Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

दुबई विमानस्थल पानीले भरियो

२७ पुष २०७६, आईतवार १२:१५

पौष २७ ,दुबई । युएईको दुबईस्थित अल मकतूम इन्टरनेशनल विमानस्थल डुबानमा परेको छ । दुबईमा भारी वर्षाका कारण सो विमानस्थलमा त्यो अवस्था आएको हो । गएको १२ घण्टादेखि त्यो अवस्था रहेको र कैयौं मानिस त्यहाँ फसेकोमा करिब ३०० भारतीय नागरिक मात्रै भएको जनाइएको छ ।

दुबई विमानस्थल विश्वकै व्यस्त विमानस्थलमा पर्छ । शनिबार भारी वर्षा र बाढी आएपछि विमानका कैयौं उडानमा ढिलाइ वा रद्ध गरिएको थियो । कतिपय विमानले रुट बदलेका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार कैयौं उडान १२ देखि १४ घण्टा ढिला भएका थिए ।

सोसल मिडियामा हालिएका भिडियोमा सो विमानस्थलमा पानी नै पानी देखिन्छ । त्यहाँ रहेका थुप्रै यात्रुलाई अर्को उडान लिनुपर्ने भए पनि पानीका कारण उडान अवरुद्ध भएका छन् । प्रशासनका तर्फबाट एडभाइजरी जारी गरेर भारी वर्षाले उडान प्रभावित भए पनि यात्रुका लागि वैकल्पिक उपाय अपनाउन लागिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी,

काठमाडौँ, न्यूजकारखाना । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गर्नुभएको छ । राष्ट्र