पृथ्वीको नेपाल अनि नेपालका पृथ्वी नारायाण


पृथ्वीको उत्पतीसँगै संसार विभिन्न कालखण्डहरुमा रुमल्लिदै आएको छ । पृथ्वीको उत्पतीदेखी आजसम्मको इतिहासको कुरो गर्दा मानव इतिहासकै कुरो अगाडि आउँछ। जब मानव सभ्यताको बिकास हुँदै गयो तब मानिसहरु एक ढिक्का हुँदै समाजमा रुपान्तरित हुँदै गए र त्यही समाजका केही ब्याक्तिहरुबाट सासित पनि हुँदै आए । यस्ता शासकहरुले शासन गर्ने क्रममा विभिन्न युद्ध अपराधका घटनाहरु इतिहाँसमा सुनिएका छन । तसर्थ आज यो लेखमार्फत पंक्तिकार यी र यस्तै विषयमा बसि नेपाल एकिकरणको धारमा रही चर्चा गर्न चाहन्छ।

समाजशास्त्र अर्थात मानव समाजको नेपालले आजको दिनसम्म आइपुग्दा विभिन्न घटना परिघटनाहरु भोकेको इतिहास छ। नेपालको मानविय संरचना र गतिविधिलाई नियाल्दा संसारकै अनुपम भुमिको रुपमा नेपाललाई नियाल्न सक्दछौं। जम्मा १४७१८१ वर्ग किमि भुभाग रहेको नेपालमा करिव ११३ भन्दा धेरै जातजाति र भाषाभाषीहरुको बसोबास रहि आएको छ। समुद्र सतह देखि ५८ मिटर होचो र बिस्वकै अग्लो ८८४८ मिटरको सगरमाथा पनि यहि भुभागमा पर्दछ । यस्तो मुलुक संसारमै नेपाल मात्र होला जो यति सानो क्षेत्रफलमा फैलिएर पनि यतिधेरै विविधता बोकेको छ। पुर्वीय सभ्यताको विकास हुँदै गर्दा भारतिय उपमहाद्विपमा अवस्थित रहेको २२ से  २४ से टुक्रामा छिन्नभिन्न रहेका राज्यहरु थिए जो पछि गएर एकीकृत भइ नेपालको रुपमा रहन पुग्यो । जस्को श्रेय शाह वंशका राजा श्री ५ वडामहाराज धिराज पृथ्वीनारायण शाहलाई जान्छ । तर नेपाल एकिकरणको इतिहासलाई विभिन्न कोणबाट कोट्याई जातिवाद घोलेर उनलाई अपराधी घोषणा गर्न ठुलै जमात तछाडमछाड गरिरहेको देखिन्छ । के पृथ्वीनारायण साँच्चैनै अपराधी हुन तरु

को हुन पृथ्वीनारायण ?

गोरखाका तत्कालीन राजा नरभुपाल शाहका ४ रानी मध्ये माहिली रानिका कोखबाट सुपुत्रको रुपमा बीस १७७९ पौष २७ मा जन्मलिन पुगे । यिनै ब्याक्ती पछि गएर बिशाल नेपाल एकिकरणका महानायक साबित हुन पुगे । बीस १७९९ सालमा नरभुपाल शाहको मृत्यु भए पश्चात् उनी गोरखाका राजा बने । पृथ्वीनारायण शाह सानैदेखि एकदमै चतुर र दुरगामी ब्याक्ती थिए । उनले नेपाल एकिकरणको प्रारम्भ बीस १८०० मा नुवाकोटमा हमला गरेर सुरुवात गरे तर यस्मा उनी सफल हुन सकेनन र पुन १८०१ मा नुवाकोट माथिनै हमला गरेर विशाल नेपालको मार्गचित्र कोर्न सफल भएका थिए । यसरी नेपाल एकीकरण गर्ने क्रममा उनले नेपालको सिमाना पुर्वमा सिक्किम पश्चिममा मर्स्यांदी नदि उत्तरमा हिमायल पर्वत र दक्षिणमा झापा सम्म पुर्याएका थिए । र उनको मृत्यु बीस १८३१ माघ १ गते नुवाकोटको देविघाटमा भएको थियो ।

