
निर्भयाका बलात्कारीहरुलाई फाँसी दिने निर्णय
२३ पुष २०७६, बुधबार १६:३९
सन् २०१२ मा एकजना बिश्वविधालयमा अध्यनरत छात्रा निर्भयाको निर्ममतापूर्वक बलात्कार अनि हत्या गरेका ४ जना अभियूक्तहरुलाई जनवरी २२ सन् २०२० मा फाँसी दिन भारतीय अदालतले मिति तय गरेको हो ।
जनवरी २२ को बिहान ७ बजे ४ जना बलात्कारीलाई फाँसी दिइनेछ । तिहार जेलमा यि अभियूक्तहरुलाई राखिएको छ भनें केहि दिन अगाडि मात्र फाँसीको डोरी र भार जाँचनलाई ४ जना कै शरीरको भार बरावरको मान प्रतिमूर्ति राखि फाँसीको संयन्त्र जाँच पनि गरिसकिएको छ । यस बलात्कार केसमा ६ जनालाई पक्राउ गरिएको भएतापनि एकजनालाई चाँही कम उमेरका भएकाले सुधारगृह पठाइएको हो भनें एक्जनाले कारावासमा नै आत्महत्या गरेका थिए ।
Finally, Justice Delivered
My daughter has got justice. Execution of the 4 convicts will empower the women of the country. This decision will strengthen the trust of people in the judicial system.#NirbhayaVerdict #NirbhayaCase#निर्भयाpic.twitter.com/PXdp8QqXcR
— [email protected] [email protected]? (@sbajpai2811) January 7, 2020
अझै पनि यि कैदीहरुले या त सर्वोच्च अदालतमा या त राष्ट्रपतिसमक्ष माफीका लागि अपील गर्न सक्ने छन तर हेरौं अब जनवरी २२ अगावै यिनीहरुको वकिलले के के गर्नेछन् ?
भारतीय न्यायलय अहिले छोरीहरुको न्यायप्रतिको आस्थालाई अडिग राख्न लागिपरेको भन्ने खाले कुराहरु यस विषयलाई लिएर सामाजिक सञ्जालमा निकै पोष्ट भइरहेका छन् । स्मरणीय रहोस्; भारतीय कानून र मानवीयताको आधारमा यस प्रकारको घटनामा पीडितको पहिचानलाई सार्वजनिक गरिदैन । उनको नाम भारतीय मेडिया तथा समाजले निर्भया राखिदिएको हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय
भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको
विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित
भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास