
गौमुल गाँउपालिकाको “जड्याहा कार्ड”, एउटाको उदाहरण अर्कोलाई पाठ !
२ माघ २०७६, बिहीबार १०:०७
बाजुराको गौमुल गाउँपालिकाले लागू गरेको अनिवार्य रुपमा गाउँपालिका भित्र मदिरा सेवनका लागि मदिरा कार्ड अर्थात “जड्याहा कार्ड” प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले गत वर्ष असारमा मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७५ नै बनाएर कार्यान्वयनमा ल्याएको हो र त्यस पछि नै मदिरा सेवन, बिक्रिवितरणमा ब्यापक नियन्त्रण र सुधार आएको बताइन्छ ।
गाउँपालिका प्रमुख हरिबहादुर रोकायाले जनताको स्वास्थ्य हेरेर मदिरा नियन्त्रण सुरू गरेको बताए।
दुई सय जनाले मदिरा पिउने परिचय–पत्र बनाइसकेका छन् ।
जनप्रतिनिधि र कर्मचारीका परिवारले मदिरा बिक्री गर्न पाउँदैनन्। यति मात्र नभएर गाउँपालिकाले १८ वर्ष मुनिकालाई मदिरा किन्न र खानसमेत रोक लगाएको छ । बिनाकार्ड रक्सी किनेको र खाएको फेला परे एक पटकका लागि दुई हजार रूपैयाँ जरिवाना तिराउने प्रावधान छ ।
दैनिक १८० मिलिलिटरभन्दा धेरै रक्सी पिउन समेत रोक लगाइएको छ । बियर हो भने एक बोतल मात्रै, अध्यक्ष रोकायाले भने कति रक्सी पियो भन्ने जानकारी सेवनकर्ताले बोकेको कार्डमा उल्लेख गरिन्छ।
रक्सी पिउनेले कार्ड बनाउँदा पाँच सय र वार्षिक नवीकरण गर्दा पाँच सय रूपैयाँ गाउँपालिकालाई बुझाउनुपर्छ । बाहिरबाट त्यहाँ पुगेका आगन्तुकले भनें रु २०० तिरेर यस्तो कार्ड बनाउनु पर्ने प्रावधान छ ।
मदिरा नियन्त्रणका लागि वडाध्यक्ष वा उसले तोकेको व्यक्तिको संयोजकत्वमा प्रहरीसमेत रहने गरी सात सदस्यीय अनुगमन समिति समेत बनाइएको छ । कसैले नियम उल्लंघन गरेर मदिरा उत्पादन, बिक्री–वितरण गरे पहिलो पटक भए दस हजार र सोही व्यक्ति दोहोरिएमा २० हजार जरिवाना तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत
काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र
काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा