Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार
The Voice of Nepal

“द भ्वाइस अफ नेपाल” विशुद्ध सांगितिक रियालिटि शो

११ मंसिर २०७५, मंगलवार १६:४१


सांगितिक रियालिटि शो जगतका उत्कृष्ट गायन शोहरुको नाममा अग्र स्थानमा “द भ्वाइस” लाई लिइन्छ । सन् २०१० देखि नेदरल्याण्ड बाट शूरु गरिएको द भ्वाइस अहिलेको समयसम्म आइपुग्दा १९३ देशमा प्रसारण हुदै आइरहेको छ । सामाजिक सञ्जालहरुमा द भ्वाइसका पेज तथा युटियुवमा भ्युअरको संलग्नता निकै बढि रहेको छ । अन्तराष्ट्रिय स्तरमा Gwen Sebastion, Cassadeep pope, The Swon brothes , Danielle Dreadbery, Raelynn, Tessanne chin, Josh Kasfman, Sawyee Frederks जस्ता विभिन्न प्रतिभाहरुको खोजी र विकास गर्न द भ्वाइस सफल भएको ।

यसै बर्षबाट शुरुवात गरिएको द भ्वाइसको नेपाली संस्करण निकै लोकप्रिय भइरहेको छ । अन्य सांगितिक रियालिटि शो भन्दा केही फरक शेलीको कारणले पनि द भ्वाइस अफ नेपालको श्रृंखलाहरु दर्शकहरुको मन जित्न सफल भएको छ । ब्लाइन्ड अडिसन, ब्याटल राउन्ड तथा लाइभ राउडको फरक अनुभब नेपाली दर्शकहरुले गर्न पाएका छन् । द भ्वाइस विश्वप्रसिद्ध सांगितिक रियालिटि शो हो , यसमा गायनलाई निकै गम्भिर रुपमा लिइन्छ र अन्य पक्षहरुको यो कार्यक्रममा कुनै अर्थ रहदैन । यसमा प्रयोग हुने शब्दहरु बाट नै यसको गहिराईलाई प्रस्तुत गर्दछ । द भ्वाइसमा विभिन्न क्षेत्रबाट सहभागिहरुलाई प्रतिस्पर्धीको रुपमा नभई ट्यालेन्टको रुपमा सम्बोधन गरिन्छ भने यस कार्यक्रममा कोचहरु रहनुहुन्छ , जसले सांगितिक यात्रामा मार्ग दर्शनको कार्य गर्नुहुन्छ । द भ्वाइस अफ नेपालको मञ्चमा नेपाली सांगितिक क्षेत्रका महान हस्तीहरु दिप श्रेष्ठ, प्रमोद खरेल, अभाया सुब्बा र सनुप पौडेल कोचको रुपमा हुनुहुन्छ ।

डिजिटल अडिसन मार्फत सहभागीहरु छनोट गरिएको द भ्वाइस अफ नेपालमा नेपाल लगायत भारत, जापान, अष्ट्रेलिया, दुबई र इन्डियाबाट समेत आफनो सहभागिताको लागि अडिसनमा सहभागि भएका थिए । कुनै पनि व्यक्ति सांगितिक क्षेत्रमा आउनु पछि उसको आफनो बिधालाई प्रमुख मानिन्छ र त्यहि विधामा रहेर सांगितिक क्षेत्रमा अगाडि बढ्न खोजिरहेको हुन्छ् । अन्य रियालिटि शो भन्दा पृथक रहेको द भ्वाइसमा ट्यालेन्टलाई आफनै विधामा रहेर आफनो यात्रा अघि बढाउन मद्दत गर्दछ । यस सांगितिक रियालिटि शोमा ट्यालेन्टले आफना कोचहरु मार्फत आफनो क्षेत्रभित्रै रहेर सिक्ने अवसर प्राप्त गर्दछन् । यस कार्यक्रमममा ट्यालेन्टको आवजलाई विशेष प्राथमिकता दिइन्छ । यो विशुद्ध सांगितिक कार्यक्रम भएको हुँदा, संगित बाहेक अन्य पक्षहरुलाई यसमा समावेस गरिदैन र अन्तराष्ट्रिय कार्यक्रमको स्वरुपमै रहेर सञ्चालन हुन्छ । पहिलो संस्करण भएको हुदा दर्शकहरुले यस कार्यक्रमको शैलीलाई बुझन समय लाग्ने र पछिल्ला संस्करणबाट दर्शकलाई सहज लाग्ने द भ्वाइस अफ नेपालको निर्देशक लक्षमण पौडेल ज्युले बताउनु भयो ।

द भ्वाइस अफ नेपाल प्रत्येक शनिबार र आइतबार बेलुका ९ बजे कान्तिपुर टेलिभिजन  मार्फत प्रसारण भइरहेको छ । टयलेन्टहरु सेमिफाइनलको यात्राको लागि निकै मेहनेत गरिरहेका छन् साथ साथै भोटिङ्ग क्यामपिङ्ग पनि चलिरहेको छ ।नेपालको पहिलो द भ्वाइस अफ नेपाल छान्ने अधिकार दर्शकहरुमा रहेको छ । भोटिङ्गकै आधारमा ट्यालेन्टहरुको यात्रा तय हुने छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू