
बंगलादेशको नर्कमा भएका चेलीहरुको जीवनकथा
१ माघ २०७६, बुधबार ११:१३
दलालहरुबाट बेचिएका, वर्षौसम्म थुनिएका अनि दैनिक सैयौंपटकसम्म बलत्कृत हुने बंगलादेशका यि नारीहरुको कथा आज हामी ल्याँउदैछौं ।
५ वर्षको वेश्यालय बसाईपछि लावोनीले अब आफू यहाँबाट छुट्नेछु भन्ने कुरा नै भूलिन । यिनलाई एकजना म्याडमले केवल १३ वर्षको उमेरमा नै यस वेश्यालयमा बेचेकी थिइन, १३ वर्षको उमेरमा यिनको बिवाह एकजना जँड्याहा अनि हिंसक पुरुषसंग भइ सकेको थियो । जुन दिन यिनको पहिलो महिनावारी भयो, त्यसै दिन यिनको बिवाह तय गराइएको थियो । अहिलेसम्म कति जना ग्राहकले यिनीसंग शारीरीक सम्पर्क राखे भन्ने यिनलाई गन्ती छैन र गनेंर साध्य पनि कहाँ छ र जब दैनिकरुपमा हरेक बिहान ९ बजेबाट रातीको ९ सम्म लगभग हरेक घण्टा एक नयाँ ग्राहक यिनलाई लुछ्न आँउदछन् । यी कामबाट आएको पैसोमा लोवोनीको अधिकार पटक्कै छैन, यिनी त केवल केहि सय टाकामा महिना गुजार्न बाध्य छिन् किनभनें यिनले कमाएका पैसा चाँही यिनकी म्याडमको कमाई हुन्छ । उनै म्याडमले खटाएर दिएकी पैसामा लावोनीले आफ्नो जिवन गुजार्नु पर्दछ ।
मैले जीवनबाट राजीनामा दिइसके, कहिलेकाँही त म किन मर्दिन भनी लावोनीले द गार्जियनका पत्रकारलाई बताएकी छिन् । बंगलादेशको मध्य भागमा मेमेनसिंह भन्ने गाँउमा भएको वेश्यालय गाँउमा करिब ७०० देखि १०० लावोनीजस्ता महिलाहरु बन्धकी बनाएर राखिएका छन् जस्लाई दैनिक सैयौंपटकसम्म बलात्कार र अन्य यौनजन्य हिंसा गरिन्छ ।
पुरुषहरु हुल बाँधेर आँउदछन्, १० मिनटको यौनका लागि यिनीहरुले ४०० टाका सम्म तिर्दछन्, यहाँका यौनकर्मी महिलाहरुलाई एउटै सानो कोठामा ६ जनासम्म राखिन्छ । खाटमा फाटेका पर्दाका तन्ना राखिएका हुन्छन् भनें हरेकपल त्यस गाँउमा ठूलो आवाजमा संगित जुञ्जायमान रहन्छ । स्थानीय रुपमा पारिएको रक्सी यौनकर्मी महिलाहरुलाई प्लास्टीकको वोतलमा खुवाइन्छ, यसो गर्दा बलात्कार र अन्य पीडाहरु कम हुन्छ भन्ने मानिन्छ । लावोनी आफ्नो गाँउबाट श्रीमानको कुटाईबाट बच्न र आफ्नै भविष्य तयार गर्न ढाका आइन, रेलवेमा आँशुले भरिएका आँखा लिएर उनी बसिरहेकी थिइन । त्यसैबेला एकजना महिला आएर यिनलाई आफ्नामा बस्न खान दिइन तर दुर्भाग्य तिनै महिलाले यिनलाई ५ वर्षअघि यस नर्कमा बेचेर गइन । लगभग नेपाली पैसो २५ हजारमा लावोनीको जीवन ति म्याडमले बेचिदिइन, अब लावोनीलाई जीवनसंग खासै प्रेम छैन ।
बगंलादेशमा यौनकर्मीलाई छुक्रि भनिन्छ, ढाका आएको २ दिनमा नै लावोनीलाई छुक्रि बनाइयो जुन दर्दनाक थियो । मलाई बेच्ने म्याडमले प्रहरीलाई घुस खुवाएर मेृरो उमेर ढाँटेर मलाई यहाँ बेचेकी रहिछिन्, अब मैले करिब ७४ हजार टाका अर्थात १ लाख नेपाली ति म्याडमलाई तिरेपछि मात्र म क्रृण मुक्त हुन्छु र यतिका पैसो तिर्न म यो जूनीमा सक्दै सक्दिन लावोनीले बताइन ।
यता लावोनीलाई हरेक घण्टा बलात्कार गरिन्छ भनें उता यिनलाई बेच्ने म्याडम उता लावोनीको देह बेचेर ढाकामा आरामको जीवन गुजारीरहेकी छिन् । यो लावोनीको मात्र कथा हैन, त्यहाँका लगभग सबैजना यौनकर्मी महिलाहरु यसै गरि बेचिएका हुन् ।
मोहम्मद मुक्त अली एक ट्रक् चालक हुन् जो लावोनी १४ वर्षकी हुँदा देखि उन्का ग्राहक हुन् । ३० वर्षिय बिवाहित मोहम्मदका अनुसार त्यहाँका हरेक महिलाहरु लावोनी झैं बेचिएका र क्रृणमा जेलिएका छन् । एउटा वेश्यालयमा पुरुष बेचिँदैन केवल महिलाहरुमात्र बेचिन्छन् जस्ले गर्दा यस धन्दालाई झनै जोखिमपूर्ण बनाएको छ भन्ने मोहम्मदको तर्क छ ।
मोहम्मदले आफू लावोनीलाई प्रेम गर्ने बताएपनि लावोनी भनें यस वेश्यालयमा सबैले झुठो मात्र बोल्ने बताँउदछिन् । मोहम्मद लावोनीको क्रृण आफूले तिरेर उन्लाई उद्धार गर्ने कुरामा ७० प्रतिशत सकारात्मक भएको बताँउदछन् । लावोनी जस्ती फरिदा पनि त्यहाँ बेचिएकी हुन्, फरिदा अहिले ३३ वर्षकी भइन र यिनीलाई सन् १९९९ मा यस वेश्यालयमा बेचिँदा भन्दा आजभोली झनै त्यहाँ बेचिने चेलीहरुको संख्या बढ्दो छ । फरिदाको कोठा लावोनीको भन्दा ४ तला मुनी छ ।
फरिदालाई १२ वर्ष थुनेर दैनिकजसो सैयौं ग्राहकहरुले बलात्कार गरे पनि यिनले क्रृण तिर्न ससकनन, अन्तत एकजना ग्रँहकले फरिदामाथि दया गरेर एउटी केटी उपहार दिए जस्ले गर्दा फरिदा क्रमश पीडीत बाट पीडक भइन । यिनले पनि ति केटीको रकमबाट आफ्नो गुजारा चलाउन थालिन र स्वयम म्याडम बनिन । त्यहाँको नियती त्यस्तै छ ।
आजभोली प्रहरीहरुले घुस धेरै माग्दछन् तसर्थ केटीहरुले पाउने पैसो कम हुँदै गएको छ, फरिदा बताँउदछिन् । बगंलादेशमा मानव बेचविखन ज्यादा छ यद्धपि गत वर्या केवल ८ जना मानव बेच्ने दलाललाई मात्र पक्राउ गरिएको तथ्याकं छ ।
बंगलादेशमा सुफी गायक गिरफ्तार
बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद यूनुसलाई धरौटी
सुयोग ढकाल
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा