तेलको मूल्य अब ईरानको हातमा


ईरानी जनरल र ईरानमा राष्ट्राध्यक्षको वर्यतामा सुरक्षामामिलाका सर्वाधिक उच्च मानिएका राष्ट्रिय हिरो जनरल सोलेमानीको ईराकमा अमेरिकाद्धारा हत्या भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेको हो । अब अमेरिकाले त हाललाई यूद्ध र सैन्य कारवाही नगर्ने जनायो तर के तेलको भाउ विश्बजारमा घट्छ त ?

अबको तेलको मूल्य निर्धारण केवल ईरानको हातमा छ, अमेरिकी हस्तक्षेपको ईरानीहरुलाई तनाव त भयो यद्धपी यसका केहि फाइदाहरु छन् जुन ईरानले लिन सक्दछ या लिइरहेको छ । अमेरिकी सैन्य आक्रमणको जोखिममा रहेको ईरानलाई अहिले चीन र रुसको बिशेष साथ छ भने विश्वभरि ईरानले धेरै मान्छे, नेता र देशको सहानूभूति पनि पाएको छ । मध्यपूर्वमा ईरानको स्थान र अमेरिका बिरुद्धको ईरानी नेतृत्वको कटिवद्धतालाई निकै प्रशंशा पनि गरियो भनें ईरानी जनताहरुको देशप्रतिको एैक्यवद्धताको प्रशंशाको कुरै नगरौं ।

सोलेमानी मारिएको ४ घण्टा नबित्दै विश्वभरिको तेलको मूल्य ३ प्रतिशत भन्दा धेरैले बढिसकेको थियो । त्यसपछि क्रमश जब अमेरिकी ठेकदारको ईराकमा ईरान समर्थकहरुले हत्या गरे र वग्दादको अमेरिकी दुतावास अगाडिको प्रदर्शनले तेलको मुल्यलाई झनै बढाँउदै गयो । अमेरिकामा आसन्न राष्ट्रपतिय चुनाव अगाडि यदि तेलको मुल्य बढेका सर्वाधिक घाटा त राष्ट्रपति ट्रम्पलाई हुनेछ, शायद यस कारणले पनि ट्रम्पले यूद्धलाई पर सारे । ईरानले साउदी अरबको सर्वाधिक ठूलो तेल खानीमा ड्रोन आक्रमण गरेर त्यहाँको तेल उत्पादन पनि बन्द गरिदिएको थियो, यस कारणले तेलको पूर्ति विश्व शजारमा ५ प्रतिशतले झनै कम भयो । कम पूर्ति अनि ईरान आक्रमणको जाखिमले तेलको मूल्य आकाश छुँदै गयो, विश्वबजारमा यो राम्रो कुरा थिएन । ओवामा ले ईरानलाई साथै लान खोजे र विश्वासको बातावरण बनाउन चाहे तर ट्रम्पको नितिले ईरानलाई एक्ल्यायो र तेल लगायत विश्व शान्तिका लागि नै नराम्रो भयो भनी यूरोपका देशहरुले पनि अमेरिका संगको गुनासो राखे, ट्रम्पलाई यसको पनि प्रभव रह्यो ।

उता शितयूद्धको अमेरिकी प्रतिस्पर्धी रुसले त सोलेमानीलाई ईराक र सिरियामा आतंकवाद बिरुद्ध लड्नका लागि एउटा जोखिम उठाउने सेना र दुरदर्र्शी नेतृत्व भनेरै भन्दियो, अमेरिकी राष्ट्रपतिलाई यो रुसी समर्थन पनि भारी भइदियो । अमेरिकामा बढ्दा रुसी ब्यापारी र चीनका लगानीकर्ता र उधमीहरुको अमेरिकी राजनितिमा ठूलो प्रभाव छ यद्धपी यो प्रभाव यहुदी ब्यापारीहरुको प्रभवको तुलनामा निकै कम छ । ट्रम्पलाई आँउदो चुनावमा यहुदी र रुसी, भरातीय अनि चीनबाट अमेरिकामा गएका आप्रवासीहरुको पनि साथ चाहिन्छ, हुनसक्छ यसकारण पनि ईरानलाई थर्काएर ट्रम्पले यहुदीहरुको विश्वास जिते अनि पछि सैन्य कारवाही नगरेर अरु देशको विश्वास जिते ।

अन्तत अहिलेका लागि ईरान यूद्धको खतरा टरेर गयो । तेलको पूर्तिलाई छोटो समयमा पूरा गर्न साउदी अरब र अमेरिका साँठगाँठ भइसकेको त थियो तर तेलको बजारले पूर्ति भन्दा पनि घटनाक्रमलाई आधार मानेर तेलको भाउ बढायो । बजारमा तेल कसरी र किन आँउछ या आँदैछ भन्दा पनि तेलको मूल्य आँउदो दिनमा ईरानले तेल पठाँउदैन भन्ने कुराले तय गरिदियो र अमेरिकालाई बढ्दो मुल्यले थप दबाब बढायो । यसपाली ईरानलाई रणनैतिक शिसाबले तेलको मूल्यले पनि जोगाएको हो, हामी आशा गर्दछौं कि आगामी दिनमा अमेरिका ईरानको द्धन्द नहोस् । अझै पनि तेलको मूल्य बिश्वबजारमा ईरानकै हातमा छ, छिटै ईरानले मूल्य समायोजन गरोस् ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...