
जनरल सोलेमानको अन्तिम फ्लाइट दमास्कस देखि वग्दादसम्म
२६ पुष २०७६, शनिबार २०:५८
ईरानी जनरल कसिम सोलेमानी सिरियाको दमास्कुस विमानस्थलमा देखिए, उनी सेनाको पोषाकमा अनि चश्मामा देखिएका थिए । उनी संगै अन्य केहि ईरानका रेभ्यूलीश्नरी गार्डहरु थिए । उनी चढेको गाडी गएर चाम विगंस विमानसेवाको एयरवस ३२० को सिँढीमा रोकियो, जहाँवाट जनरल बग्दाद जाने जहाजमा चढे ।
Iran State TV announces Gen. Qasem #Sulaimani killed in #Iraq.
"The martyrdom of the soldier of the Velayat Faqih and Muslim people, the General of Islam, the revolution and Iran General Qasem Sulaimani by American helicopter attack." pic.twitter.com/Coi0cEmU17— Farnaz Fassihi (@farnazfassihi) January 3, 2020
त्यसपछि सोलेमानी वग्दाद त पुगे तर त्यो नै उन्को अन्तिम यात्रा थियो, उन्को ईराकमा हत्या भयो । चाम विगंस विमानसेवाले जनरल र उनका ४ सुरक्षाकर्मीहरुको लिस्ट आफ्नो यात्रुको सूचीमा नभएको यद्धपी भिभिआइपी सम्मानका साथ जनरललाई उडाइएको रुइटरसलाई बताएका छन् । सोलेमानी पछिल्ला दिनमा आफ्नो निजी जहाज प्रयोग गर्न रुचाँउदैनथिए, उनलाई सुरक्षा भय थियो भन्ने कुरा उनले राम्ररी बुझेका थिए । वग्दाद रोडमा दुईवटा हतियारधारी गाडीको विचमा रहेको उन्को गाडीलाई अमेरिकी ड्रोनले निशाना बनाएर सोलेमानीको इहलीला समापन गरिदियो । यस घटनाको केहि मिनट मानै ईराकी सुरक्षादलले यसको अन्वेषण शुरु गर्यो यद्धपी अमेरिकाले यो घटना गराएको स्पष्ट थियो । नेशनल सुरक्षादलले विमनस्थललाई सिल गर्यो, यद्धपी प्रारम्भिक अनुसन्धानमा ईराकी र सिरियाली दुबै विमानस्थलवाट सोलेमानीको उडान र अवतरणको जानकारी लिक भएको पाइन्छ । रुइटरसले २ जना सोलेमानी चढेका जहाजका कर्मचारी, २ जना विमानस्थलका कर्मचारी लगायत अन्य थुप्र संग यस विषयमा सोधपुछ गर्दा जानकारीहरु चुहिएको र सोलेमानीको आगमन र उडान सबै कुरा अमेरिकी पक्षलाई पहिल्यै देखि थाहा भएको पाइन्छ । एक्कासी जहाज चढेका र कुनै टिकट बिना र पूर्व सूचीकृत जानकारी बिना जहाज चढेका सोलेमानी कसरी आँउदैछन् भन्ने अमेरिकाले चाल पायो त ? यो रहस्य नै छ । कतै सिरिया नै यस आक्रमणमा मिलेको त थिएन, प्रश्नहरु उठि रहेका नै छन् ।
दुई जना वग्दाद एयरपोर्टका कर्मचारी अनि दुई जना जहाजका कर्मचारीलाई जानकारी लिक गरेको आरोपमा पक्राउ पनि गरिएको अपुष्ठ खबर छ । वग्दादको अनुसन्धान कमिटीको प्रारम्भिक रिपोर्ट अनुसार पहिलो जानकारी चाँही दमास्क्स एयरपोर्ट वाटै लिक भएको छ । आखिर जहाज उड्न केहि समयअघि मात्र पुगेका अनि एक्कासी बिना सूचना पुगेका सोलेमानीको खबर अमेरिकासम्म तत्कालै कस्ले पूरयायो, यो व्यक्ति भन्दा पनि सरकार र संगठनकै काम हुनपर्छ भन्ने वग्दादी समुहको ठम्याई छ ।
अमेरिकाले भनें लामो समयदेखि सोलेमानीको आफूले सुराकी गरेको र कुनै खबरी प्रयोग नगरिकनै सोलेमानीलाई आक्रमण गरेको भनाई छ । जनवरी ३ सन् २०२० मा स्थानीय ईराकी समयको १२ बजेर ३० मिनटमा वग्दादमा सोलेमानी ओर्लिएका थिए, विमानस्थलको सुरक्षा जाँचको सिसिटिभी फुटेजले यो देखाएको छ भनें जनरल र उन्का ४ गार्डहरु भन्सार छल्दै सोझै बाहिर निस्केका देखिन्छ । अर्का ईरानी सेनाका प्रभावशाली कमाण्डर अल मुहन्दीस जो ईरानी सेनाका पपुलर मोबीलाइजेशन फोर्सका असिसटेन्ट हेड पनि थिए, यि दुबैले जहाजमा भेटे र एउटै गाडीमा जाने निर्णय लिए तर दुर्भाग्य दुबैको एकै चिहान भएको थियो । त्यस दिन सोलेमानीसंग साथमा नआएको भए अल मुहन्दीस अमेरिकी कारवाहीमा मारिने थिएनन । १२ बजेर ५५ मिनटमा उनीहरुको गाडीमा अमेरिकी रकेट प्रहार भयो जस्ले दुबैको तत्कालै ज्यान लियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा