखि १२ हजार पाउन्डसम्म लाग्छ । यस्तै, औसतमा एउटा नेपाली विद्यार्थीको पढाई खर्च वार्षिक १२ हजार पाउन्ड अर्थात नेपाली करिब १७ लाखको हाराहारीमा खर्च हुन्छ।

पढिरहेको समयमा विद्यार्थीहरुलाई बेलायतमा काम गर्ने प्रावधान छ कि छैन ?

पढिरहेको समयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई काम गर्ने प्रावधान रहेको छ । उनीहरुले पढाईको समयमा हप्तामा २० घण्टा काम गर्न पाउने छन्। यस्तै कलेजहरु बिदाको समयमा हप्ताको ३६ घण्टासम्म काम गर्ने प्रावधान रहेको छ । विद्यार्थीहरुको पे-स्केल न्यूनतम ८ पाउन्ड देखि १२ पाउण्ड रहेको देखिन्छ।

बेलायतमा विद्यार्थीले कति अवधिको भिसा पाउँछन् ?

यो विद्यार्थीले रोजेको कोर्समा भरपर्छ । बेलायत सरकारले २०२१ मा दीक्षित हुने विद्यार्थीहरुलाई थप २ वर्षको वोर्क पर्मिट भिसा दिने भनेर भन्दै आए पनि यस कुराको पूर्ण निर्णय भने हुनसकेको छैन

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको