
ईरान प्रक्ररणपछि महाथिरको वक्तव्यः सम्पूर्ण मुस्लिम देशहरु एक हुन पर्दछ
२४ पुष २०७६, बिहीबार १३:५२
मंगलबारको दिन मलेसियाका प्रधनमन्त्री जो विश्वकै सर्वाधिक पाका प्रधानमन्त्री र सफल राष्ट्रिय रुपान्तरणका नेता पनि हुन उनै मोहम्मद महाथिरले बाहिरी त्रासका बिरुद्ध लड्न र चुनौतिको सामना गर्न विश्वभरिका मुस्लिम देश एक हुनपर्ने बताएका छन् ।
उनका अनुसार सोलेमानीको हत्या प्रकरणमा अमेरिकाले प्रयोग गरेको एयर स्ट्राइक र ड्रोन हमला अन्तराष्ट्रिय कानुनका बिरुद्ध छ । ९४ वर्षका महाथिरले ईरान प्रकरणले अब मध्यपूर्वमा सिमा बिवाद निम्त्याउन सक्ने र थप अस्थिरता आउन सक्ने बताएका छन् । उन्का अनुसार अब कोही पनि सुरक्षीत छैन किनभने एउटा देशले आफ्नो सिमा भन्दा पर अर्को देशमा ड्रोन पठाएर मन नपरेका मान्छे मार्ने नियम न्यायोचित छैन ।
Muslim countries should unite to protect themselves against external threats: Mahathir Mohamad#TheNews https://t.co/lLcn4Bc89V
— The News (@thenews_intl) January 7, 2020
५० जना बुर्का लगाएका मान्छेहरुले केहि दिन अघि मात्र मलेसियामा रहेको ईरानीयन दुतावास अगाडि अमेरिका बिरुद्धमा नारा लगाएर प्रदर्शन गरेका थिए । एक अध्ययनका अनुसार करिब १० हजार ईरानीहरु मलेसियामा बस्दछन् ।
गत महिना ईरानका राष्ट्रपति हन रुहानीलाई आमन्त्रण गर्दै मलेसियाले मुसलमान देशहरुको एक्यवद्धताका लागि एउटा कार्यशाला आयोजना गरेको थियो ।
महाथिरले आजभोली भारतमा मुसलमानको समर्थन देखि लिएर साउदी अरबको पनि खुलेरै बिरोध गर्न थालेका छन् र यसअर्थमा मलेसियाको दिल्ली र रियाद समबन्ध चिसो हुँदै गएको पनि बताइन्छ । म सत्य बोल्न जान्दछु महाथिरले हरेक वक्तव्यमा यस वाक्याशंको प्रयोग गर्दछन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा