अमेरिकालाई चिट्ठी


तिमीले कम्युनिस्टहरू समस्या हो भन्यौ । अनि भियतनाम र कम्बोडियामा ग्यास हमला ग¥यौ । तिमीले समस्या त क्यास्ट्रो हो भन्यौ । सीआईए परिचालन गरेर दर्जनौँ पटक उनको हत्या गर्ने प्रयास ग¥यौ । तिमीले क्युवालाई बिस्तारै र संस्थागतरूपमै भोकमरीतिर धकेल्यौ । तिमीले चिलीका निर्वाचित राष्ट्रपति साल्भाडोर एलेन्डे वामपन्थी हो अनि उनको विरोधमा सीआईए लगाएर सैनिक विद्रोह गरायौ । एलेन्डे विद्रोहको पहिलो दिनमै मारिए ।

अनि तिमीले समस्या भन्दै समाजवादीतिर औँल्यायौ । दक्षिण अमेरिका र अफ्रिका सबैतिर विद्रोहको तानाबाना बुन्यौ । तिमीले तानाशाही शासनलाई इस्लामको पर्दाभित्र लुक्न दियौ अनि मध्यपूर्वबाट समाजवादी पार्टीहरू ध्वस्त बनायौ । सोभियतहरू समस्या भनी प्रचार ग¥यौ । अनि अफगानिस्तानमा मुजाहिद्दिनहरूलाई सशस्त्र बनायौ । पछि तिनै मुजाहिद्दिनहरू तालिबान बने । उनीहरूलाई समस्या भनी हल्ला ग¥यौ र अफगानिस्तान कुप्लुक्क खायौ ।

तिमीले भन्यौ, समस्या इरान हो । इरानको विरोधमा युद्ध गर्न सद्दामलाई ढाडस दियौ । तिमीले भन्यौ, गद्दाफी समस्या हो । अनि लिवियामा वमबारी ग¥यौै । तिमीले भन्यौ, सद्दाम हो समस्या । अनि इराक ध्वस्त पा¥यौ । तिमीले फेरि पनि भन्यौ, गद्दाफी हुन् समस्या । अनि लिविया कब्जा ग¥यौ ।

लेख्दै जाने हो भने यो क्रमावली निकै लामो होला । यति लेखेर पनि मैले धेरैको नाम छुटाएको छु । साँच्चै भन्नुपर्दा अरु धेरैले जस्तै मैले पनि तिमीले जुन पक्ष लिन्छौ, त्यही नै स्वतन्त्रता र प्रजातन्त्रको पक्ष हो भनी विश्वास गर्थें । हो, म तिमीले भनेको कुरामा विश्वास गर्थें । तर, जहाँ पनि तिमीले पाइला राख्छौ, त्यहाँ समस्या थप खराब भएको मात्र देख्छु । त्यसकारण आजभोलि मलाई लाग्छ । समस्या एउटै छ अनि त्यो समस्या तिमी नै हौ, प्रिय अमेरिका ।

तिमीलाई थाहा हुनुपर्छ, यो निष्कर्षमा पुग्न मलाई कति गाह्रो भएको होला । म अझै पनि मेरो निष्कर्षमा सन्देह गर्छु । मैले भनिसकेँ नि, म प्रजातन्त्रमाथि विश्वास गर्छु । अझै पनि म प्रजातन्त्रमाथि विश्वास गर्छु । मेरो पुस्ताका धेरै शिक्षित महिला र पुरुषजस्तै म पनि अमेरिकी युगमा हुर्केको हुँ । सन् १९६० को दसक यस्तो दसक थियो जुन दसकमा नागरिक अधिकार र लैङ्गिक समानताको लागि सङ्घर्षहरू चर्केका थिए । ती आन्दोलन सफलताउन्मुख पनि थिए । ती आन्दोलनको लागि तिम्रो प्रशंसा नगरी कसरी बस्न सकिएला र ? अमेरिकी सपना साकार बन्दै गरेको दसक थियो त्यो । बीसौँ शताब्दीभरि हरेक अमेरिकी पुस्तासमक्ष आफ्ना अभिभावकको पुस्ताभन्दा सफल हुने सम्भावना बढी थियो ।

अनि तिमीले समस्या भन्दै समाजवादीतिर औँल्यायौ । दक्षिण अमेरिका र अफ्रिका सबैतिर विद्रोहको तानाबाना बुन्यौ । तिमीले तानाशाही शासनलाई इस्लामको पर्दाभित्र लुक्न दियौ अनि मध्यपूर्वबाट समाजवादी पार्टीहरू ध्वस्त बनायौ । सोभियतहरू समस्या भनी प्रचार ग¥यौ । अनि अफगानिस्तानमा मुजाहिद्दिनहरूलाई सशस्त्र बनायौ । पछि तिनै मुजाहिद्दिनहरू तालिबान बने । उनीहरूलाई समस्या भनी हल्ला ग¥यौ र अफगानिस्तान कुप्लुक्क खायौ ।

तिमीले भन्यौ, समस्या इरान हो । इरानको विरोधमा युद्ध गर्न सद्दामलाई ढाडस दियौ । तिमीले भन्यौ, गद्दाफी समस्या हो । अनि लिवियामा वमबारी ग¥यौै । तिमीले भन्यौ, सद्दाम हो समस्या । अनि इराक ध्वस्त पा¥यौ । तिमीले फेरि पनि भन्यौ, गद्दाफी हुन् समस्या । अनि लिविया कब्जा ग¥यौ

सन् १९७० को दसक पुग्दा नपुग्दै त्यो सपनाको तेज मधुरो बन्दै गयो । आज हेर त, आफ्ना आमाबुबाको तुलनामा हरेक नयाँपुस्ता गरिब बन्दै गएका छन् । तथापि म त्यही सपनाको तेजमै हुर्किएँ । त्यसकारण तिमीप्रति मेरो धारणा सधैं नरम नै थियो । तिम्रा नियमित अपराधलाई मैले यदाकदा हुने असफलताको रूपमा मैले व्याख्या गरिरहेँ ।

अँ, मेरो सिकाइ पनि आंशिकरूपमा अमेरिकी नै थियो । मैले तिम्रो देशको स्वाधीनता आन्दोलनको इतिहास पढेको छु । म ती आन्दोलनबाट निकै प्रभावित भएँ । आज पनि प्रभावित छु । समानता, प्रजातन्त्र र सबभन्दा बढी त संविधानवाद र शक्तिको कानुनी सीमितताप्रतिको विश्वासका कारण म तिम्रो स्वतन्त्र राष्ट्रका धेरै संस्थापक नायकहरूबाट प्रभावित छु । म कसरी उहाँहरूप्रति सम्मान नपोखूँ ? मार्क ट्वेनदेखि विलियम फकनर हुँदै टोनी मोरिसनसम्मका तिम्रा लेखकहरूको अनुपस्थितिमा म के नै पो गर्न सकूँला र ¤ तिम्रा चिन्तकहरू, व्यावसायिक प्रतिष्ठान, चलचित्र, टीभी र म निकै कमजोर बनेको समयमा पनि तिम्रा फेसन, कोकाकोला र बर्गरबाट म कसरी टाढा बस्न सकूँला र ?

बितेका आधा शताब्दीभन्दा लामो समयमा तिमीले लगातार गरेको ठूलो बदमासीको म पनि साझेदार भएँ । आफू प्रजातन्त्रको च्याम्पियन भएको तिम्रो दाबीले हामीलाई तिम्रो झूटमा विश्वास गर्ने बनायो । तर, तिम्रा विरोधीहरू–कम्युनिस्ट, सोभियत, राष्ट्रवादी, इस्लामिक अनि अरूहरू पनि तिम्रो बदमासीको साझेदार बने । उनीहरू पनि मजस्तै भए ।

मैले जस्तै उनीहरूले पनि तिमी प्रजातन्त्रको लागि लडिरहेको कुरामा विश्वास गरेका थिए । तर, मैलेभन्दा फरक उनीहरूले भनेपछि प्रजातन्त्रको विचार नै त्यागिदिए । तिम्रो बच्चा नुहाउने पानी फोहोर हुँदै गएको मैले बेवास्ता गरिरहेँ किनभने म बच्चालाई जोगाउने पक्षमा थिएँ । उनीहरूले पानी फोहोर भएको देखे । अनि फोहोर पानीसँगै बच्चा पनि फाले । दुवैतिर तिम्रै जित भयो । हामीले दुवैतिर गुमायौँ ।
म यसो फर्केर हेर्छु र आफैलाई सोध्छु, कसरी मैले तिमीले प्रजातन्त्र रक्षाको लागि लडिरहेको कुरामा विश्वास गरेँ ? तिमी त इतिहासकै सबभन्दा भयानक भौतिक र सांस्कृतिक नरसंहारको जगमा हुर्केका छौ । अमेरिकी आदिवासी समुदायका सन्ततिसँग आज पनि तिमीले क्षमायाचना गरेका छैनौ । संस्थागत जातिवादी संरचनामा नै तिम्रो विकास भएको छ । धेरै हदसम्म यौनिकता वा तिमीमा निहीत छ । तिम्रा प्रहरीका हातबाट धेरै धेरै अफ्रिकी अमेरिकीको हत्या भएको कुरा तिमी गौरवका साथ सुनाउँछौ । गर्भपतनलाई रोकेर तिमी महिलाको
शरीरमाथि आफ्नो हक स्थापित गर्न चाहन्छौ । के त्यसलाई व्यक्तिगत निर्णयको विषय बनाइनुपर्ने होइन र ?

फेरि एकपल्ट म लामो वृत्तान्त कोर्दै छु । यद्यपि तिमी यसप्रति पक्कै वास्ता गर्ने छैनौ । अब कुरा गरौँ, तिम्रो राजनीतिक प्रणालीबारे । जहाँ चुनाव पैसाको आधारमा प्रतिस्पर्धा गरिन्छ र जितिन्छ । संसारभर तानाशाहीको रूपमा व्यवहार गरिरहेको तिम्रो तानाशाह पनि बहुमत मतदाताको आधारमा विजयी भएका होइनन् । अनि कसरी मैले तिमीले प्रजातन्त्र जोगाउने कुरामा विश्वास गर्न सकिन्छ ?

अब मलाई कुनै द्विविधा छैन, प्रिय अमेरिका । तिमीले अब प्रजातन्त्र जोगाउन सक्दैनौ । बरू अब प्रजातन्त्रलाई तिमीबाट जोगाउनुपर्ने भएको छ । कुनै बेला तिम्रो प्रशंसकले आजभोलि महसुस गरेको कुरा हो यो । मलाई आशा छ, तिम्रा विपक्षीहरूले पनि यही कुरा बोध गर्ने छन् । प्रिय अमेरिका ¤ तिमी पनि अहिलेका राष्ट्रपतिजस्तै झूटा बनिसकेका छौ । आज तिम्रा विपक्षीहरूले तिम्रो विरोधमा मात्र होइन, प्रजातन्त्रको लागि लड्नुपर्ने समय आएको छ ।

तबिस खैर
प्यारो अड्ढल साम,
स्रोतः स्क्रोल डट आइएन
नेपाली अनुवादः सुशिल
Majdooronline.com


Loading comments...