ईरानलाई अमेरिका विरुद्ध लड्न यि ३ देशले साथ दिनसक्दछन


ईराकमा भएको एउटा शक्तिशाली एयर स्ट्राइकमा ईरानका सर्वाधिक शक्तिशाली सैन्य कमाण्डर कसिम सोलेमानीको हत्या भएको हो, यस हत्या अमेरिकी राष्ट्रपति ट्रम्पले ईरानका सैन्य कमाण्डर सोलेमानीको हत्या गर्ने भनी चेतावनी दिएको केहि दिनभित्रै भएको हो ।
ईरानीयन रिभूलेस्नरी गार्ड क्र्पसका सर्वोच्च नेता सोलेमानी को दाहसंस्कारमा राजधानी तेहरानमा लाखौंको संख्यामा ईरानीहरु भेला भएका छन् । अब अमेरिका र ईरान बिच युद्धको घन्टी बजिसकेको छ भनें ईरानी जनता पनि अब बरु मर्न परे मर्ने तर घुँडा नटेक्ने अडानमा छन् ।

मुसलमान देशहरुमा ईरान अति दुर्लभ प्रकृतिको मानिन्छ किनभनें ईरानमा ९५ प्रतिशत शिया छन् भनें अरु बाँकी ५ प्रतिशत मात्र शुन्नी छन् । अन्य देशमा शियाको संख्या शुन्नीको संख्या सर्वाधिक हुन्छ, यसकारण पनि मध्यपूर्वका अन्य देशहरुले ईरानलाई मुसलमान भातृत्वको साथ दिन नसकेका स्पष्ट हुन्छ ।

ईरानमा शिया जुरिस्ट अर्थात शिया न्यायप्रणाली छ जुन अन्य मुसलमान देशको तुलनामा निकै फरक हो । त्यसमाथि यूरेनियमको खानी रहेकोमा ईरान झनै बिवादमा छ, परमाणु बिकासका लागि अपरिहार्य मानिएको यूरेनियम ईरानमा रहेको पाइएपछि पश्चिमा देशहरुले ईरानलाई बिवादमा तान्दै आएको बताइन्छ । हेरौं अब ईरानले इतिहासमा आफ्नो सार्वभौमिकतालाई कसरी रक्षा गर्दछ ?
ईरानलाई मध्यपूर्वका धेरै देशहरुले नसघाउने पक्का छ, यद्धपि यि ३ वटा देशहरु ईरानको निकै नजिकका देशहरु मानिन्छन् ।

लेवनान

पश्चिमा देशहरुको आक्रमण र सास्तीबाट आक्रान्त एउटा देश लेवनान ईरानको बैदेशिक निति र साथमा निकै निकट मानिएको छ । ईरानले हरेक वर्ष लेवनानलाई १०० मिलियन अमेरिकी डलर अनुदान सहयोग गर्दछ जुन लेवनानको सैन्य खर्चहरुमा प्रयोग हुन्छ । लेवनानमा हजबुल्लाह समुहको सरकार छ जुन ईरानसंग निकट मानिन्छ । पश्चिमा देशहरुले हजशुल्लाहलाई आतंक्वादी सूचीमा राखेका छन् ।

रुस
ईरानको आयातोल्लाह शाषन मार्गका धेरै धारहरु रुसी कम्यूनिज्मबाट प्रभावित मानिन्छ, सन् १९७९ को ईरानको जनआन्दोदनपछि पनि रुसको प्रभाव ईरानमा निकै थियो । सोभियत यूनीयनको बिनाश नहुन्जेल ईरानको रुससंगको समबन्ध राम्रो थिएन तर क्रमश सन् १९९० पछि ईरान र रुस हतियारको खरिद लगायत अन्य सैन्य सहयोगहरुमा साझेदारी र कारोवार गर्न थाले । सन् २०१५ को रुस र अमेरिका समबन्धको बिवादमा ईरान स्पष्टसंग मध्यपूर्वको एकमात्र रुस सर्मथित देशका रुपमा उभिएको थियो । हेरौं यो पटक भनें रुसले ईरानलाई कसरी साथ दिन्छ ? रुस अहिले ब्यापारको हिसाबले अमेरिकासंग निकै निकट पनि भएको छ, ईरानलाई साथ दिँदा ब्यापार घटाउने या अरु कुन रणनीति रुसले अपनाउने हो हेर्न बाँकी छ ।

भेनेजुएला
सन् २०१३ मा भेनेजुएलाका राष्ट्रपति हुगो चावेजको मृत्यु पछि ईरान संग भेनेजुएलाको समबन्ध सुध्रिन थाल्यो । यि दुबै देशहरुले अमेरिकालाई सामन्ती देशका रुपमा हेर्दछन् र यिनको बैदेशिक निति पश्चिमा मैत्री पटक्कै छैन, सन् २००७ मा त चावेज र अहमान्दिनेजाज मिलेर अमेरिकी सामन्तवादको विरुद्धमा लड्न ईरान र भेनेजुएलाको साझा निति नै बनाएका थिए । यस निति अनुसार दुबै देशले साझा रुपमा २ बिलियन अमेरिकी डलर पनि अमेरिका बिरुद्ध लड्न बिनियोजन गरेका थिए ।

ईरानले अमेरिकी सामन्तीवाद बिरुद्ध लड्न रातो झण्डा उचालीसकेको छ भनें आफूले न्यूक्लीयर डिलबाट हात झिकेको अनि अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकाको मुल्य पनि तोकेको छ । ईरान अरु मध्यपूर्वका देश झैं कमजोर पटक्कै छैन, विश्वयुद्धको संघारमा विश्व अडेको त हैन ?

अब हेरौं अमेरिकी हस्तक्षेपले ईरानमा कस्तो रगं ल्याउनेछ ? ईरान सिन्धु घाँटी सभ्यताको सबैभन्दा निकट मध्यपूर्वको देश हो, पहिले र्पिया भनिने ईरान कला, साहित्य र भाषाको सर्वोच्च बिन्दुका रुपमा मानिन्छ । ईरानी गीत देखि चलचित्रहरुले सम्म विश्व बजारमा अलग्गै पहिचान बनाएका छन् । के विश्वले अझै यूद्ध थेग्न सक्छ ? अमेरिकी हस्तक्षेपी नितिले के दुबै देशका जनताहरुलाई फाइदा गर्नेछ त ? भविष्यले बताउनेछ ।

यो पनि पढ्नुहोस्

ईरानले जमिनमुनी गुप्तरुपमा न्यूक्लीयर हतियार बनाँउदैछ : संयुक्तराष्ट्र संघ
के ईरानले युद्ध चाहन्छ ?
अमेरिका र ईरानको युद्ध हुन्छ त ?
ईरानमा मदिरामाथिको प्रतिबन्ध घातक

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...