अमेरिकाले ईरान पठाउन लागेका फाइटर जहाजहरु कस्ता छन् ?


अमेरिकाले बेलायती उपनीवेश टापु डिएगो ग्रासियालाई ईरानसंगको युद्धमा हवाई स्ट्राइपका रुपमा प्रयोग गर्ने निर्णय गरिसकेको छ । यस निर्णयले अमेरिकालाई ईरान बिरुद्ध लड्न बेलायतको पनि साथ रहेको स्पष्ट भएको छ । अमेरिकाले ६ वटा बि ५२ स्टाट्रोफोरटेस बम्बरहरु त्यहाँ पठाइसकेको छ ।

यो टापु इण्डियन ओसन अर्थात हिन्द महासागरमा पर्दछ । यस अघि नै पेन्टागनले लामो दुरिका मिसाइल भएका जहाज र अन्य केहि फाइटर जहाजहरु त्यसक्षेत्रमा पठाइसकेको छ ।

यस्ता बि ५२ जहाजहरु सन् २०१९ मा नै ईरानसंगको समबन्ध बिग्रदै गएपछि अमेरिकाले कतारमा राखेको थियो, कतारमा राष्ट्रिय सुरक्षा नै अमेरिकी सैनिकले हेर्ने गरेको छ । बि ५२ स्टाट्रोफोरटेस बम्बरहरु लामो दुरिका बम्बरहरु हुन्, यस्लाई अमेरिकी बिमान निर्माता बोईगंले बनाएको हो, सन् १९५० बाटै यी श्रेणीका बिमानहरु अमेरिकाले युद्धमा प्रयोग गर्दै आएको छ र त्यपछि यि बिमानहरुमा कैयौं परिमार्जन गरिएको छ । यी बम्बरले ३२ हजार किलोसम्म बिष्फोटक पदार्थ र हतियार बोक्न सक्दछन् र ईन्धन भरिएपछि निरन्तर १४ हजार ८० किमि उड्न सक्दछन् । इतिहास मा हेर्दा बोइगंले शितयुद्ध ताका अमेरिकाबाट सोझै सोभियत यूनियनसम्म परमाणु हतियार बोकेर लान सक्ने जहाजका रुपमा यि जहाजलाई बनाएको पाइयो । स्वेप्ट पखेटा भएका यि सुपरसोनिक जहाजमा ८ वटा टर्वोजेट इन्जिन र ६ वटा टर्वोप्रोप इन्जिन हुन्छन् । अमेरिकासंग यस्ता ५८ वटा सुपरसोनिक बम्बरहरु छन्, अमेरिकी सुरक्षा नियोगले सन् २०५० सम्म यि जहाजहरु प्रयोग गर्न सक्ने गरि बनाइएको बताएको पाइन्छ ।

अमेरिकी सेनाहरुले यस जहाजलाई बिग अग्ली फ्याट भनी संवोधन गर्दछन् भनें बिभिन्न युद्धहरुमा अमेरिकी सेनालाई रणनैतिक अग्रता दिन यि जहाजहरुको योगदान उल्लेखनीय छ । यस जहाज लगभग ५५ हजार मिटरमा ९६० किमी प्रतिघण्टाका दरले उड्न सक्ने छन् । यस बिमानमा केवल ५ जना चालक दल रहन्छन् ।

 

 

यो पनि पढ्नुहोस्

ईरानले जमिनमुनी गुप्तरुपमा न्यूक्लीयर हतियार बनाँउदैछ : संयुक्तराष्ट्र संघ
के ईरानले युद्ध चाहन्छ ?
अमेरिका र ईरानको युद्ध हुन्छ त ?
ईरानमा मदिरामाथिको प्रतिबन्ध घातक

ईरानी रेडियोको त्यो समाचार

अमेरिका ईरान युद्ध भएमा बिटकोइनलाई अरबौं फाइदा हुने

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...