Lifestyle Portal
  •   २४ श्रावण २०७९, मंगलवार

ईरान प्रक्ररणपछि मलेसियाका प्रधानमन्त्रीको वक्तव्यः सम्पूर्ण मुसलमान देशहरु एक हुन पर्दछ

२५ पुष २०७६, शुक्रबार ०६:१५

मगंलबारको दिन मलेसियाका प्रधनमन्त्री जो विश्वकै सर्वाधिक पाका प्रधानमन्त्री र सफल राष्ट्रिय रुपान्तरणका नेता पनि हुन उनै मोहम्मद महाथिरले बाहिरी त्रासका बिरुद्ध लड्न र चुनौतिको सामना गर्न विश्वभरिका मुसलमान देश एक हुनपर्ने भनी बताएका छन् ।
उन्का अनुसार सोलेमानीको हत्या प्रकरणमा अमेरिकाले प्रयोग गरेको एयर स्ट्राइक र ड्रोन हमला अन्तराष्ट्रिय कानुनका बिरुद्ध छ । ९४ वर्षका महाथिरले ईरान प्रकरणले अब मध्यपूर्वमा सिमा बिवाद निम्त्याउन सक्ने र थप अस्थिरता आउन सक्ने बताएका छन् । उन्का अनुसार अब कोही पनि सुरक्षीत छैन किनभने एउटा देशले आफ्नो सिमा भन्दा पर अर्को देशमा ड्रोन पठाएर मन नपरेका मान्छे मार्ने नियम न्यायोचित छैन ।

५० जना बुर्का लगाएका मान्छेहरुले केहि दिन अघि मात्र मलेसियामा रहेको ईरानीयन दुतावास अगाडि अमेरिका बिरुद्धमा नारा लगाएर प्रदर्शन गरेका थिए । एक अध्ययनका अनुसार करिब १० हजार ईरानीहरु मलेसियामा बस्दछन् ।

गत महिना ईरानका राष्ट्रपति हन रुहानीलाई आमन्त्रण गर्दै मलेसियाले मुसलमान देशहरुको एक्यवद्धताका लागि एउटा कार्यशाला आयोजना गरेको थियो ।

महाथिरले आजभोली भारतमा मुसलमान को समर्थन देखि लिएर साउदी अरबको पनि खुलेरै बिरोध गर्न थालेका छन् र यसअर्थमा मलेसियाको दिल्ली र रियाद समबन्ध चिसो हुँदै गएको पनि बताइन्छ । म सत्य बोल्न जान्दछु महाथिरले हरेक वक्तव्यमा यस वाक्याशंको प्रयोग गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय

भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको

विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित

भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास