ट्रम्प र नेतेयाहु बिचको समानता


विश्वमा पछिल्लो दशक र अब आउने दशकमा पनि अमेरिकी राष्ट्रपति ट्रम्प र इज्रेली प्रधानमन्त्री बेन्जेमीन नेतेनयाहुको चर्चा, समर्थन र बिरोध चलिनै रहनेछ । यिनीहरुको निर्णयले उनीहरुको कार्यकाल भन्दा धेरै पर परको समय सम्म, संभवत यस शताव्दी भरि नै प्रभाव
पार्ने विश्व बिभाजन, सामन्तवाद र खरो दृष्टिकोण दिइ नै रहनेछन् ।

राइटीस्ट मानिएका दुबै नेताहरुको एउटा कडा समानता चाँही के हो भनें दुबैजना आफ्ना देश र जनताको सुरक्षा अनि स्वतन्त्रताका साथ विश्व मानचित्रमा आफ्नो देशको नेतृत्वशाली भूमिका र राज तयर गर्न लागिपरेका छन् । दुबै देशमा यि दुई लाई भगवानकै अवतार मान्ने पनि गरिएको छ र त्यसको कारण हो उनीहरुको आआफ्नो राष्ट्रको वल्र्ड सुप्रिमेसीमा योगदान ।

विश्वका मुख्य शक्तिशाली मध्यका टप २ जनामा पर्ने यिनीहरुलाई पुपुलिष्ट र राइटिस्ट नेता मानिन्छ, यिनीहरु बेझिझक आफ्ना धारणा र निर्णयलाई सुनाउन अनि कार्य गर्न पछि परेका छैनन र उनीहरुको जति तिब्र आलोजना अहिलेसम्मका बिरलै राजनेताहरुको भएको छ । यद्धपि आलोचनाका बाबजुद पनि जनताहरुले यिनीहरुलाई बिश्वास गरेरै सदन सम्म लगेका हुन् । अल्ट्रा नेशनलीस्ट सेक्यूरिटेरियन एजेण्डा भएका नेतेनयाहुको पथ ट्रम्पले आफ्नो ह्वाइट हाउस प्रवेश भएको पहिलो दिनबाटै अवलम्बन गरे । यिनीहरुको बैदेशिक नीति
पनि एकै खाले छ भनें अहिले आएर इज्रेल र अमेरिकाको साथ र मर्थन गर्ने देशहरु पनि विश्वमा उस्तै उस्तै र उहि छन् ।

बुश शाषनले एउटा धारमा बैदेशिक निति र अमेरिकी बाणिज्यमा प्रभाव पारेको हो, त्यसपछिका ओवामाले अलिक स्वतन्त्र अनि मैत्रीपूर्ण नितिहरु ल्याएर इज्रेली प्रभावबाट अमेरिकी सुरक्षा, कुटनीति र मानव अधिकार र आप्रवासनको अवधारणलाई आत्मसाथ गर्न चाहे यद्धपि ट्रम्पको आगमन संगै अमेरिका पूनः पहिलेको धारमा फर्केको छ भन्ने धेरैको तर्क छ । ट्रम्पको इज्रेली राजधानी तेलअबिबबाट जेरुसलेम सार्ने प्रयास बेमज्जाले निरर्थक भयो यद्धपि ट्रम्पले आफ्नो नेतृत्वलाई इज्रेल परस्त नै बनाएका छन् भन्ने अलजजिराका मार्वन बिशारा लेख्दछन् । मध्यपूर्वमा त अमेरिकाले अहिले इज्रेलको स्वार्थमा नै आफ्नो रणनिति तय गरिरहेको बताइन्छ ।

