मौलिक सिचुवान खाना बनाउने काठमाण्डौका नेपाली सेफ


सान दाई भनीने यी सेफले कहिल्यै पनि चीन भ्रमण गरेका छैनन, यिनी नेपाली हुन तर यिनले मौलिक सिचुवान खाना बनाउन र स्पष्ट म्यान्डारिन बोल्न समेत जानेका छन्, अलजजीरा लेख्दछ ।

सन् २०११ मा रमेश बिश्वकर्माले काठमाण्डौमा रेष्टुरेन्ट खोले, एकदिन एकजना चीनी पर्यटक उन्को रेष्टुरेन्टमा आएर मेनुका बारेमा सोध्न थाले यद्धपि त्यस दिन उनीलाई चीनीउया परिकारको उति ज्ञान थिएन । उन्ले सुस्तरि आफ्नो रेष्टुरेन्टलाई चीनीयाँ मेनुमा ढाल्न थाले , अहिले उन्को रेष्टुरेन्ट चोगं किन वे नेपाल आउने चीनीयाँ पर्यटकका लागि जानै पर्ने ठाँउ भइसक्यो । रमेश आफूलाई सान दाई भनी चिनाउन रमाइलो मान्दछन्, स्पष्टसंग म्यान्डारिन बोल्न सक्ने रमेशको रेष्टुरेन्ट चीनीयाँ पर्यटकका लागि नेपालभित्रको एउटा सानो चीन नै सावित भएको छ ।

सिचुवान खानाका पारखीका लागि सान दाईको थलो एउटा वरदान नै हो, अलजजीरा लेख्दछ । रमेश ४ वर्षदेखि सिचुनाव खाना पकाँउदै आएका छन्, अहिले उन्को रेष्टुरेन्ट खुलेको ९ वर्ष पुरा भइसकेको छ ।

३१ वर्षका सान दाई धेरैजना चीनी पर्यटकका पनि सान दाइ भइसकेका छन्, एकफेर पनि चीन नगएका रमेश अहिले सिचुवान खाना र म्यान्डारिन भाषाका उस्ताद नै भइसकेका छन् । ज्याठा ठमेलको यस थलो लगभग सँधै खचाखच नै हुन्छ, सन् २००२ मा चीनले आफ्ना जनताका लागि पहिलो दक्षिण एसियाली देशका रुपमा नेपाल जान र घुम्न अनुमती दिन थाल्यो जस्पश्चात रमेशको जस्तो रेष्टुरेन्टहरु र सिचुनाव खाना पाइने नेपाली गन्तव्यहरु निकै चल्न थाले ।

अहिले ठमेलमा मात्र १५० भन्दा बढि चीनीयाँ नागरीकहरुले नै चलाएका रेष्टुरेन्टहरु छन् यद्धपि सान दाईको कला अनि गलाका अगाडि चीनीयाँ स्वामित्वका रेष्टुरेन्टहरुले पनि घुँडा टेकेका छन् । सन् २०१८ मा १५०,००० चीनीयाँ पर्यटक आएका नेपालमा यस वर्षमा ३५०,००० पर्यटकहरु चिनबाट आउने आशा छ ।

लाइभमाण्डु


Loading comments...