अंग्रेजले दक्षिण एसियाका सबै भुभाग कब्जा गरिसकेको अवस्थामा नेपाल मात्रै यस्तो मुलुक रह्यो जो कसैको पराधिन हुन सकेन । यसको श्रेय उनै पृथ्वीनारायण शाहलाई जान्छ । उनले देशलाई स्वाधिन राख्ने काम त गरेनै सँगसँगै विश्व मानचित्रमा एक सुन्दर नेपाल पनि दिएर गए । तर कतिपयले पृथ्वीनारायणले नेपाल एकिकरण गरेका हैनन गोर्खा राज्यको बिस्तार गरेका हुन भनेर भन्ने सुनिन्छ । यो विषयमा केही छलफल गरौं ।

यदी पृथ्वीनारायण शाहले गोर्खा राज्यको बिस्तारनै गरेका हुन्थे भने यो देशको नाम गोर्खा रहने निश्चित थ्यो नकि नेपाल । यसले के प्रस्ट गराउछ भने पृथ्वीनारायणको उदेश्य गोर्खा राज्यको बिस्तार नभै सिंगो नेपालको थियो । अब राजधानिलाई जोडेर हेरौं ,
पृथ्वीनारायण शाह सुरुवाती गोरखा राज्यका राजा थिए । नेपाल एकिकरण पश्चात् उनले देशको राजधानी गोर्खालाई बनाउन सक्थे तर उनले यसो गरेनन किनकि उनी नेपाल एकीकरण चाहन्थे नकि गोर्खा राज्यको विस्तार । त्यसैको फलस्वरूप नेपालको राजधानी तत्कालीन कान्तिपुर अर्थात काठमाडौलाई बनाए। पृथ्वीनारायण शाहले भौगोलिक रुपमा मात्रै हैन धार्मिक र सास्कृतिक रुपमा समेत जनतालाई एकीकृत गरेको तथ्यलाई नकार्न सकिन्न जस्को प्रमुख उदाहरण नेवार समुदायले मात्रै मान्ने जीवित देवी मानिने कुमारी पूजालाई राष्ट्रीय पर्वको रुपमा मनाए ्र मल्लकाल लिच्छिवी वंशले निर्माण गरेका संरचनाहरु सम्वर्धन गरे । राज्यलाई चार जात ३६ वर्णको साझा फूलवारीको रुपमा चित्रित गरेर राज्यमा सबै जनता समान हुन् भन्ने भावना समेत जागृत गरे । यसले के प्रस्ट हुन्छ भने पृथ्वीनारायण शाहले देशलाई भौगोलिक रुपमा मात्रै नभई भावनात्मक रुपमा समेत एकिकरें गरेका थिए । तर एकीकरणको समयमा पृथ्वीनारायणले १७ धार्नी नाक काटेर युद्ध अपराध गरेको भन्ने कुरा अहिले बिगत २र३ वर्षयता सुन्न पाइन्छ । यो कुरा सहि हो या गलत त्यो बिसयमा अहिले यहाँ चर्चा नगरौं । तर कुरा के भने एकिकरणताका युद्धको समयमा कति मान्छे मारिए , काटिए त्यस्को कुनै लेखाजोखा छैन। तत्कालीन गोर्खा सैनिकहरुनै कयौं मारिएका थिए । भनिन्छ युद्धमा होमिएको सिपाहीको लागि मारिनु र मर्नु सामन्य जसो नै हो । अब नाक काटिएको बिषयमा भने कुनै नेपाली इतिहासविदले ठोस प्रमाण दिन सकेको छैनन । र यदी काटियोनै भनेनी सायदै कसैले जोखेन । यो त गोर्खा साम्राज्यसँगको पराजय पछि अंग्रेजले बदला लिन बनाएको बाहाना मात्रै हो जो अहिले आएर निकालिदैछ भनेर केही बिश्लेसकहरुले पनि बताएका छन । तसर्थ हामि पृथ्वीनारायणले गोर्खा राज्यको विस्तार नगरी नेपालको एकिकरणनै गरेका थिए र उनलाई युद्ध अपराधी पनि मान्न सकिन्छ । र पृथ्वीनारायण शाहलाई राष्ट्रपिताको मान्नुपर्ने मेरो ठम्याई छ ।

