फिनल्याण्डकी साना मार्टिन र पाकिस्तानकी बेन्जीर भुट्टो


विश्व राजनितिमा महिला नेतृत्वको एउटा अजब गज्जबको ब्राण्ड चलेको छ, यो राम्रो हो । तर स्मरण रहोस् महिला नेतृत्वमा आउनुमात्र लैगिंक समानताको सम्पूर्णता होइन, आज म साना मार्टिन र बेन्जीरलाई यहाँ ल्याउन चाहन्छु अनि उक्काउन चाहन्छु महिला नेतृत्वको यो ब्राण्डलाई जस्लाई विश्वले कहिलेकाँही चाहिने भन्दा बढि नै चर्चा दिने गर्दछ ।

फिनल्याण्ड र पाकिस्तानमा निकै फरक छ, पाकिस्तान एउटा रुढीवादी अनि लैगिंक समानतामा कहिँ कतै नआएको देश मानिन्छ यद्धपि सन् २०१९ को डिसेम्बर १० मा ३४ वर्षिय साना स्क्याण्डेनेभियन सागर तटमा प्रधानमन्त्री छानिँदा भन्दा ३० वर्ष अघि महिलाका लागि अत्यन्त खतरनाक मनिने देश पाकिस्तानले ३५ वर्षिय बेन्जीरलाई आफ्नो प्रधानमन्त्री चुनेको थियो । स्मरण रहोस् यो ३० वर्ष अघिको कुरा हो यो । उतिवेला बेन्जीर विश्वकै कम उमेरकी प्रधानमन्त्री मात्र थिइनन कि मुसलमान समुदायबाट राष्ट्र नेतृत्वको पदमा आसिन प्रथम नेतृ पनि थिइन । फिनल्याण्डले बेन्जीर प्रधानमन्त्री भएको १० वर्ष पछि आफ्नो प्रथम महिला राष्ट्रपति पायो र ३० वर्ष पछि प्रथम महिला प्रधानमन्त्री पाएको हो ।

कुरा पाकिस्तानको मात्र हैन एसियाको अर्को मुलुक बंगलादेशले पनि पहिलो महिला प्रधानमन्त्री बेगम खालिदा जियालाई सन् सन् १९९१ मा अनि टर्कीकी पनि प्रथम महिला प्रधानमन्त्री तान्सु सिलर पनि सन् १९९३ मा भएकी हुन् । बंगलादेश अनि टर्की पनि मुसलमान देश नै हुन् ।

सन् १९६० मा श्रीलंकाकी बंदारानायके प्रधानमन्त्रीका रुपमा कार्यलय छिरेकी थिइन भनें भारतकी इन्दिरा गान्धी सन् १९६६ मा प्रधानमन्त्री भएकी हुन् । फिनल्याण्डको राजनैतिक इतिहासमा सन् १९९० पछि क्रमश सदनमा महिलाहरु छिर्न थालेको पाइन्छ, एकफेर यस सन् २०१९ कै शुरुवातमा फिनल्याण्डकी शुरुवाती महिला नेतृ अन्नीका सेराको गर्भवती भएको विषयको निकै चर्चा अनि बिवाद पनि सदन भित्रै चलेको थियो । सेराकोले कार्यकालको समयमा नै बच्चालाई जन्म दिएकी हुन् । पछि यिनले हेलसीन्की टाइम्समा दिएकी अन्र्तवार्तामा स्वयमले नै फिनल्याण्डमा गर्भावस्थामा निकै लैगिंक भेदभाव हुने र कार्यालय वातावरणमा यो अत्याधिक भएको बताएकी छिन् । सन् २०१४ को एउटा अध्ययन अनुसार फिनल्याण्ड यूरोपीयन यूनियनका देशहरुमा दोश्रो ठूलो महिला हिंसा र दुव्र्यबहार हुने देशका रुपमा दर्शाएको छ ।

पाकिस्तानमा जहाँ महिलाका लागि निकै खतरनाक ठाँउ मानिन्छ, त्यहाँ सन् १९९० मा प्रधानमन्त्री भएकै अवस्थामा बेन्जीरले बच्चा जन्म दिइन जुन सामान्य ठहरिएको थियो र बिवादमा आएन पनि । यद्धपी बेन्जीरले छिमेकी देश अफगानीस्तानमा चाँही तानिवानलाई समर्थन गरेर त्यहाँका महिलाहरुको उत्थानमा भनें बेवास्ता गरेकी हुन्, कुरा महिला नेतृत्वको पटक्कै हैन कुरा त त्यस नेतृत्वले ल्याएको परिवर्तन र महिला उत्थानका कदमहरु हुन् । साना ले फिनल्याण्डमा निकै प्रगती गर्न सकुन र लैगिंक समानतामा यूगान्तकारी कदम ल्याउन शुभकामना छ । तर महिला नेतृत्व मात्र यूटोपिया हैन, हामी बुझ्न जरुरी छ ।

साना चुनावी प्रक्रियाबाट प्रधानमन्त्री भएकी पनि हैनन, एन्टी रिनेले पदबाट राजिनामा दिएपछि यिनलाई प्रधानमन्त्री छानिएको हो, पपुलीस्ट एजेन्डामा महिलाहरुलाई नेतृत्वमा ल्याएर लैगिंक समानताको छारो टार्ने मात्र काम त भइरहेको छैन, शंका पनि नउब्जीने हैन ।
एउटा महिला नेतृत्वको देश हुँदैमा लैगिंक समानताको यूटोपिया राज्य भएको हुँदैन, फिनल्याण्डमा पनि सुधारका कामहरु निकै छन् र सानाका मुख्य चुनौतिहरु नै लैगिंक समानता हो । पछिल्लो चुनावमा प्रतिपक्ष पार्टी फिन्स पार्टीको नेता जस्सी हाला आहो लाई सर्वाधिक मत मिलेको थियो र पार्टी अति रुढीवादी र एन्टी एमिग्रेशन सेन्टीमेन्ट भएको पार्टी हो । यस पार्टीको युवा दलले फेमीनीज्मलाई स्पष्टसंग खराब भन्दै महिला नेतृत्वको खुलेरै बिरोध गर्ने गरेको छ । यो पार्टी फिनल्याण्डमा अहिले पनि निकै रुचाइएको एजेन्डा भएको पार्टी हो । फिनल्याण्ड आफू पनि लैगिंक विभेदमा जुझिरहेको छ र सानाका अगाडि धेरै चुनौतिहरु छन् । पाकिस्तानमा अहिले प्रहरी लगायतका धेरै जागिरहरुमा महिला उम्मेदवारहरु बढिरहेका छन्, देशमा सुस्तरि भएपनि महिला अधिकारका कुराहरु तयार हुँदैछन् । हो बेन्जीरले प्रधानमन्त्री हुँदा महिला अधिकारका लागि खासै केहि गर्न सकिनन होला तर समय अहिले आएर परिवर्तन हुँदै गएको तथ्यहरुले देखाँउदछ । भर्खरै पाकिस्तानका प्रधनमन्त्रीले तेश्रो लिगींका लागि पनि स्वास्थ सुविधा ल्याएका छन्, यो एउटा मुसलमान देशका लागि राम्रो कदम हो ।

एसिया र यूरोपका आ आफ्नै लैगिंक समानताका चुनौतिहरु छन् र मैले यति मात्र स्मरण गराउन चाहेको के भनें एसियाले आफ्ना ठूला ठूला देशहरुमा महिला नेतृत्वको चयन आजभन्दा ३० वर्ष अघि नै गरिसकेको थियो जतिवेला यूरोपेली दिनमा महिला नेतृत्वको गणना शून्य बरावर थियो । हामी महिला नेतृत्वलाई लैगिंक समानता मानेर स्टेरोटाइप हुन पर्ने पटक्कै छैन, सानाको सफलता उन्को चयनले हैन कामले तय गर्नेछ ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...