
साउदी महिलाले गैरमुस्लिम अमेरिकी पुरुषसंग बिवाह गरेपछि
साउदी मिडियाहरुमा अहिले एउटा घटनाले निकै प्रश्रय पाइरहेको छ, त्यो हो अमेरिकी पुरुषसंग सार्वजनिक समारोहमा नै बिवाह गरेकी साउदी महिलाको बिवाह प्रसगं । ति अमेरिकी पुरुष गैरमुस्लिम हुन, जस्ले गर्दा झनै तितो वक्तव्यहरु साउदी मिडियामा आइरहेका पाइन्छन् । साउदी महिलाको नाम जोजो हो जस्ले गत डिसेम्बर आफ्नो इन्स्टा अकाउण्टमा अमेरिकी गैरमुसलमान पुरुषसंग बिवाहको घोषणा गरेकी थिइन, जोजो अमेरिका मा नै बस्दछिन् । उन्का गैर मुसलमान पुरुषले बिवाह अगाडि मुसलमान धर्म अगिंकार नगरेको भएतापनि जोजोले बिवाह गरेकी र भिडियो क्लीपहरु भाइरल गरेकीले उन्ले साउदीमा निकै डिजीटल प्रताडनाहरु खप्नु परिरहेको छ । जोजोको इन्स्टा अकाउण्ट इट्स रियल जोजोमा यिनले धेरै फोटोहरु आफ्नो प्रेमीसंग रहँदाको र केहि बिवाहको फोटोहरु शेयर गरेकी छिन् । यिनका तस्वीरहरुमा ईसाई धर्मका अनुसार जोजोले बिवाह गरेको देखिन्छ, यस कारणले पनि साउदी समाज आफ्नी चेलीको बिवाहसंग खुशी छैन तर जाजोले भनें आफू दुबै जना फरक र पृथक व्यक्तित्वको भएको अनि ति पुरुष नै आफ्नो शुक्रान अनि शालोम भएको लेखेकी छिन् ।
लाइभमाण्डु