भारतको विशाल नोइडाको पर्यटन मेलामा नेपाल सहभागि


नेपाल पर्यटन बोर्डले नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) प्रदेश ७ र ३७ नीजि पर्यटन ब्यवसायी कम्पनीहरुको साथमा यही जनवरी ८ देखि १०सम्म भारतको विशाल नोइडामा आयोजित साट्टे पर्यटन मेलामा सफलतापूर्वक सहभागि भएकोछ ।
भारतीय पर्यटकलाई नेपालमा ल्याउन मेलाको सहभागिताले सहयोग पुग्नेछ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन साट्टे पर्यटन मेलाको सहभागिताले सहयोग पुग्नेछ ।

पर्यटन मेलामा पर्यटन क्षेत्रसँग सम्बन्धित नेपालका ३७ कम्पनीहरुको सहभागिता हुनु आफैमा ठूलो उपलब्धीका रुपमा रहेको छ । ननेपालको फरक परम्परा सांस्कृतिक संम्पदा नेपाली पहिचान नेपाली पर्यटन गन्तव्यको बारेमा मेलामा आउनेहरुलाई जानकारि प्रदान गरिएको थियो ।

नेपालको महत्वपूर्ण पर्यटन बजारको रुपमा रहेको छिमेकी मूलुक भारतमा आयोजना हुने सबैभन्दा ठूलो पर्यटन मेलाका रुपमा रहेको साट्टेमा १०५० स्टलहरु ५० भन्दा बढी मूलुकबाट सहभागी थिए ।
नेपाल पर्यटन बोर्ड
प्रेस बिज्ञप्ती


Loading comments...