
बंगलादेशमा सुफी गायक गिरफ्तार
२९ पुष २०७६, मंगलवार १०:४७
ईस्लामबिरुद्ध कुनै प्रतिक्रिया दिन नपाइने बंगलादेशी कानुनको तहत त्यहाँका चर्चित् सुफी तथा लोक गायक शरियात सरकारलाई प्रहरीले गिरफ्तार गरेको छ । अहिले यस विषयको बंगलादेशमा निकै बिरोध र आलोचना र सर्मथन सम्म पनि भइरहेको छ ।
शारियात सरकारलाई डिजीटल सेक्यूरिटी एक्ट अन्तर्गत पक्राउ गरिएको हो, ४० वर्षिय सुफी गायकलाई मिर्जापुर क्षेत्रमा ईस्लाम बिरुद्ध भड्काउने प्रतिक्रिया दिएको आरोप छ ।
USCIRF condemns the arrest of Sufi singer Shariat Sarker in #Bangladesh on #blasphemy charges under the Digital Security Act for comments allegedly made during a December concert and urges the govt to release him https://t.co/Vh6Evtx69L
— USCIRF (@USCIRF) January 14, 2020
डिसेम्बर महिनामा मिर्जापुरमा भएको एउटा कार्यक्तममा स्टेजबाटै ईस्लाम बिरुद्धमा बोलेको आरोपमा शरियात सरकार बिरुद्ध एकजना ईस्लामीक अध्यनकर्ताले मुद्धा हालेका थिए । गतहप्ता धेरै जना नागरीकहरुले मिर्जापुर क्षेत्र र मेयमसिंह क्षेत्रमा गायक शारियातका बिरुद्ध प्रदर्शन पनि गरेका थिए । उन्को पक्राउका लागि रहमान नामक व्यक्तिले यूट्यूबमा एउटा ५९ मिनटको भिडियो हालेका थिए, भाइरल भएको यस भिडियोलाई पछि हटाइयो । शारियातलाई यदि दोषी पाइएमा उनलाई १५ वर्षसम्म कारावास हुन सक्नेछ । १६८ मिलियन मान्छे बस्ने बगंलादेशमा सन् २०१८ मा पास गरिएको सूचना ऐनले सबैको डिजीटल स्वतन्त्रताको हक कटौति गरेको पनि एक थरिको तर्क छ । गतवर्ष कवी हेनरी स्वपनलाई पनि यसै बिधेयक प्रयोग गरि समातिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत