अदुभुत श्री स्वस्थानी ब्रत कथाः भाग १


श्री स्वस्थानी व्रतकथा आफ्नो महिमा अनि भावका साथ हजारौं वर्ष देखि पौष शुक्ल पूर्णिमा बाट सनातन घरघरमा गुञ्जायमान छ । तेश्रो वचनमा सुनाइएको यस कथाका श्रृखलाहरु श्रुतितत्वबाट पुस्तौं पुस्ता विश्वमा विचरण गर्दे आएको छ, एउटा पुस्ताले अर्को पुस्तालाई सुनाँउदै आएको र संझनामा अडेको यस कथाको महिमा अपरम्पार छ ।

हुन त यस व्रतकथालाई बिभिन्न कुराहरुले अनाहकमा आलोचना पनि गरिन्छ, यस कथामा भएका केहि कुराहरुलाई अश्लिल, नारीविरोधी अनि पुरुषप्रधान सम्म भनिएर बाह्य तत्वले आलोचना र वितृष्णा पैदा गर्न खोजेको छ तर सनातन सभ्यतामा हरेक बालकबालिकाका लागि यी कथाका श्रृखलाहरु जीवनको अनेकन पाटा नियाल्ने आँखिझ्याल पनि हुन् । यस व्रतकथालाई कहिले पर्यावरण त कहिले प्रजजन अनि कहिले परिवार त कहिले श्रृष्टिको परिक्रमासंग जोडिएर भनिएको अनि लेखिएको छ । कुमारजी जो भगवान शिवका पुत्र हुन् तिनले अगस्त्यमुनीलाई यस कथा सुनाएका छन्, माघमहात्मयको यस मास्टरपीसलाई सुन्न अनि त्यसको विष्लेषण र आत्मसाथ गरिन जरुरी छ । सुश्री शक्ति रेग्मी एकजना संस्कृत र जर्मन भाषाकी ज्ञाता हुन्, उन्ले अक्षरस यी कथाहरुलाई पाठ गरेकी छिन् । आउनुहोस् यस वर्ष यस अद्भूत कथाका श्रृखलाहरु श्रवण गरौं, अनामनगर काठमाण्डौको आर्टमाण्डुले यसलाई उत्पादन गरेको छ । यस व्रतकथा आफू पनि पढौं, सुनौं र अरुलाई पनि सुनाऔं ।

यो पनि पढ्नुहोस्

इतिहासकै शुद्ध र उत्कृष्ट स्वस्थानी
इतिहासकै शुद्ध र मानक स्वस्थानी

सुयोग ढकाल
लाइभमाण्डु
https://www.youtube.com/watch?time_continue=6&v=txPpalAICbs&feature=emb_logo


Loading comments...