पृथ्वीनारायण शाहाले दिएका दिव्य उपदेशहरु अझैपनी उत्तिकै सान्दर्भिक छन । जसले गर्दा उनी कति दुरदर्शी छन भन्ने कुरा प्रमाणित हुन्छ ।

खानी भएको ठाउमा गाउँ भए गाउँ अन्तै सारेर खानी चलाउनु

फिरिंगिहरुलाई देशमा भित्राउदा देश कंगाल हुन्छ
हिन्दुस्तान (भारत) चतुर छ उंसँग सजग रहनु

(माथिका उपदेशहरु इन्टरनेटबाट साभार गरिएका हुन)
यी र यस्तै पृथ्वीनारायण शाहका उपदेशहरु अध्यायन गर्दा उनी कति दुरदर्शि र राष्ट्रवादी रहेछन भन्नेकुरा प्रस्ट हुन्छ ।

देशम २४० वर्षको गौरवपुर्ण इतिहास बोकेको राजसंस्थाको अन्त्य भैसकेको छ। नया नेपाल निर्माण गर्ने सपना बोकेर हिडेका हामी नेपाली कुन अवस्थामा आइपुगेका छौ त्यस्को समिक्षा गर्ने समय पक्कैपनी आइसकेको छ। इतिहासलाई लुकाएर तोडमोड गरेर नया नेपाल हुदैन। संसारको सबै राष्ट्रहरुले आफ्नो इतिहासलाई सगौरव बयान गर्दछन तर हामी भने आफ्नो इतिहासलाई विर्सदै गएका छौ। माहात्मा गान्धी स्मारकमा पुश्पगुच्छा अर्पण गर्ने माओ लेलिन मार्कसलाई आदर्श मान्ने तर जस्ले नेपाली बनाइदियो वीरको तक्मा भिराइदियो त्यस्ता महान पुरुषलाई बिर्सन कसरी सकिन्छरु यदी पृथ्वीनारायणले नेपाल एकिकरणको प्रारम्भ गरेका हुन्थेनन भने के आज हामी नेपाली भनेर गर्व गर्ने अवस्था आउथ्योरु जस्ले वीर गोर्खाली भनेर विश्व मानचित्रमा चिनाइदियो उसैलाई बिर्सिएर कसरी गान्धी माओ आदीलाई आदर्श मान्न सकिन्छ तरु नेपाललाई एकीकृत गर्ने एकताका प्रतीक बडामहाराज पृथ्वीनारायणको जन्मदिनमा मनाइदै आएको राष्ट्रिय एकता दिवस किन काटियोरु के इतिहास मेटाएर नया नेपाल बन्ने होरु पंक्तिकार यहि लेख मार्फत राष्ट्रिय एकता दिवस अर्थात पृथ्वी जयन्ती सरकारी स्तरवाटै सार्वजनिक विदा दिएर मनाउन सरकारसँग आग्रह गर्द्छु । नभए बडामहाराज पृथ्वीनारायण शाहले हामिलाई सिंगो नेपाल दिएर वीर नेपाली बनाइदिएर अपराध गरेका रहेछन भने उनलाई अपराधी करार गरियोस ।

सुरेश मिश्र
यूवा उधमी तथा बिचारक
बिराटनगर


Loading comments...