अमेरिकाको युद्धमा लगानी : सन् २००१ पछिका डाटा


सन् २००१ पछि अमेरिकाले मध्यपूर्वका अनि एसियाली देशहरुसंगको युद्धमा लगभग ६ दशमलव ४ ट्रिलीयन अमेरिकी डलर भन्दा बढि खचिएको तथ्याकं छ । यी सबै रकमहरु अमेरिकी करदाताहरुको कर बाट झिकिएको रकम भएको मानिन्छ । ब्राउन बिश्वविधालयको वाट्सन इन्सिटिट्यूट अफ इन्टरनेशनल एण्ड पव्लिक अफेयर्सका अनुसार सन् २००१ पछि मात्र अमेरिका संलग्न यूद्धहरुमा करिब ८ लाख १ हजार मान्छेहरुले प्रत्यक्ष युद्धमा मात्र ज्यान गुमाएका छन् जस्मा करिब ३ लाख ३५ हजार मान्छेहरु त निहत्था नागरीकहरु छन् । २ ट्रिलीयन कर मात्र त सन् २०१९ मा मात्र अमेरिकी युद्धमा सकिएको छ । हुन त राष्ट्रपति ट्रम्पको अबम ध्यपूर्वमा युद्ध नगर्ने निति पनि छ तर राजनैतिक रुपमा अप्रत्यक्ष दबाबले यस निर्णय लागु हुन सकेको छैन भनें अर्कोतर्फ सियरा, लिविया, अफगानीस्तान र अब ईरानमा पनि युद्धको नयाँ विगुल बजाउने तयारी अमेरिकाको छ । आखिर युद्धले अमेरिकालाई कस्तो राजनतैतिक र आर्थिक फाइदा हुन्छ त भन्ने विषयमा चाँही धमिला तथ्यहरु मात्र पाइन्छ । निता क्राउवर्डको शोधलाई हामी यहाँ उद्धृत गर्दछौं, वाट्सन बिश्वविधालयकी निताका अनुसार सबै युद्धहरु अमेरिकी रक्षा संयन्त्रको माब निर्णयमा नभएको लेखिएको छ ।

सेप्टेम्बर ११ को मला पछि अमेरिकाले ८० भन्दा बढि देशमा यूद्धको शुरुवात गरेको हो । फीलीपीन्स र अफ्रिकाका देशहरु पनि यी सख्याँमा राखिएको पाइन्छ । सन् २०२० को राष्ट्रपतिय चुनावी दौरको शुरुवात अगावै अमेरिका झन युद्धको जाल बुन्न तर्फ लागेको हो । के अमेरिकालाई साच्चै मध्यपूर्वका देशहरुबाट सुरक्षा मुद्धा छ त ?

अमेरिका भित्रै पनि यस्ता युद्धहरुलाई नचाहिने युद्धको संज्ञा दिएर व्यापक बिरोध भएका छन् र यी युद्धहरुले राजनैतिक फाइदा दिने भनी नेतृत्वलाई र सरकारलाई समेत प्रश्न र खबरदारी गरिएको छ । सन् १९४४ मा एङ्गलो अमेरिकन ओयल संझौताका रुपमा बेलायत र अमेरिका बिचमा मध्यपूर्वका तेला खानी र तेल उत्पादनको नियन्त्रण गर्ने एउटा निर्णय भएको थियो, यस संझौताले मध्यपूर्वका देशहरुका तेलखानीलाई अमेरिका र बेलायतको बिचमा बाँढिएको थियो । तर सन् १९४८ मा मध्यपूर्वम ईज्रेल देशको स्थापना पश्चात पश्चिमा र अरबीहरुको निकटतामा निकै बद्लाव आएको इतिहास छ । के अमेरिकाले तेलको लागि या अन्य प्राकृतिक श्रोतका लागि मध्यपूर्वमा युद्ध गर्दैछ या साँच्चै अमेरिका विश्वमा अमनचैनका लागि आतंकवादको अन्त र प्रजातन्त्रको पूर्नस्थापना गर्न चाहन्छ भन्ने प्रश्नको उत्तर विश्वमा स्पष्ट छैन । हुन त आधा भन्दा धेरै विश्वको तेल क्यासपियन क्षेत्र जस्तै अजरबैजान लगायतका देशहरु यहाँ पर्दछन् । दोश्रो विश्वयुद्धमा यि क्षेत्रमा निर्मम हत्या र युद्धका श्रृखलाहरु भए जस्लाई आज पनि मानव जातीले भयका साथमा स्तालीनग्राडको युद्धका रुपमा संझना गर्दछन् । अहिले मध्यपूर्वको तुलनामा यहाँका देशहरु कम द्धन्दमा छन् । मध्यपूर्व आफ्ना प्राकृतिक सम्पदा र तेलका खानीका कारणले पनि पश्चिमा देशहरुका लागि महत्वपूर्ण नभएका चाँही हैनन ।

हतियार कम्पनी लगायत अन्य कन्ट्रयाक्टरहरुलाई युद्धमा निकै फाइदा हुने त अमेरिकन मिलिटरी कलेजका बिधार्थीहरुकै शोधपत्रमा पनि प्रकाशित गरिएको छ ।

युद्ध मानवताका लागि घातक छ अझ परमाणु हतियार भएका देशसंगको युद्धले विश्वको नै अस्तित्व खतरामा आउन बेर लाग्दैन । हुन त अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियासंग गरेको समबन्ध र मैत्रीपूर्ण मोडले उन्को उँचाई विश्वमा चुलिएको थियो तर अहिले ईरानको केसमा ट्रम्पले गरेको निर्णयलाई अमानविय र आँउदो राष्ट्रपतिय चुनावका लागि राजनैतिक फाइदा लिन तर्फ केन्द्रित भएको आरोप लागेको छ ।

यूरेनियमको खानी ईरान कम शक्तिशाली देश भनें हैन, ईरान एउटा बढ्दो अर्थतन्त्र भएको अनि शिक्षित नागरीकहरुको एउटा शालिन देश मानिन्छ । अमेरिकी दबाबले ईरानमा अमेरिका मात्र नभई सम्पूर्ण पश्चिमा देशहरु प्रति नै बितृष्णा पैदा गर्ने भय छ । आखिर युद्धको मोहले के फाइदा हुन्छ त भन्ने कुरामा विश्वले चाँसो नदेखाएको नै पाइन्छ ।

सुयोग ढकाल
लाइभ्माण्डु


Loading comments...