गज्जबको तथ्य के छ भनें नेतेनयाहु र ट्रम्प दुबै आफ्नो जिवनमा ३ पटक बिवाह गरेका नेताहरु हुन् । दुबै जनालाई देश भित्र र बाहिर पनि पद दुरुपयोग र शक्ति दुरुपयोगको आरोप पनि लागेको छ । पछिल्लो समयमा ईरानी जनरल सोलेमानीको धम्कीपूर्ण आवेगका साथ हत्या गरिएपछि ट्रम्पलाई त रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसंग पनि तुलना गरिन थालिएको पाइन्छ । सन् २०१५को मार्च मा त गोलान हाइटमा इज्रेलको अधिपत्यको घोषणापत्र सार्वजनिक गर्दा पनि ट्रम्प पनि इज्रेली समर्थनमा नेतेनयाहु कै साथमा थिए ।

यद्धपि उत्तर कोरियासंगको समबन्धमा नाटकिय सुधार ल्याउन र उत्तर कोरियाली नेतालाई घेट्न गएर समबन्ध सुधार गर्नमा ट्रम्पको
प्रशंसा पनि गरिएको छ । उता मुसलमान बिरोधी निर्णयहरु, आप्रवासीहरुको बिपक्षमा कानुनहरु, मेक्सिको बोर्डरका वक्तव्यका लागि ट्रम्पप्रति बिश्वभरिका मुसलमान समुदाय र मेक्सिकन अनि अन्य आप्रवासीहरुको चित्त दुखाई पनि छ ।

इतिहासमा नै सबैभन्दा न्यानो अमेरिकी इज्रेली समबन्ध ट्रम्पको पालामा भएको छ, उन्को भावनात्मक अनि सहकार्यतात्मक समबन्ध सदैव इज्रेली प्रति कायम रहेको पाइन्छ । लस एन्जल्स टाइम्सका अनुसार संयुक्तराष्ट्र संघको महासभामा ट्रम्प ईरानी राष्ट्रपति रुहानीसंग आँफै कुरा गर्न नजिकिएका पनि थिए तर इज्रेली दबाबका कारण र नेतेनयाहुको चिसो प्रतिक्रियाका कारण रुहानी र ट्रम्प बिचको कुराकानी ठोस निष्कर्षमा पुग्नै पाएन ।

इभेन्जेलीकल क्रिस्चियनहरुको भोट पाउनका लागि ट्रम्पले इज्रेलको समर्थन गरेको हुनसक्ने लस एन्जल्स टाइम्सले लेख्दछ, उता नेतेनयाहुका लागि पनि अमेरिकी राष्ट्रपतिको यो साथ र आज्ञाकारिता एउटा कडा मुद्धा र सकारात्मक पाटो भएको छ ।
बेलाबखतमा ट्रम्पले अमेरिकी सेनालाई अफगानीस्तान लगायत अन्य देश अनि मध्यपूर्वबाट हटाउने निर्णय गरेपनि इज्रेली पक्षको अनुरोधका कारणले यसो गर्न नसकेका त हैनन भन्ने प्रश्न पनि छ । नेतेनयाहुको इज्रेली सदनमा यात्रा अब उति सहज छैन, चुनावी नतिजाले यिनको खस्कँदै गरेको समर्थन स्पष्ट गरेको छ भनें अबको चुनावमा ट्रम्पले चाँही कसरी इज्रेलसंगको समबन्धलाई क्याश गर्ने हुन हेर्न बाँकी छ ।

यो पनि पढ्नुहोस्

ईराकमा भएका अमेरिकी सेनामाथि ईरानले रकेट प्रहार गर्यो

अन्तत ट्रम्पको ईरान यूद्ध रोक्ने आशय

ईरानले जमिनमुनी गुप्तरुपमा न्यूक्लीयर हतियार बनाँउदैछ : संयुक्तराष्ट्र संघ
के ईरानले युद्ध चाहन्छ ?
अमेरिका र ईरानको युद्ध हुन्छ त ?
ईरानमा मदिरामाथिको प्रतिबन्ध घातक
ईरानी रेडियोको त्यो समाचार
अमेरिका ईरान युद्ध भएमा बिटकोइनलाई अरबौं फाइदा हुने

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...