
धनुषाका दिलीपका परिवारलाई प्रदेश सरकारले ५ लाख दिने
मिथिला नगरपालिका ५ स्थित औरही खोलामा वर्षौदेखि वालुवा, गिट्टी वडो लापरवाहीका साथमा उत्खनन भइरहेको थियो, त्यसको विरोधमा केहि पनि उठेका थिएनन । तर स्थानीय यूवा दिलीप महतोले यस कुराको विरोध गरे, भारतबाट इन्जीनीयर पढ्दै गर्दा बिदामा आएका दिलीप कहिल्यै फेरि आफ्नो पढाई पूरा गर्न भारत नफर्कने भए । दिलीपलाई निर्ममतापूर्वक वालुवा र गिट्टी दोहन गर्ने समुहले मारिदिए । सुन्दा यो कुनै भारतीय चलचित्रको प्लट झैं सुनिन्छ तर यो यर्थाथ हो जुन गत हप्ता नेपालमा घटेको हो । तर मिथिला नगरपालिका श्रीपुरका २४ वर्षे महतोलाई शुक्रबार बिहान टिपरले कुल्चेर मारिएको थ犀利士
ियो र पछिल्ला अनुसन्धानमा यिनलाई टिपरले कुल्चन अगाडि शरीरमा रडले घोचिएको र अन्य धेरै यातना दिइएको सम्म पाइयो ।
प्रदेश सरकारको सोमबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले दिलीपको परिवारलाई रु ५ लाख क्षतीपूर्ति दिने निर्णय गरेको छ । यस कुरा आन्तरीक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताएका हुन् । दिलीपको न्यायका लागि संघीय स्तरमा अनि अन्य प्रादेशिक स्तरमा पनि बिभिन्न शोकसभा, र्याली अनि धर्नाहरु भइरहेका छन् ।
लाइभमाण्डु