
ईराकमा भएका अमेरिकी सेनामाथि ईरानले रकेट प्रहार गर्यो
२३ पुष २०७६, बुधबार १०:३५
पेन्टागनका अनुसार ईराकमा रहेका अमेरिकी सेनाको २ वटा वेसमा ईरानी तर्फबाट रकेट प्रहार भएको छ । ईराकको इब्रिल र अनवर भन्ने दुईवटा ठाँउका अमेरिकी वेसमा यी रकेटहरु प्रहार भएको बताइन्छ ।
ईरानसंगको अमेरिकी तनाव पछि अहिले तेलको मूल्य, स्टकको मुल्य र सूनको मुल्य उकालो लाग्न थालेको छ । युद्धको असर राम्ररी बुझेका पश्चिमा लगानीकर्ता अनि कम्पनीहरुलाई अब अरबौं खरबौं फाइदा हुने पक्का छ भनें आगामी दिनमा ईरानी लगानीकर्ताहरुले बिटकोइनमा लगानी गर्ने र आफ्नो सम्पतीलाई भर्चुअल्ली बजारमा सुरक्षित राख्ने पनि अनुमान गरिएको छ । यसो भएमा ओरालो लागेको क्रिप्टोकरेन्सी बजार फेरि उकालो लाग्ने पक्का छ ।
यता फिलीपीन्सले पनि आफ्ना नागरीकहरुलाई ईरानी भूमि छाड्न उर्दि जारी गरेको छ भनें ईरानले पटक पटक अमेरिकी सामन्तवादको विरोधमा अब ईरानमात्र हैन सम्पूर्ण मध्यपूर्व क्षेत्र नै अमेरिका संगको युद्धमा होमिने चेतावनी दिदै आएको छ ।बुधवार बिहान अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ईरान बिषयमा आधिकारिक बक्तव्य दिने कार्यक्रम छ यद्धपि ट्रम्पले एक दिन अघि नै सबै कुरा ठिक छ भनी ट्वीट गरेका थिए । अमेरिकी सेना हिन्द महासागर आसपासका बेलायती उपनीवेष टापुहरुमा हाइ अर्लट पोजिशनमा बसेका छन् ।
आफ्ना बि ५२ बम्बर लगायत सम्पूर्ण अस्त्रशस्त्र सहित अमेरिका ईरानलाई आक्रमण गर्न तयार छ, कतै यो रकेट प्रहरको घटना पनि ईरानलाई नराम्रो देखाउने या हमलाको कारण खोज्ने बहाना मात्र त हैन भन्ने अमेरिकाप्रतिको शंका धेरैले उब्जाएका छन् ।
यो पनि पढ्नुहोस्
ईरानले जमिनमुनी गुप्तरुपमा न्यूक्लीयर हतियार बनाँउदैछ : संयुक्तराष्ट्र संघ
के ईरानले युद्ध चाहन्छ ?
अमेरिका र ईरानको युद्ध हुन्छ त ?
ईरानमा मदिरामाथिको प्रतिबन्ध घातक
ईरानी रेडियोको त्यो समाचार
अमेरिका ईरान युद्ध भएमा बिटकोइनलाई अरबौं फाइदा हुने
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत
काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र
काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा