टेनीस खेलका पहिला बिलियोनयार


बिलियोनयार र मिलियोनायरमा फरक छ, मिलियोनायर भन्दा बिलियोनायर झनै धनी हुन्छन्, मिलियन अर्थात दश लाख अनि बिलियन अर्थात एक अरब तसर्थ बिलियोनायरको रुपरेखा मिलियोनायर भन्दा निकै फरक हुन्छ । अब कुरा गरौं टेनीस खेलको इतिहासमा पहिलो बिलियोनायर रोजर फेडेरर को । विश्वभर हरेक कुनामा खेलाडीहरु छन् तर सबै खेलाडीहरुले पैसो र सम्मानको शिखर चुम्न कहाँ सक्दछन र ? रोजर फेडेरर यिनै भाग्यशाली मध्यको एउटा नाम हो जस्ले टेनीस खेलको इतिहास र शानलाई बदलेर राखिदिए ।
४०० मिलियन डलर भन्दा धेरै कमाउने १० जना टेनीस खेलाडीहरुको इतिहासमा नाम दर्ज छ जस्मा रोजर फेडेरर पनि एक भएका छन्, रोभाक नेजेकोभिक र राफेल नाडाल पछि रोजर फेडेरर पनि सर्वाधिक कमाउने बिलियोनायर टेनीस खेलाडीको सूचीमा दर्ज भएका छन् ।
उन्ले २० पटक ग्राण्ड स्लाम जितेका छन्, उन्को सम्पति कूल ६४० मिलियन भएको र निकै द्रुत गतीमा बढिरहेको बताइन्छ । बिज्ञापन र ब्राण्ड इन्डोर्समेन्ट पनि उन्को आयका मुख्य श्रोत हुन्, अहिले मेस्सी, क्रिस्टियानो रो्नाल्डो, लिव्रोन जेम्स र फ्लोड मेवेदरजस्ता खेलाडीहरु मात्र यिनी भन्दा धनी छन् ।
सन् २०१९ मा मात्र फेडररले कूल ९३ दशमलव ४ मिलियन कमाए ।

लाइभमाण्डु


Loading comments...