उम्लिरहको दूधले नुहाउने अन्तराष्ट्रिय भुंईया दिवस नेपालमा मनाइदै


नेपालमा मात्र होइन, दक्षिण एसियामै पहिलो पल्ट अन्तराष्ट्रिय भुंईया दिवसको आयोजन नेपालमा हुन गई रहेको छ । सामाजिक तथा सांस्कृतिक संस्था भोर, शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियान, नेपाल राष्ट्रिय मुसहर संघ र अन्तराष्ट्रिय मुसहर भुंईया विकास समितीको संयुक्त आयोजनामा उक्त प्रथम अन्तराष्ट्रिय भुंइया दिवस नेपाल, प्रदेश २, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकामा शुभारम्भ समारोह आयोजन हुन गई रहेको छ । भुंईया अर्थात जमिन, माटो वा पृथ्वीलाई जनाउ छ । भुंईया पुजा प्रकृतिको पुजाको रुपमा पनि लिन सकिन्छ । ईतिहासको दृष्टिकोणले हेर्दा छैठौ शदाब्बदीमा वर्तमान नेपालकै सप्तरी जिल्लामा जन्मिनु भएका दीना–भद्री को पुजाको रुपमा पनि यस भुंईया पुजालाई लिइन्छ । दीना–भद्री मुसहर समुदायका कुल देवता तथा अन्याय, अत्याचार र शोषणको विरुद्धको महावीर योद्धाको रुपमा ईतिहासमा वर्णन गरिएको छ ।

नेपालका ३२ वटा जिल्ला, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान तथा अफगानिस्तानमा बसोबास गर्ने करोडौं मुसहर समुदायले पुस्तौ देखि माघ १ गते मनाउदै आई रहेको भुंइया महराजको पुजा र त्यस दिनमा गरिने सांस्कृतिक समारोहलाई नै अन्तराष्ट्रिय भुंईया दिवसको रुपमा औपचारिक रुपमा मनाउन थालनी गरिने भएको छ ।

सन् २०१८ मा नेपालको जनकपुरधाममा भोरकै नेतृत्वदायी पहलमा आयोजना गरिएको प्रथम दक्षिण एसिया स्तरीय मुसहर अगुवाहरुको सेमिनार तथा सन् २०१९ मा भारतमा आयोजना भएको मुसहर शिक्षित अगुवाहरुको राष्ट्रिय सम्मेलनले माघ १ गते लाई अन्तराष्ट्रिय भुंईया दिवसको रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । यो दिवस पुरै विधी विधानका साथ करोडौं मुसहर समुदाय रहेको नेपाल लगायत दक्षिण एसियाका अन्य मुलुकहरुमा पनि प्रत्येक वर्ष यहि दिन स्वतस्फुर्त रुपमा मनाइने छ ।

यो सामाजिक तथा सांस्कृतिक उत्सव नेपालमा भिजिट नेपाल २०२० को लागि एउटा उत्सुकतायुक्त पर्यटकीय स्थलको रुपमा रहेको छ जसको विकास तथा प्रवर्दन गर्न जरुरी छ । यो उत्सव सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अध्य्यनरत विधार्थी, साहित्यकार तथा अनुसन्धानकर्ताको लागि अध्य्यनको विषय समेत हुन सक्छ । यस भुंईया पुजामा पुजारीहरुले उम्लिेरहको दूधले नुहाउने कार्यले गर्दा झन बढी अद्भुत र अनुपम रुपमा लिइन्छ ।

यस तिन दिवसीय “प्रथम अन्तराष्ट्रिय भुंईया दिवस“ समारोहका प्रमुख कार्यक्रम यस प्रकार हुनेछ ।
१) परापुर्वकाल देखि नै मुसहर समुदायका पुस्ताले गर्दै आएको रितिरिवाज अनुसार विभिन्न प्रकारको भोग सहित, खिर, खिचरी र बासको धजा फेरिने ।
२) भुईया महाराजको अपटौनी (तातो दूधले नुहाउने) पुजाः यो कार्यक्रम माघ ३ गते हुनेछ ।
३) नेपाल र भारतको अभियान्ता, पुर्व मन्त्री, मन्त्री र विज्ञहरुको सम्बोधन ।
४) मुसहर कलाकारद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुति ।
५) मुसहर समुदायको उत्थानको लागि उल्लेख्य योगदान गर्ने व्यक्ति र संस्थालाई सम्मान ।

यस “प्रथम अन्तराष्ट्रिय भुंईया दिवस“ आयोजनको सहजीकरण तथा प्रविधिक सहयोग भोर, शक्तिहिनको सशक्तीकरणः मुसहर समुदायको समग्र उत्थान अभियानले गरेको छ । भोरको कोषाध्यक्ष र शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियानको संयोजक पचुलाल माझी मुसहरको संयोजनमा यो प्रथम अन्तराष्ट्रिय भुंईया दिवस आयोजना हुनेछ । यस समारोहमा खास गरी माघ ३ गतेको मुल कार्यक्रममा २००० हजार भन्दा बढी व्यक्तिहरुको सभागीता रहनेछ ।

समारोहका विवरणः
मिती: १, २ र ३ माघ २०७६,
स्थान: नेपाल, प्रदेश २, ईश्वरपुर नगरपालिका, बोहर्वा
मुख्य समारोहः ३ माघ २०७६, शुक्रवार, १७ जनवरी २०२०, समयः १.०० बजे देखि

सहयोग र सद्भावको धन्यवाद् !

भवदीय,
राज कुमार महतो
भोर, अध्यक्ष
समारोह आयोजन समितीको तर्फबाट

सम्पर्कः ९८४४०५९१७३, ९८४४११६६६६


Loading comments...