Lifestyle Portal
  •   ८ चैत्र २०७९, बुधबार

ईज्रेलको कृतिम बाढी

२९ पुष २०७६, मंगलवार १०:००

लोकप्रिय

एउटा अचम्मको अनि दर्दनाक खबर आएको छ, ईज्रेलको गाजा क्षेत्रमा भएको हस्तक्षेपका बारे यो अचम्मको खबर सामने आएको छ । शनिवारको दिन गाजा क्षेत्रमा ईज्रेली सेनाले भारी मात्रामा पानी पम्प गरेर खेतीयोग्य जमिनमा पठाएको छ , यसरी पम्प गरिएको पानीमा बिष हालेर खेतीयोग्य जमिनको उब्जालाई असर गर्ने गरि पठाइएको छ ।

प्यालीस्टाइनीहरुको आधिकारिक न्यूज एजेन्सी वाफामा यो समाचार छापिएको छ जस्का अनुसार पूर्वि तटमा ईज्रेली सेनाहरु बिष सहितको पानी गाजाका खेतहरुमा पठाएका हुन् । गहुँ, जौ, बन्दाकोभी, फूलकोभी लगायतका अन्नहरु खानै नहुने गरि बारीमै बिग्रेका छन् । गाजा क्षेत्रमा यसअघि बाट नै ईज्रेली सेनाले यसो गरेको खबर आएको हो, स्मरण रहोस् यस गाजा क्षेत्र पहिल्यैदेखि भोकमरीको चपेटामा छ । पश्चिमी किनारालाई ईज्रेली सेनाले सन् १९६७ मा अधिनमा लिएपछि पूर्वि तटमा कहिले जनावर मार्ने बिशादि छाड्ने त कहिले अन्न बिगार्ने गरि बाढी पठाइदिने काम ईज्रेली सेनाहरुले गर्दै आएका छन् । सन् २००७ मा त ईज्रेलले समुन्द्र छेउको जमिनको एक टुक्रा र केहि समुन्द्रको भूभाग नै अधिनमा लिएको थियो । पछि उनीहरुले त्यस भूभागलाई खुल्ला आकाशमुनीको बन्दीगृह बनाए भनी स्थानीयहरुको भनाई छ ।

गाजा क्षेत्रका ७० प्रतिशत भन्दा धेरै वासिन्दाहरुमा खाधान्नको अभाव छ, ईज्रेलले बेलाबखतमा यस अभावमा झनै समस्या खडा गरिदिने गरेको पाइन्छ ।
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली