
ईरानका पत्रिकाहरुको शोक सन्देश, यूक्रेनी जहाज खसाल्ने नेतृत्वको राजीनामा माग
झुक्किएर मिसाइल हानेर खसाएकोे भनिएको यूक्रेनी जहाजका यात्रुहरुप्रति ईरानी पत्रिकाले समवेदना जनाएको छ । अहिले ईरानी सरकार र संयन्त्रप्रति अमेरिकी दबाब पछिको सहानुभूतिका साथै उक्त जहाज खसालेकोमा ईरानीप्रति रिस विश्वभरिबाट पोखिएको छ ।
Protesters piled pressure on Iran’s leadership with demands for top authorities to quit after the Iranian military admitted it mistakenly shot down a Ukrainian airliner amid heightened tensions with the U.S. https://t.co/1kHmMQkNvy pic.twitter.com/QPlpRTbrTW
— Reuters (@Reuters) January 12, 2020
यूक्रेनी बिमान फ्लाइट ७५२ ईरानवाट यूक्रेनको किभ शहरका लागि उडेको थियो, ईमम खोमेनी अन्तराष्ट्रिय बिमानस्थल तेहरानवाट उडेको उक्त जहाज उडेको केहि मिनटमा नै टुक्रा टुक्रा भई भुँईमा खसेको र सवार सबै १७६ जनाको मृत्यू भएको थियो । दुर्घटनाको ४ दिनपछि ईरानले गल्तीले उक्त जहाज आफूहरुले खसालेको बताएको हो ।
An unverified new video shows moment of targeting the Ukrainian #Flight752 by the Iranian regime’s anti-aircraft system (a Russian missile). All 176 passengers and crew lost their life in #ukraineplanecrash. pic.twitter.com/UVae6hESeV
— Ahmad Batebi (@radiojibi) January 9, 2020
जनवरी ३ मा ईरानले निकै ब्यालीस्टीक मिसाइलहरु ईराकस्थित अमेरिकी सेनाको क्याम्पमा लक्षित गरेर प्रहार गर्यो, ईरान आफ्नो प्रिय जनरल सोलेमानीको हत्याको अमेरिकासंग प्रतिशोध लिन चाहन्थ्यो । यसरी ईराक लक्षित मिसाइल हानेको केहि समयमा नै यूक्रेनी जहाज पनि खसालियो, हवाई इतिहासमा यो अत्यन्त दुखद खबर थियो ।
My heart goes to the victims in #Flight752, to their families and their communities. https://t.co/M1zvMaxPZF
— Hispanic Citizen (@US_Latino) January 12, 2020
८२ ईरानी, ५७ क्यानडेली अनि ११ यूक्रेनी नागरीक रहेको उक्त जहाजमा मारिएका मान्छेहरुको चिर शान्तिको कामना सहित आइतबार एउटा ईरानी दैनिक राष्ट्रिय पत्रिकाले शोक सन्देश छापेको छ । यो पत्रिका ईरानी सरकारको मुखपत्र मानिन्छ, जहाजको पुछारजस्तो आकारमा उक्त जहाजमा मारिएका सबैजनाको नाम लेखिएको र यस घटनालाई अक्षम्य भनी लेखिएको यस पत्रिकाको मुख्यपृष्ठको विषय अहिले ईरान भित्र र बाहिर निकै चर्चामा छ । तेहरान नगरपालिकाको मुख्यपृष्ठ हंसाहरीलेृ पनि यस घटनालाई लज्जास्पद भनी दिवंगतको आत्मशान्तिका लागि शोक सन्देश छापेको छ । अर्मान ई मेली नाकम नयाँ धारको पत्रिकाले यस घटनालाई अपत्यारिलो भनी शोक सन्देश छाप्यो । ईस्लामीक् रिपव्लीक नामक ईरानको सर्वाधिक चलेको मध्यको एउटा पत्रिकाले यस घटना पछि सम्बद्ध पक्षले राजीनामा दिनुपर्ने तर्क सहित आफ्नो एडिटोरियल छापेको छ ।
जनरल सोलेमानीले नेतृत्व गरेका आइआरजीसी फोर्सको मुख्यपत्र जाभानले पनि यस घटनालाई गहिरो चोटका रुपमा व्यक्त गरेको छ ।
आइतबार लगभग सबै ईरानी राष्ट्रिय दैनिकहरु शोक सन्देश र आक्रोशका साथ छापिएका छन्, उनीहरु यस घटनाको दोषीलाई कारवाही गर्न चाहने तर्कमा छन् ।
लाइभमाण्डु