
अन्तत ट्रम्पको ईरान यूद्ध रोक्ने आशय
ईरान अमेरिकी यूद्धलाई विश्वयूद्धको शुरुवातसंग तुलना गर्दै विश्व त्रसित थियो यद्धपी भर्खरै ह्वाइट हाउसमा भएको ट्रम्पको टिभी बिज्ञप्तीमा यिनले ईरानलाई यूद्ध आक्रमण नगर्ने र आगामी दिनमा बरु थप नाकाबन्धी लगाउने र आर्थिक रुपमा नाकाबन्धी लगाएर ईरानलाई सजाय दिने बताएका छन् । ट्रम्पले आफ्नो केहि मिनट लामो स्पीचमा विश्वलाई सैयौं वर्ष सम्म हुने शान्तिको उदघोष गरिदिए ।
घुँडा टेकेको ईरान विश्व शान्तिका लागि सकारात्मक भएको र ईरानलाई आगामी दिनमा शान्तिका लागि प्रयत्नरत हुन पनि ट्रम्पको सन्देश रह्यो । ईरानलाई थप सैन्य कारवाही नगर्ने बोल्ड निर्णय लिएपछि ट्रम्पको चर्चा विश्वभर फेरि चुलिएको छ ।
यद्धपी अझै उनी ईरानलाई परमाणु हतियार बिकास नगर्न नगराउन चाँही चेतावनी दिदै छन् ।
Breaking News: President Trump said “Iran appears to be standing down” in his address on Wednesday. He proposed new sanctions, but said the U.S. was “ready to embrace peace.” https://t.co/2A23QdXlDP
— The New York Times (@nytimes) January 8, 2020
डोनाल्ड ट्रम्पलाई जति बिवादमा तानिएपनि यिनले अचम्मसंग विश्व शान्तिका लागि राम्रा राम्रा कदमहरु गरेका छन् चाहे त्यो उत्तर कोरियाको समबन्ध सुधार्ने होस् या अहिले आएर ईरानको यूद्धलाई रोक्ने कुरा होस् । ट्रम्प आफ्ना कदम भन्दा पनि ट्वीट अनि बेफिक्रि बोलीका लागि आलोचित हुन्छन् यद्धपी यिनले विश्वलाई धेरै ठूला ठूला यूद्ध हुनवाट अन्तत बचाएकै छन् । यिनी ब्यापारी हुन् तसर्थ यिनको निर्णयको मुख्यविन्दु ब्यापार अनि राइटिस्ट भएकाले देशको अर्थात अमेरिका र अमेरिकीको भलाई बाट पनि प्रेरित हुन्छ ।
न्यूक्लीयर हतियारको बिकासवाट भयत्रित अमेरिकाले अरु देशसंग को हतियार नहोस भनी निकै रखवारी गर्दछ यद्धपी ट्रम्पले आफ्नै कार्यकालमा साउदी अरबलाई परमाणु हतियार बिकासमा सहयोग गर्ने निर्णय लिए । मुसलमान बिरोधी मानिएका ट्रम्पले साउदी अरबलाई एउटा मुसलमान देश भएपनि परमाणु हतियार बनाउन सहयोग गरेका छन्, यो कदमलाई विश्व मिडियाले उति चासो दिएको पाइएन ।
बाणिज्यलाई राम्रो पार्न ओवामाको पालामा उधोगहरुलाई लगाइएको वातावरणीय प्रभाव समबन्धी रोक ट्रम्पले खालिदिए, उनी उत्पादनमा उल्लेखनिय केन्द्रित हुन चाहे ।
उनी उत्पादनमा कमी नल्याइकन वातावरणलाई सुधार गर्न सकिन्छ भन्ने खोजमा केन्द्रित छन् जुन दिर्घकालिन समाधान पनि हो ।
उनकै सरकारले ५० विलियन डलर खर्चेर इज्रेल प्यालीस्टाइन समबन्ध सुधारका लागि कदम चालेको छ भनें मध्यपूर्वको देशहरुको समीट अमेरिकाले नै बहराइनमा आयोजना गरिदिएको थियो । यस समीट मध्यपूर्वी देशहरुको द्भिाव कायम गर्नमा केन्द्रित थियो ।
ट्रम्पको यो बोल्ड निर्णयले विश्व शान्तिमा ठूलै योगदान गरेको छ ।
सुयोग ढकाल
लाइभमाण्डु